×

NMB BANK
NIC ASIA

जर्मनी कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान

माघ ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले विभिन्न उपकरणहरु प्रदान गरेको छ ।

Muktinath Bank

जर्मनीस्थित स्टेल्वा हाइड्रो कम्पनीले धादिङको धुनिवेंशी नगरपालिकामा स्थापना गरेको सो शिक्षालयलाई झण्डै रु ५० लाख मूल्य बराबरको अत्याधुनिक खालका टर्वाइन र अटोमेशन उपकरण प्रदान गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    शेषकान्त फाउण्डेशनद्वारा सञ्चालित सो शिक्षालयमा दक्ष प्राविधिकसम्बन्धी तालीम लिनेहरुका लागि ती उपकरणहरुबाट व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने सो कम्पनीका प्राविधिक निर्देशक पवन ढकालले बताए । विदेशमा सिकेको ज्ञान र पूँजी स्वदेशमै लगानी गर्ने उद्देश्यले आफू कार्यरत कम्पनीमार्फत सन् २०१५ देखि नै धादिङ जिल्लामा विभिन्न शैक्षिक क्रियाकलाप सञ्चालन गर्दै आएको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

    सो शिक्षालयबाट एक व्याच(समूह) उत्तीर्ण भैसकेका छन् भने कोभिड–१९ का कारण केही ढिलाइ भएपनि आगामी वैशाखदेखि अर्को समूहको तालीम शुरु गरिने फाउण्डेशनका अध्यक्ष विश्वश्वरप्रसाद ढकालले जानकारी दिए । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) को नेपालमा व्यावसायिक शिक्षा प्रवद्र्धन गर्ने अभियानअन्र्तगत नेपाल स्वतन्त्र विद्युत् उत्पादक सङ्घ(इपान)सँगको सहकार्यमा तालीम सञ्चालन गरिने उनले बताए । 

Vianet communication
Laxmi Bank

    जर्मनीस्थित फ्यूचर फर नेपाल नामक संस्थामार्फत सङ्कलित रकमबाट सो नगरपालिकाका विभिन्न तीन स्थानमा सौर्य खानेपानी आयोजना सम्पन्न भैसकेको सो संस्थाका निर्देशकसमेत रहनुभएका ढकालले जानकारी दिए ।

उनका अनुसार रु चार करोड ६० लाखको लागतमा शिक्षालयमा ४० जना विद्यार्थी बस्न मिल्ने होस्टल र १८ कोठा भएको अलग्गै विद्यालय भवन निर्माण भएको छ भने नेपालमै सस्तो, किफायती र सुरक्षित प्रिफाइभ ढाँचाका घरहरु निर्माण गर्न आवश्यक उपकरण र दक्ष जनशक्ति तयार गर्न एक जर्मनी कम्पनीसँग सहकार्य गरिएको छ ।

यस्तै जर्मनीको युनिभर्सिटी अफ वाडेन वेटनवर्गसँग विद्यार्थी आदानप्रदान गर्नेसम्बन्धी सहमति पनि भएको उनले उल्लेख गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x