×

NMB BANK
NIC ASIA

एनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ प्लान, यस्ता छन् विशेषता

माघ ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यालयहरुले उनीहरुकै लागि विषेश रुपमा तयार पारिएको सेवाबाट लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले सानादेखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयहरुलाई आवश्यकता अनुसारको सम्पूर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु संचालनमा ल्याएको हो ।
 
कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योग धन्दा, कलकारखाना र व्यावसायले विभिन्न चुनौतिहरुको सामना गर्नु परिेहेको छ । यसै अवस्थाबीच एनसेलले हाल संचालनमा रहेको आफ्नो फास्ट फरवार्ड लाइफ अभियान अन्तर्गत नयाँ बिजप्लस प्लान ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ ।
 
आफ्नो पुरानो बिज प्लानलाई परिमार्जित गर्दै सुलभ दरमा अझ थप सेवा सुविधाका साथ ग्राहकका आवश्यकता बमोजिम सेवा प्रवाह गर्नका बिजप्लस प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । भ्वाइस, डेटा, एसएमएसका साथै उपयोगी डिजिटल सेवाहरु समावेश गरिएका यी प्लानहरुले उद्यमी, व्यावसायीहरुलाई नव सामान्यीकरण आत्मसाथ गर्दै छिटो अगाडी बढ्न र उनीहरुको लक्ष्य प्राप्तिका लागि योगदान गर्दछ ।
 
नयाँ बिजप्लस प्लानहरु साना तथा मझौला व्यावसाय, ठूला उद्योग र सरकारी कार्यालयहरुलाई लक्षित गरी ल्याइएको छ । साना तथा मझौला उद्योग र सरकारी कार्यलय तथा निकायहरुले ३० दिनका लागि कर बाहेक रु १४९ बाट सुरु हुने बिजप्लस प्लान लिन सक्छन् भने ठूला उद्योग तथा कर्पोरेटले मासिक कर बाहेक रु २९९ बाट सुरु हुने प्लानहरु सुचारु गर्न सक्छन् ।
 
नयाँ बिजप्लस प्लान अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र बिजनेश आवरमा निःशुल्क भ्वाइस तथा एसएमएस गर्न, एफएनएफ अर्थात परिवार तथा साथिभाईका कुनै दुईवटा निश्चित नम्बरमा अनलिमिटेड कल गर्न र मासिक रेन्टल शुल्क तिर्न नसकेमा पनि सेवा रद्द नहुने जस्ता आकर्षक सुविधाहरु पाउँछन् । यसका साथै बिजप्लान प्लस प्रयोग गर्ने ग्राहकले विभिन्न डिजिटल सेवाहरु, डाक्टरसँग परामर्श, कर्पोरेट युजर गु्रपमा निःशुल्क कल तथा एसएमएस, मोबाइल सेक्युरिटी लगायत थप आकर्षक सेवाहरुको फाइदा लिन सक्नेछन् ।
 
साना तथा मझौला उद्योगीले आफ्नो आवश्यकता अनुसार ३० दिनको रु १४९ वा रु १९९ शुल्क लाग्ने प्लानहरु सुचारु गर्न सक्छन् । कर्पोरेट ग्राहकले रु २९९ देखि रु १,४९९ सम्मका ६ वटा बिजप्लान मध्य कुनै पनि प्लान सुचारु गर्न सक्छन् । त्यस्तै सरकारी कार्यलयका ग्राहकले रु १४९ देखि रु ४९९ सम्मका ४ वटा प्लानहरु मध्य आफ्नो आवश्यकता अनुसार कुनै पनि प्लान सुचारु गर्न सक्छन् । बिजप्लान अन्तर्गत मासिक शुल्क प्लानमा रहेको सेवा तथा सुविधाको आधारमा रहेका छन् ।

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x