×

NMB BANK
NIC ASIA

सत्ता साझेदारीका लागि प्रचण्ड–नेपालको दौडधूप

फागुन १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार निर्माण र सत्ता साझेदारीका लागि दौडधूपमा छन् बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यको प्रस्ताव गरेका दाहाल–नेपालले बिहीबार जनतासमाजवादी पार्टी (जसपा)का नेतालाई भेटेर सरकार निर्माणमा सहभागी हुन र सहकार्य गर्न आग्रह गरेका छन् ।

Muktinath Bank

नेकपा कार्यालय पेरिसडाँडामा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग दाहाल नेपालले करिब १ घण्टा सरकार निर्माणबारे छलफल गरेका थिए । छलफलमा दाहाल–नेपालले सरकार निर्माणमा सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका छन् । सो छलफलमा जसपाका नेताहरूले दाहाल–नेपाललाई तपाईंहरूको पार्टी कुन हो भन्दै व्यंग्यसमेत गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा बोल्दै अध्यक्ष दाहालले सत्ता समीकरणका लागि कांग्रेस सभापति देउवा पनि सकारात्मक रहेको बताउँदै जसपा नेताहरूलाई फकाउने प्रयास गरेका थिए । उनले प्रतिनिधिसभा विघटनसँगै नेकपा फुटिसकेकाले अब मिल्ने सम्भावना नरहेको तथा कांग्रेस र जसपासहितका शक्तिसँग मिलेर आफूहरूले सरकार बनाउन चाहेको बताएका थिए ।


Advertisment
Nabil box
Kumari

दाहाल–नेपालले सरकारमा सहकार्य प्रस्ताव गरे पनि जसपा नेताहरूले भने उनीहरूमाथि आधिकारिकताको प्रश्न उठाएका छन् । जसपा अध्यक्ष ठाकुरले दाहाल–नेपाललाई नेकपाको आधिकारिकताबारे प्रश्न उठाएका थिए ।

Vianet communication
Laxmi Bank

‘तपाईंहरूको पार्टी कुन हो ? पहिले तपार्इंहरूले पार्टीको टुंगो लगाउनुस्’, ठाकुरको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘यदि नेकपा नै यथावत् हो भने ठीकै छ । होइन, फुटेकै हो भने पनि तपार्इंहरूले राजनीतिक रूपमा मान्यता प्राप्त नगरी हामी सहकार्य गर्न सक्ने अवस्था रहँदैन ।’

सत्ता समीकरणका लागि गरेको प्रस्तावमा जसपाका अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठले पनि सरकार निर्माणका लागि पार्टी चाहिने तर्क राखेका थिए । ‘पहिलो कुरा त सरकार निर्माणका लागि तपाईंहरूको पार्टी चाहियो नि’ वरिष्ठ नेता महतोले भने, ‘पार्टीको कुरो टुंगो नलागी सरकार निर्माण कसरी अघि बढ्छ ? पहिले एउटै हो कि दुईवटा भइसक्यो ? त्यसलाई कानुनी रूपमा टुंगो लगाउनुस् अनि सरकारमा सहकार्यको कुरा अघि बढ्न सक्छ ।’

बैठकपछि बाहिरिँदा पनि आफूले त्यही कुरा राखेको जानकारी महतोले पत्रकारलाई दिएका छन् । ‘तपाईंहरूको कुन पार्टी हो ? पार्टी चाहियो नि त त्यसमा पहिले प्रस्ट हुनुहोस्’, बैठकमा आफ्नो भनाइबारे महतोले भने, ‘तपाईंहरूले राखेका सबै कुरा हामी हाम्रो पार्टीको बैठकमा छलफल गर्छौं भनेका छौं ।’

स्रोतका अनुसार बैठकमा जसपा नेताहरूले संविधान संशोधन र हाल जेलमा रहेका टीकापुर हत्याकाण्डका प्रमुख योजनाकार भनिएका सांसद रेशम चौधरीबारे साझा एजेन्डा बनाए सहयात्रा सम्भव हुने बताएका थिए । उनीहरूले यी दुई एजेन्डामा दाहाल–नेपाल तयार भएमा पार्टीले आधिकारिकता पाएपछि सरकारसम्मको सहयात्रा सम्भव हुने तर्क गरेका छन् ।

जसपा नेताहरूसँगको संवादका क्रममा दाहालले आफ्नै समूह आधिकारिक रहेको जिकिर गरेका थिए । उनले ओलीको प्रतिगामी कदमका कारण विभाजित पार्टी अब एक हुनै नसक्ने तर्क गर्दै बहुमत रहेकाले आफूहरू नै आधिकारिक रहेको तर्क गरेका हुन् ।

अर्का अध्यक्ष नेपालले पनि संसद्देखि पार्टीसम्म आफूहरूकै बहुमत रहेकाले सबैतिर आफूहरू नै आधिकारिक हुने व्याख्या बैठकमा गरेका छन् । तर, जसपा नेताहरूले जवाफमा दाहाल नेपाललाई ओलीको प्रतिगमन अदालतले सच्याए पनि संविधान बनाउँदा भएको प्रतिगमन पनि सच्चिनु नपर्ने मत राखेका छन् । उनीहरूले संविधान संशोधन गर्न तयार भए मात्रै सहयात्रा सम्भव हुने सर्त राखेका थिए ।

जसपाले बैठकमा संविधान संशोधनबारे कांग्रेस, एमाले र माओवादीसँग गरिएका सम्झौता कार्यान्वयन हुनुपर्ने अडान राखेका थिए । उनीहरूले टीकापुर हत्याकाण्डसहितका जोडिएका आफ्ना नेताकार्यकर्ता रिहा नभएसम्म सहकार्य असम्भव रहेको जवाफ दिएको स्रोतको दाबी छ । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x