×

NMB BANK
NIC ASIA

थाइल्यान्डमा फुरेको सपना बुटवलमा लागू : खेल र प्रशिक्षण दुवैमा अब्बल प्रज्वल

माघ ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली टेबलटेनिस (टेटे) खेलाडीको ‘टप टेन’भित्र पर्छन् प्रज्वल श्रेष्ठ । सानैदेखि खेलकुदप्रति रुचि भए पनि प्रज्वललाई यकिन रूपमा थाहा छैन, टेबलटेनिस खेलमै कहिलेदेखि माया बस्यो ।

Muktinath Bank

रूपन्देहीको तिलोत्तमा–३ का श्रेष्ठ ५ कक्षामा पढ्दादेखि नै टेबलटेनिस खेलप्रति लत बसिसकेको बताउँछन् । उनी अहिले त्रिभुवन आर्मी क्लबबाट टेबलटेनिस खेल खेल्छन् । श्रेष्ठले टेबलटेनिसको सामान्य ज्ञान विद्यालय तहबाटै लिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्कृष्ट खेल प्रदर्शन गरेर नेपाल विभागीय टीम (नेपाल आर्मी) मा प्रवेश गरेका प्रज्वल खेल्दै खेलाउँदै खेलाडी उत्पादनमा समेत जुटेका छन् । उनी लुम्बिनी प्रदेश मुकाम बुटवलमा टेटे प्रशिक्षण गराउँछन् ।


Advertisment
Nabil box
Kumari

टेबलटेनिस र्‍याकेट खेल हो । उनले बुटवल टेबलटेनिस एकेडेमी नै स्थापना गरेर टेबलटेनिस खेल सिकाइरहेका छन् । उनको एकेडेमी बुटवल–११ देवीनगरमा छ । उनी र्‍याकेट बोकेर प्रायः एकेडेमीमै भेटिन्छन् ।

Vianet communication
Laxmi Bank

‘खेल्दै खेलाउँदै देशमा खेलाडी उत्पादनमा लागेको छु । यहाँबाट उत्पादित खेलाडीहरू भविष्वमा विभागीय टीमदेखि विभिन्न ‘प्राइभेट’ सेक्टरबाट पनि खेलमा आवद्ध हुन सक्नेछन्,’ श्रेष्ठ भन्छन् । बुटवल टेबलटेनिस एकेडेमी लुम्बिनी प्रदेशकै पहिलो हो । 

श्रेष्ठले खेल्ने र सिक्ने बेलामा टेबलटेनिस खेलका प्रशिक्षकहरू पनि सीमित हुन्थे । झण्डै २ दशकअघि रूपन्देहीमा टेबलटेनिसका ‘कोच’ राजेन्द्र श्रेष्ठ मात्र थिए । लौनचोरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेल्ने र सिक्ने प्रज्वल अहिले बुटवलमा पनि एकेडेमीमा आफ्नो एकल प्रयासमा खेलाडी उत्पादनमा जुटेका छन् ।

भर्खरै ३० वर्ष लाग्दै गरेका श्रेष्ठले खेलमा पनि राम्रो भविष्य रहेको सन्देशसहित टेबलटेनिस खेललाई व्यावसायिक बनाउन एकेडेमी स्थापना गरेका हुन् । उनले ठूलो जिम्मेवारी उठाएका छन् । उनी बुटवलमा टेटे खेलप्रति रूचि राख्ने खेलाडीका सारथी बन्दै छन् । 

मनभरि खेलकुद विकास गर्ने हुटहुटी लिएर लगानीका साथ उनी अहिले बुटवलमा क्रियाशील छन् । बुटवलको न्यू होराइजन बोर्डिङ स्कूल अध्ययन गरेका प्रज्वलले प्रशिक्षक विना नै आफ्नो लगाबले खेललाई निखार्दै लगेका थिए । स्कूल समयभन्दा अघि र पछि उनी घरमै र स्कूलमै पनि टेबलटेनिस खेल्थे । पातलो शरीरलाई उचाइतर्फ लम्काउँदै लगे । १० कक्षासम्म पुग्ने बेलासम्म विद्यालय तहमा आयोजना हुने विभिन्न प्रतियोगितामा विजेता र उपविजेता भइरहे ।
 
तत्कालीन एसएलसी उत्तीर्ण भएपछि पनि उनी होराइजनमै ‘प्लस टु’ पढ्न थाले । विद्यालयले उनलाई कोचको भूमिका निर्वाह गराउँदै छात्रवृत्तिमा पढायो । ‘प्लस टु’ तहमा उनी विद्यालयमा खेल्दै, खेलाउँदै, पढ्दै अगाडि बढ्दै गए । ११–१२ कक्षा पास गरिसकेपछि उनी खेल ‘करिअर’लाई थप उचाइमा पुर्‍याउँदै ब्याचलर अफ सोसल वर्क (वीएसडब्लू) अध्ययन गर्नका लागि काठमाडौंतर्फ लागे । 

काठमाडौंको टाईम्स इन्टरनेसनल कलेजमा पढ्दै उनले थप सफलता पनि हात पार्दै गए । उनले पढाइसँगै कलेज र राष्ट्रिय प्रतियोगितामा पनि भाग लिन्थे । जहाँ उनले धेरै ठाउँमा उपविजेता भएर पुरस्कार प्राप्त गर्दै गए । 

२०७० सालमा सुदूरपश्चिमको धनगढीमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगितामा टेबलटेनिसको प्रतिस्पर्धाका लागि उनी पनि धनगढीमा पुगे । त्यही प्रतियोगितामा उनी देशभरका टेबलटेनिस खेलाडीमध्ये टप १६ भित्र छनोट हुन सफल भए । प्रतियोगितामा सहभागितापछि उनी आर्मीमा अनुबन्धित भए । अहिले उनी नेपालीको त्रिभुवन आर्मी क्लबको विभागीय टोलीबाट राष्ट्रिय स्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्छन् । 

उनले २०७२ सालमा काठमाडांैमा आयोजित राष्ट्रिय स्तरको टेबलटेनिस टुर्नामेन्टमा उपाधि चुमे, दाङमा भएको राष्ट्रिय प्रतियोगितामा कास्य पदक हात पारे । सानातिना अन्य धेरै उपाधि उनले जितेका छन् । 

प्रज्वलले टेटे खेलको ‘लेभल वान’को कोचिङ पूरा गरी ‘लेभल टु’को तयारीमा जुटेका छन् । ‘टेटे महंगो खेल पनि हो । यो खेल विशेषगरी शहरी क्षेत्रीमा बढी खेलिन्छ । टेबलटेनिस खेलमा नेपालले त्यति धेरै सफलता हासिल गर्न सकेको छैन,’ प्रज्वल भन्छन् ।

उनले थाइल्यान्डमा डेढ महिना तालिम लिएका छन् । सिकेर नेपाल आएर खेल्दा उनले आफूलाई धेरै फरक पाए । थाइल्यान्डमा क्लब र एकेडेमीले खेलाडी उत्पादन गरेको देखेर नेपालमा त्यसैगरी खेलाडी उत्पादन गर्ने सोच आएको उनले बताए ।

एउटा सभ्य र अनुशासित समाज निर्माण गर्न, स्वस्थ समाज निर्माण गर्न र राष्ट्रलाई एकताबद्ध गर्नका निम्ति पनि टेबलटेनिस खेल असाध्यै महत्त्वपूर्ण खेल रहेको बताउँछन् श्रेष्ठ । ‘स्वास्थ्यको लागि, राष्ट्रको लागि, समृद्धिको लागि र सभ्य समाजको लागि खेलको मान्यतामा निरन्तर अगाडि बढ्न सबैलाई आग्रह गर्दछु,’ श्रेष्ठले भने । टेबलटेनिस खेल संसारमा लोकप्रियताको हिसाबले सातौं स्थानमा पर्छ ।

उनी भन्छन्, ‘नेपालीहरू विलासी खर्च कटौती गरेर त्यो रकम आफ्ना सन्तानको रुचिका साथ खेलकुदमा लगानी गर्न सकेमा विद्यार्थीले विद्यालय तहबाटै खेलकुदमा धेरै विकास गर्न सक्छन् ।’ पछिल्लो समय नेपालको खेलकुदमा सुधार आए पनि सोचेजस्तो विकास अझै हुन नसकेको श्रेष्ठले बताए ।

‘तल्लो तहदेखि नै योजना बनाएर राज्यले खेलकुदलाई अगाडि बढाउनुपर्छ । खेलाडीलाई परिवारको पालनपोषण कसरी गर्ने भन्नेतर्फ सोच्न अवस्था आउन नदिन पर्याप्त हुने तलबको व्यवस्था गर्न सके खेलाडी पलायन हुनुपर्ने अवस्था रहँदैन,’ श्रेष्ठले भने ।

श्रेष्ठको एकेडेमीमा अहिले विद्यार्थीले खेल सिक्नको लागि रुचि बढाउँदै लगेको छन् । एकेडेमी सञ्चालनमा ल्याएपछि उनले प्रतियोगिता पनि सञ्चालन गरेका छन् । जसमा झण्डै १५० खेलाडी प्रतिस्पर्धा गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x