×

NMB BANK
NIC ASIA

नेपालको स्थानीय चुनावप्रति अमेरिका र बेलायत किन सशंकित ?

कात्तिक २०, २०७४

NTC
Premier Steels

नेपालस्थित् कूटनीतिक नियोगमध्ये कुनै-कुनैले यहाँका गतिविधिबारे अवाञ्छित स्तरको चासो लिएको पाइएको छ । यो निन्दनीय प्रवृत्ति हो, र आधिकारिक ढङ्गबाट यसको प्रतिवाद हुनुपर्छ । त्यसो नहुँदा यस्तो चासोले हस्तक्षेपको रुप लिने गर्दछ । छर(छिमेकका अस्वाभाविक टिप्पणी र क्रियाकलापले देशको एकता र अखण्डतामा आँच आउने कुराबाट बेलैमा सजग नभएका कारणले अहिले अस्वस्थ प्रचलन झाँगिएको देखिन्छ ।

बैशाख ३१ गतेको स्थानीय निर्वाचनबारे भोलिपल्ट बेलायतको दूतावासले वक्तव्य जारी गरेर दोस्रो चरणमा निर्वाध पर्यवेक्षणको व्यवस्था गरिनुपर्ने माग गरेको छ ।

वक्तव्यमा समावेशी, शान्तिपूर्ण र फराकिलो समर्थन जस्ता शब्दावलीको प्रयोग गरिएको छ जसले अहिले सञ्चालित चुनावी अभ्यास प्रचलित मापदण्ड अनुकूल नभएको भन्ने अवधारणा अभिव्यक्त गर्दछन् । मङ्गलवार अमेरिकी दूतावासले उस्तै आशय र अभिप्रायको वक्तव्य प्रकाशित गरेको छ ।

‘निर्वाध अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणलाई अनुमति दिन ‘ अमेरिकाको आग्रह आएको छ । स्पष्ट छ, यो दबाब हो—नभए निर्वाचनको परिणामलाई समर्थन गर्न गाह्रो पर्छ भन्ने सन्देश सहितको ।

स्थानीय निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षण किन आवश्यक पर्छ रु प्रश्न सरल र सोझो छ । नेपालको एकता र अखण्डता खल्बल्याउने ध्येयले गैर(सरकारी संस्थाहरूको माध्यमबाट नानाथरीका माग राख्ने र हिंसा भड्काउन उक्साउने कार्यहरूलाई ध्यानमा राखी निर्वाचन आयोग र सरकारी सुरक्षा निकायले पर्यवेक्षणलाई आन्तरिक संघ, संस्थाहरूमा सीमित गरेको हो भने त्यो सर्वथा जायज हो । यसमा जथाभावीको छूट कसैलाई दिनु पर्दैनस हुँदैन ।


बेलायत र अमेरिका दुबै देश विगत एकवर्ष यता जनमतसंग्रह र राष्ट्पतीय निर्वाचनको क्रमका अनियमितता र बाहिरी हस्तक्षेपका आशङ्कामा अल्झेका छन् । त्यसको पीडाबोध गरिरहेका छन् । त्यसैले तिनले अन्य देशका लागि पनि अस्वस्थ बाहिरी चासो पीडादायक हुन्छ भन्ने यथार्थ बुझिदिनु पर्छ । संवेदनशील हुन सक्नुपर्छ । नेपाल कहिल्यै निर्वाचनको प्रजातान्त्रिक अभ्यासको अनुभव नगरेको देश होइन । तसर्थ मतपत्र,मतपेटिका मतदान केन्द्र र स्वच्छ मतदानबारे कुनै जानकारी नभएको देशलाई जस्तो अर्ती उपदेश दिने धृष्टता कूटनीतिक नियोगहरूले नगरेमा नै यहाँको वातावरण सहज र सङ्लो हुनेछ भन्ने हाम्रो निष्कर्ष छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

बैशाख ४, २०८१

नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिक...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x