मिस्टर एन्ड मिस रौनियार–२०२१ सौन्दर्य एवम् सांस्कृतिक प्रतियोगिताको तयारी शुरू भएको छ ।
यो प्रतियोगितामा सहभागी हुन चाहने रौनियार तथा गुप्ता समुदायका युवा युवतीले प्रतियोगितामा भाग लिन पाउने छन् । तर, त्यसका लागि उनीहरूको उमेर १६ देखि २८ वर्ष हुनुपर्नेछ ।
आयोजक एमी इन्टरटेन्मेन्टले दोश्रो संस्करणलाई भव्य बनाउने गरेर तयारी थालिएको जनाएको छ ।
रौनियार समुदायको मौलिक कला संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन तथा रौनियार युवा युवतीहरूको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धिसंगै उनीहरूको सामाजिक दायरालाई अझ विस्तार गर्न (मिष्टर एण्ड मिस रौनियार–२०२१) को आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष राजन रौनियारले बताए ।
प्रतियोगिताका लागि ३ माघमा जनकपुर, १० माघमा बीरगञ्ज र १७ माघमा काठमाडौंमा अडिसन राखिएको उनको भनाइ छ । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन भने फाईनल इभेन्ट फागुनको तेश्रो साता काठमाडौंमा हुनेछ ।
मिस्टर एन्ड मिस रौनियारको बिजेताले विभिन्न उपाधि, पुरस्कार सहित म्युजिक भिडियो, बिज्ञापनमा मोडलिङ लगायत अन्य अबसर प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो संस्करणमा आशिष रौनियार र प्रिया रौनियारले मिष्टर एण्ड मिस रौनियार २०१९ को उपाधि जितेका थिए ।
लोकान्तर संवाददाता