×

NMB BANK
NIC ASIA

सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न अपिल

माघ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निकायलाई अपिल गरेको छ ।

Muktinath Bank

आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारका सार्वजनिक निकायका हकमा नेपाल सरकारका मुख्य सचिव, प्रदेश सरकारका सार्वजनिक निकायका हकमा प्रदेश सरकारका प्रमुख सचिव र स्थानीयतहका सार्वजनिक निकायका हकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवमार्फत अनुरोध गर्ने भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगको हालै सम्पन्न बैठकका निर्णय आज सार्वजनिक गर्दै स्थानीय तहमा सञ्चालन हुने कार्यक्रममा सहभागी छनोट गर्दा सबै समूहको सहभागिता हुने गरी थप समावेशी तथा प्रभावकारी बनाउँदै लैजाने निर्णय गरिएको जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

प्रत्येक सार्वजनिक निकायले सूचनाको हक सम्बन्धी कार्यक्रम तथा बजेट अनिवार्य रुपमा राख्ने व्यवस्था गर्ने, प्रत्येक सार्वजनिक निकायले सूचनाको हकसम्बन्धी कानूनअन्तर्गत प्रकाशन गर्नुपर्ने, स्वतःप्रकाशनका लागि पर्याप्त बजेटको व्यवस्था गर्ने, प्रत्येक सार्वजनिक निकायले सूचना अधिकारी लक्षित तालीम र अभिमूखीकरणका कार्यक्रमका साथै सहज र सजिलोका लागि मोबाइल, सिम कार्ड, इन्टरनेट तथा मसलन्दका लागि उपयुक्त व्यवस्था गर्ने गराउने निर्णय गरिएको सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाले बताए । 

Vianet communication
Laxmi Bank

आयोगले प्रत्येक सार्वजनिक निकायले सूचना मागकर्ताको सहजताका लागि सूचना कक्ष तथा निवेदनको नमूना एवं बस्ने, प्रतिक्षा गर्ने कक्षको व्यवस्थासमेत गर्ने भएको छ । आयोगले राष्ट्रिय जनगणना २०७८ का सन्दर्भमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ को खण्ड (ग), (च) र (छ) अनुसार केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशकका नाममा आदेश जारी गरेको छ । 

“राष्ट्रिय जनगणना के हो ? यसमा सबैले सहभागी हुन किन आवश्यक छ ? सहि जानकारी दिन किन महत्वपूर्ण छ ? साथै दिइएको जानकारी गोप्य रहन्छ भन्ने विषयमा नागरिकलाई विश्वास दिलाउने बिषयमा व्यापक प्रचार–प्रसार गर्नु, राष्ट्रिय जनगणनाका क्रममा नागरिकको हकअधिकार र गणकको दायित्वका बारेमा स्पष्ट खुल्ने विवरणसहितको पुस्तिका वितरण गर्नुलगायतका विषयमा आदेश गरिएको छ”, प्रवक्ता थापाले भने। 

आयोगबाट गत पुस महिनामा सात दिनभित्र लिखित जवाफ पेश गर्नु भन्ने सात सार्वजनिक निकायलाई आदेश गरिएको छ । त्यसैगरी सात दिनभित्र सूचना उपलब्ध गराउन चार सार्वजनिक निकायमा आदेश भएको छ । आयोगले तीन दिनभित्र सूचना उपलब्ध गराउन तीन सार्वजनिक निकायमा आदेश भएको देखिएको छ भने सूचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम दुई सार्वजनिक निकायलाई कारवाही  गरिएको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x