चर्चित टेलिभिजनकर्मी रवि लामिछाने न्युज२४ बाट बाहिरिए

चर्चित टेलिभिजनकर्मी रवि लामिछाने टेलिभिजन च्यानल न्यूज२४ बाट बाहिरिएका छन् । केही वर्षदेखि ‘सिधा कुरा जनता’सँग कार्यक्रम सञ्चालन गर्दै आएका लामिछानेले सोही कार्यक्रममार्फत जनचासो, भ्रष्टाचार र बेथितिका विषयमा रिपोर्ट बनाउँदै र बोल्दै आएका थिए ।

यो बीचमा उनी केही विवादमा समेत आएपनि समग्रमा उनले दर्शकको मन जितेका थिए ।
लामिछानेले सामाजिक सञ्जालमार्फत टेलिभिजनसँगको ‘सुखद सहयात्राबाट विश्राम लिएको जानकारी दिँदै भोलिको एपिसोड अन्तिम हुने बताएका छन् ।


Advertisement

उनी छिट्टै अर्को टेलिभिजन च्यानलमार्फत सोही प्रकृतिको सशक्त कार्यक्रम लिएर आउने बुझिएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्