विराटनगर महानगरमा अनलाइनबाट राजस्व संकलन

प्रतिकात्मक तस्वीर

विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहज ढंगले राजस्व कर तिर्ने व्यवस्थाका लागि मंगलवार अपराह्नदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

नगरवासी करदाताले आफ्नो विवरण हेर्ने र कर भुक्तानीका लागि के–कति रकम भुक्तानी गर्नुपर्ने जानकारी अनलाइन पोर्टलमा आउने व्यवस्था गरिएको छ ।


Advertisement

कार्यालय वा वडा गई लाइनमा बस्नुपर्ने कार्यको अन्त्य गरी सहज ढंगले घरबाट भुक्तान गर्ने व्यवस्था मिलाइएको छ ।

महानगर प्रमुख भीम पराजुलीले प्रविधिबाट नगरवासीले सहजरूपले राजस्व बुझाउन सक्ने चर्चा गर्दै आगामी दिनमा यसमा थप सुविधा उपलब्ध गराउन आवश्यक सुझावका लागि आग्रह गरे ।


Advertisement

उनले अहिलेको व्यस्त दिनचर्याको अवस्थामा सेवाग्राहीले सहजरूपले अनलाइन पोर्टलबाट सेवा प्राप्त गर्ने बताउँदै नगरवासीलाई अन्य सेवासुविधा प्रदान गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
 

कमेन्ट गर्नुहोस्