×

NMB BANK
NIC ASIA

संगीत संघर्ष

प्रकाश सपुतका भित्रि कुरा : चर्चित गायक बन्नुअघि होटलमा भाँडा माझ्थे

पुस ४, २०७७

NTC
Premier Steels

प्रकाश सपुतलाई कहिलेकाहीँ आफूले छोटो समयमा धेरै चर्चा कमाएको भन्ने लागेको छ वा छैन ?

Muktinath Bank

सामान्य प्रश्न सोधेपछि मुसुस्क मुस्कुराएका प्रकाशले एकछिनको मौनतापछि मुख खोले, ‘मलाई मेराबारे धेरै कुरा राम्रोसँग ज्ञान छ । यो मैले फिल गरेको कुरा पनि हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रकाश आम कलाकारजस्तो स्वभाव भएका गायक होइनन् । उनी हरेक काममा अलिकति बेग्लै गर्नुपर्छ भन्ने मानसिकता राख्छन् । आफूलाई पूर्णरूपमा चित्त नबुझ्दासम्म कुनै पनि कामको शुरूआतै गर्दैनन् ।


Advertisment
Nabil box
Kumari

धेरैलाई के लाग्छ भने आफूसँग पर्याप्त समय छ, जिन्दगी पनि लामो छ । तर उनलाई यो कुरामा विश्वास लाग्दैन । किन ?

Vianet communication

प्रकाश भन्छन्, ‘जीवन कति लामो छ त्यो भगवान्को हातको कुरा हो । तर मेरो हातमा समय निकै कम छ भन्ने लाग्छ । सोही कारण मैले छिटो नतिजाको अपेक्षा गर्छु ।’

प्रकाश पुनः शुरूकै प्रश्नमा फर्किए । उनले भने, ‘म यो कुरामा भाग्यमानी महसूस गरेको छु कि आफूले चाहेको कुरा छिटोछिटो हासिल भइरहेको छ ।’

... ...

अहिले ३० दिनमा ३० दिन नै व्यस्त हुने गरी प्रकाशसँग काम आइरहेका छन् । मेला–महोत्सवको समयमा उनले एकैदिन २ वटा कार्यक्रम समेत सक्नुपर्ने अवस्था आउँछ । उनलाई गाउँबेसी, दोहोरीसाँझ, ठमेलमा गीत गाउँदाताकाको पीडा राम्रोसँग थाहा छ । त्यसपछि अलिकति पृथक तरिकाले गायनमा जम्छु भन्दाको संघर्ष पनि राम्रैसँग थाहा छ । एउटा ‘हिट’ गायक बनेपछिको वाहवाही र देशविदेश पुग्दाको रमझम पनि उनलाई राम्रैसँग थाहा छ । तर यो वाहवाही अवस्थामा पनि प्रकाशलाई सेलिब्रिटीको यथार्थ राम्रोसँग थाहा छ । 

‘संघर्षरत अवस्थामा पाएका पीडा कसरी बताउनु ?’ उनी भन्छन्, ‘भन्न त नहुने होला । तर गायनमा भर्खरै संघर्ष गर्दा कतिपय आदरणीयहरूले सहयोग गर्नुभयो । तर एउटा सानो क्षेत्रबाट ठूलो क्षेत्र अर्थात् धेरैले प्रकाश सपुत भनेर चिन्ने बेलामा धेरै टाढा भइदिनुभयो । मलाई के लाग्यो भने कसैले पनि आफूभन्दा एक स्टेप तल भएकै हेर्न चाहने रहेछ । जिन्दगीमा मेरो मनमा यो स्वार्थी व्यवहार कहिल्यै नपलाओस् ।’

प्रकाश के कुरामा सचेत छन् भने – एउटा सेलिब्रेटी एउटा लोभलाग्दो विन्दुमा पुगेपछि चरम निराशामा पुग्छन्, यहाँ ‘सेफ ल्यान्डिङ’को रिहर्सल पनि शुरूआतमा गर्नुपर्छ । नत्र असाध्यै नराम्रोसँग दुःख पाइन्छ ।

उनको चर्चा र ‘स्टारडम’ लोभलाग्दो छ । हरेक दिन जस्तो सपुतको अनुहार मिडियामा छाइरहन्छ । गीत रेकर्डिङ, छायांकनमा उनको समय धेरै सकिन्छ । प्रकाश भन्छन्, ‘त्योभन्दा धेरै समय त मैले रिसर्च र अध्ययनमा खर्चिन्छु ।’

हामीले प्रकाशलाई इन्द्रेणी फूडल्यान्डमाथि रहेको एउटा क्याफेमा भेट्यौं । खुला आकाश छ । शान्त वातावरण । जाडोमा न्यानो बनाउने घाम दिनैभर लाग्ने, गर्मीमा त्यसैगरी सिरसिर बतास चल्ने । प्रकाशका लागि यो ठाउँको छुट्टै महत्त्व छ । ‘मैले लकडाउनमा धेरै समय यहाँ कटाएँ । त्यसपछि यो स्थान मलाई मन पर्न थालेको हो,’ उनी भन्छन्, ‘केही समयअघि सार्वजनिक गीत ‘बदला बरिलै’ जन्मिएको पनि यहीँ स्थानबाट हो । यो स्थानले मलाई असाध्यै क्रियटिभ बनाउँछ ।’

... ...

प्रकाश सपुत अलि धेरै भावुक स्वभावका गायक हुन् । स–साना कुराले उनलाई छुन्छ । ‘मन दुख्नका लागि धेरै ठूलो कुरा चाहिन्न,’ उनी थप्छन्, ‘म असाध्यै सामान्य स्वभावको मान्छे हो, मैले कसैलाई माया गर्छु भने अरुले पनि माया गर्नुपर्‍यो । कसैलाई विश्वास गर्छु भने उताबाट घात हुनुभएन । वचनको पक्का छु, कसैले वचन पूरा गरेन भने असाध्यै मन दुख्छ । स–साना कुराले मन दुःखाउँछ । रुवाउँछ । खिन्न बनाउँछ । यो मेरो स्वभाव हो, जतिसुकै प्रयास गर्दा पनि म कठोर हुन सकिनँ ।’

प्रकाश कहिलेकाहीँ बाटोमा हिँड्दा भावुक हुन्छन्, कहिले यात्रा गर्दै गर्दा । कहिले विदेशका कार्यक्रमका बेला । कहिले घर बागलुङ जाने बेला । घरमा एक्लै भएका बेला पनि उनी रोइदिन्छन् । प्रकाश आफू समाजका विभिन्न कुरा, व्यक्तिका विभिन्न व्यवहारले मन दुःखाउँछन् । दर्शकलाई ती कुरा टपक्क टिपेर गीतमार्फत रुवाउँछन् । बोल माया, बदला बरिलै जस्ता केही गीतले दर्शकलाई निकै भावुक बनायो । गलबन्दी च्यातियो, दोहोरी ब्याटल लगायतका अरु केही गीतले छमछम नचायो । समाजसँग अलिकति नजिक हुँदा कहिले भावुक भइने रहेछ, कहिले रोइने रहेछ । कहिले खुशी भइदो रहेछ ।’

प्रकाशका गीत कसरी चल्छन् ? उनका गीतले एकाएक संगीत बजारको माहोल कसरी अर्कै बनाइदिन्छ ? प्रकाश मुस्कुराउँदै लामै बोले – 

मैले एकदमै फरक केही गरेको छैन । स–साना कुरालाई फरक तरिकाले प्रस्तुत मात्रै गरेको हो । केही समयअघि मैले सम्भवतः पहिलोपटक प्रयोग गरेर ‘दोहोरी ब्याटल’ ल्याएँ । गलबन्दी पनि सामान्य गीत हो । बोलमाया समाजको यथार्थ घटनामा आधारित थियो । दर्शकले मन पराइदिनुभएको छ । सम्भवतः मेरा गीत चल्नुको कारण मैले हरेक गीतमा प्रयोग गर्ने प्रस्तुतीकरण नै हो जस्तो लाग्छ ।

अरुको नबिगारेर आफ्नो राम्रो सोच्ने हो भने जो मान्छे पनि सफल हुन्छ । तपाईंको राम्रोले अरु सबैलाई राम्रो गर्छ । मैले पनि धेरै समय धेरै किसिमको परिस्थितिको सामना गरें । त्यसपछि केही समय आफूमा फोकस्ड भएँ । सम्भवतः यो दृढ संकल्प नराखेको भए अहिले म अरु कतै हुन्थें । मान्छे एकपटक साँच्चिकै सिरियस भएर काममा लाग्नुपर्दो रहेछ । अरु कसैको नबिगारेर एकपटक स्वार्थी हुन सक्नुपर्दो रहेछ ।

... ...

प्रकाशले धेरै गीतमा स्वर दिए । उनका हरेकजसो गीत रुचाइएका छन् । तर सबैभन्दा मनछुने गीत बोल माया हो । यो गीतले प्रकाशको ‘हाइट’ अरु धेरै बढायो । उनको क्रेज बढ्नुमा पनि यो गीतको ठूलो महत्त्व छ । प्रकाशका अरु गीतको तुलनामा यो गीत धेरै चल्यो, धेरैले मन पराए । 

परदेशीको वास्तविक पीडा काल्पनिक ढंगले समेटिएको यो गीत चल्नुको कारण के होला ? नेपाली समाजलाई आँसुले अलि चाँडो छुँदो रहेछ हो ? प्रकाश भन्छन्, ‘साँच्चिकै । हामी नेपालीहरू अलिकति धेरै भावुक छौं । स–साना कुराले मख्ख हुन्छौं । स–साना कुराले चित्त दुःखाउँछौं । हामी भावुक हुनुको एउटा कारण के पनि हो भने हामीसँग धेरै जिम्मेवारी छन् । यहाँ हामी आफ्नो लागि मात्रै होइन, अरुको लागि पनि बाँच्छौं ।’ 

त्यसो त प्रकाशले ‘बोल माया’ यति चल्छ, हिट हुन्छ भन्ने सोचेका थिएनन् । प्रकाश थप्छन्, ‘एउटा कुरा यो वास्तविक कथामा मेल खायो । अर्को कुरा यहाँ मैले गरेको प्रस्तुतीकरणले पनि अलिकति सहयोग गरेको हो भन्ने लाग्छ ।’

... ...

प्रकाश सपुत, विक थरका हुन् । उनलाई पहिले साहित्यमा असाध्यै रुचि थियो । गाउँका स्थानीय पत्रपत्रिकामा उनका गीत, गजल, कविता छापिन्थे । उनले पढ्ने स्कूलका भित्तेपत्रिकामा उनको नाम छापिएको हुन्थ्यो ।

गाउँतिरै एउटा गजल प्रतियोगिता आयोजना भयो । प्रकाशले आफूलाई साहित्यिक नामले जोड्न खोजे । त्यहाँ उनले ‘सपुत’ शब्द प्रयोग गरे । प्रकाश सपुतभन्दा धेरै मान्छे अचम्म परे । प्रकाश सपुत बन्नुको कारण बोल्दै उनले भने, ‘त्यो बेला दिमागमा फ्याट्ट यो सोच आयो । मेरो नामपछि थरको ठाउँमा सपुत राख्दा कस्तो सुनिन्छ भन्ने सोचेर शुरूमा प्रकाश सपुत विक राखें । तर असाध्यै लामो सुनियो । त्यसपछि सपुत मात्रै राखें ।’

त्यसो त प्रकाशले धेरैपटक नाम फेरे । कुराकानीको सन्दर्भमा प्रकाश विगततिर फर्किए । उनले भने, ‘एकपटक वसन्त प्रकाश हरियाली राखें । प्रकाश विरही, प्रकाश दुःखी लगायत विभिन्न नाम राखें । पुराना पत्रिका र स्कूलमा लेख्ने कथा, कवितामा मेरा पुराना नाम सुरक्षित छन् ।’

धेरै नाम धेरैपटक प्रयोग गरे पनि प्रकाशले ‘प्रकाश सपुत’लाई ‘सिग्नेचर नेम’ बनाए । अहिले यो नाम यतिधेरै चलेको छ कि उनको नाममा लाखौं खर्चिने संगीत निर्माताहरू जति पनि भेटिन्छन् । उनको स्वर सजिएका गीतमा लगानी गर्ने म्युजिक कम्पनीहरू जति पनि भेटिन्छन् ।

प्रकाशले विक राख्दा हेपिन्छ भनेर अरु नामको प्रयोग गरेका पो हुन् कि ? तर यथार्थ होइन भन्छन् उनी । ‘सपुत राखेको संयोग र रमाइलोका लागि थियो । तर पछि ‘ब्राण्ड नेम’ बन्यो यो अर्कै कुरा हो,’ उनी थप्छन्, ‘नियतवश मैले नाममा जात नखुलाएको होइन ।’

तथापी प्रकाशसँग जातकै कारण धेरैपटक दुःख पाएको अनुभव छ । सोही कारण प्रकाशले यस विषयमा अझै धेरै आवाज उठाउने योजना बनाएका छन् गीतमार्फत । उनी थप्छन्, ‘जातीय भेदभावलाई मैले अलि बलियोसँग प्रस्तुत गर्नुपर्छ भन्ने लागेको छ । फिल्म नै बनाउने चाहना पनि राखेको छु ।’

‘खासमा हामीले मध्यमवर्गीय भन्छौं । तर हामी निम्नवर्गीय थियौं । खान लाउन समेत असाध्यै गाह्रो थियो । जब बुवा आम्दानीका लागि विदेश जानुभयो त्यसपछि जीवन बदलिएको हो,’ उनी थप्छन्, ‘गरीबीका कारण भात खान नपाउनु एउटा पीडा त थियो । तर पुगेर र भएर भात खान पाउँदा पनि उपल्लो जातसँग अलग्गै बसेर खानु जीवनमा अर्को दुःखद पीडा थियो ।’

जातभातका कारण धेरैपटक धेरै किसिमका दुःख पाएका प्रकाशले भने, ‘जीवन जिउने समयमा धेरैले धेरै किसिमका संघर्ष गर्छन् तर आफू कुन तहबाट आएको हो त्यो निकै महत्त्वपूर्ण कुरा हुन आउँछ । सायद मैले असाध्यै सानो समाज, रहनसहनबाट अलिसान, भव्य समाज र वातावरणको संगत गर्ने मौका पाएँ । मेरो जीवनको लाइनअप असाध्यै रमाइलो छ । कुनै दिन जिन्दगीमा हार खाएँ भने पनि मलाई कुनै चिन्ता लाग्ने छैन । किनभने मैले दुःख पाउँदा कसरी उठ्ने र सुख पाउँदा कसरी टिक्ने बुझेको छु ।’

... ... 

बाँच्नका लागि प्रकाशले के–के गरे ? ‘मेरो बुवा विदेश पुगेपछि हामीहरूको जीवन अलिकति परिवर्तन भएको थियो,’ उनी थप्छन्, ‘त्यसपछि धेरै समय विदेशमा समय बिताउनुभयो । तर उहाँको कमाइले मात्रै नपुग्ने भएपछि मलाई पनि विदेश जानका लागि निकै प्रेसर आइरहन्थ्यो । तर मलाई नेपालमै केही गरौं भन्ने सोच आउँथ्यो । मैले एसएलसी दिएपछि संघर्षको अध्याय शुरूआत गरेको हुँ ।’

प्रकाशले रेडियोमा काम गरे तर रेडियोको कामले नाम हुन्थ्यो, आम्दानी हुँदैन्थ्यो । उनले फर्निचरमा काम गरे । कम्प्युटर सिके । पछि कम्प्युटर सिकाउने जागिर पाए । तर त्यहाँबाट पनि खासै प्रगति होला जस्तो लागेन । एनजीओमा जागिर खाए । एनजीओमा जागिर खाएकै बेलामा उनले पहिलोपटक काठमाडौं कस्तो हुन्छ भन्ने देख्न पाएका थिए । उनी भन्छन्, ‘वास्तवमा सपना देख्न पनि हैसियत चाहिने रहेछ । म त्यो बेला बल्ल काठमाडौंमा आएर केही गर्न सक्छु कि भन्ने हैसियतमा पुगें ।’ काठमाडौं आए, भनेजस्तो भएन । प्रकाश सम्हालिए । एनजीओमा काम गरेको मान्छे, अरु जागिरभन्दा राम्रो आम्दानी हुने ठाउँ । तर त्यो जागिर केही समयको कार्यकालपछि सकियो । त्यसपछि उनी रात्रिकालीन बसको टिकट काटेर काठमाडौं हिँडे ।

काठमाडौं आएपछि केही समय होटलमा हेल्परको रूपमा काम गरे । होटलमा भाडा माझे । उनी विगत सम्झन्छन्, ‘मसँग लुकाउनुपर्ने कुनै कुरा छैन । खुला किताब हो । कुरा यत्ति हो, जतिसुकै दुःख पाए पनि हार खाइनँ ।’

... ...

प्रकाशले खान नपाएको याद सम्झनामा ताजै छ । गोजीमा २ रुपैयाँ नभएको समय याद छ । चनाको भरमा काठमाडौंमा रात कटाएका क्षण पनि ताजै छन् । सापटी पैसा नपत्याएका मान्छेको संगत पनि गरेकै छन् । कोठाभाडा समयमै दिन नसकेका दिन पनि उनले भुलेका छैनन् ।

प्रकाश विगत सम्झन्छन्, ‘जातभातका कारणले दुःख पाएँ । परिस्थिति आफ्नो पकडमा नआउँदा पनि उत्तिकै दुःख पाएँ । तर बिस्तारै सबै कुरा मिल्दै गयो, राम्रो हुँदै गयो । सोचेजस्तै भयो ।’

प्रकाशले भने, ‘२०७४ सालतिर मैले मनमा एउटा संकल्प लिएँ, अझै १ वर्ष निकै मेहनत गर्छु । त्यसपछि पनि सफल भएन भने केही सोच्छु ।’

तर प्रकाशले जुन अन्तिम संकल्प गरे, त्यसबाटै ‘लक’ लाग्यो । धमाधम उनका गीत चल्न थाले । मेला, महोत्सवमा व्यस्त हुन थाले । सामान्य कोठा भाडामा लिएर बस्ने प्रकाशले फ्ल्याट भाडामा लिएर बस्न थाले । राम्रो पैसा कमाउँदै गए, अहिले आफ्नै बलबुताले काठमाडौंमा घर ठड्याए । प्रकाश भन्छन्, ‘मेरो मनमा के सोच आउँथ्यो भने कि राम्रो पैसा कमाउने नम्बर वान गायक हुन्छु, होइन भने अरुभन्दा फरक गायक हुन्छु । तर समयले साथ दियो । कमाएर नम्बर वानभन्दा पनि अरु कारणले मलाई यो स्थानको परिचय पाउने गायक भएँ । खुशी छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x