जबसम्म ओलीले घुँडा टेक्दैनन्, तबसम्म आन्दोलन रोकिँदैन– झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभा विघटन गर्ने निर्णय नसच्चिएसम्म आफूहरूको आन्दोलन नरोकिने बताएका छन् ।

प्रतिनिधि सभा विघटन प्रतिक्रान्तिको थालनी भएको र देशलाई अस्थिरताबाट बचाउन सडकमा आउनुपरेको खनालले बताए । 


Advertisement

शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता खनालले आफूहरूले नै बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी र प्रतिक्रान्तिकारी काम गरेको आरोप लगाए । प्रतिनिधि सभा विघटन गरेर ओलीले संविधान च्यात्ने काम गरेको खनालको आरोप थियो ।

‘हामी कफन बाँधेर सडकमा ओर्लेका छौं । जबसम्म ओलीले घुँडा टेक्दैनन्, हामी अगाडि बढिरहन्छौं,’ खनालले भने, ‘केपी ओली कम्युनिस्ट आन्दोलनका घातक तत्व रहेछन् । ओली अब कमरेड रहेनन् । ओली कम्युनिस्ट आन्दोलनका भगौडा हुन् । सानो गुट बनाएर पार्टीलाई चोइट्याएका छन् । नेकपा झन् बलियो भएर गएको छ ।’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्