खैरहनी नगरपालिकामा गरीब, विपन्न र सुकुम्बासीको उत्थानका लागि परियोजना

प्रतिकात्मक तस्वीर

गरीब, विपन्न र सुकुम्बासी समुदायको उत्थानका लागि लुमन्ती (सम्झना) ले चितवनको खैरहनीमा परियोजना शुरू गरेको छ ।

खैरहनी नगरपालिकासँग सहकार्य गर्दै खैरहनीका लक्षित समुदायको विकासका लागि लुमन्तीले समुदायको अगुवाइमा सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सामुदायिक सबलीकरण कार्यक्रम सञ्चालन गरेको हो ।


Advertisement

नगरपालिकामा एक कार्यक्रम गरी परियोजनाबारे जनप्रतिनिधि र नगरपालिकाका कार्यालय प्रमुख, शाखा प्रमुखलाई जानकारी गराइएको छ । ३ वर्षे परियोजनाअन्तर्गत सुकुम्बासी समुदायका लागि आर्थिक, सामाजिक विकास, सशक्तीकरणसहित सुरक्षित आवास निर्माण, भौतिक पूर्वाधार निर्माण र खानेपानी धारा जडानलाई प्राथमिकता दिएर समुदायस्तरका काम गर्ने लुमन्ती कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले जानकारी दिए ।

कार्यक्रममा नगर प्रमुख लालमणि चौधरीले सुकुम्बासी समुदायलाई आत्मनिर्भर बनाउन परियोजनाले मद्दत गर्ने बताए । ‘अरुले दिएर कोही सक्षम हुँदैन,’ नगर प्रमुख चौधरीले भने, ‘लक्षित समुदायलाई आत्मनिर्भर बनाउन सके नगर समृद्ध बन्छ ।’


Advertisement

परियोजनाबारे जानकारी दिँदै लुमन्ती कार्यक्षेत्र संयोजक लामाले नगरपालिका र लुमन्ती संस्थाको सहकार्यमा सूचना केन्द्र स्थापना गरिने छ । गरीब, विपन्न र सुकुम्बासी समुदायका सम्पूर्ण विवरण समावेश गरेर सूचना केन्द्र स्थापना गर्न लागिएको लामाले बताए ।

सूचना केन्द्रमा सुकुम्बासीको अवस्था, घरधुरी संख्या, जनसंख्यासहित उनीहरूका लागि गर्नुपर्ने काम र भएका प्रयासबारे विवरण राखिने उनले जानकारी दिए । 
 

कमेन्ट गर्नुहोस्