×

NMB BANK
NIC ASIA

अनुमतिपत्र विना नै टेम्पो र विद्युतीय रिक्सा सञ्चालन

फागुन १९, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

पर्साका गाउँ तथा शहरमा सवारी साधनको चाप अधिक हुन थालेको छ । 

Muktinath Bank

सवारी साधनमध्ये सबैभन्दा बढी विद्युतीय रिक्सा र अटो रिक्साहरू छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरगञ्ज बजार क्षेत्रमा अव्यवस्थित सवारीसाधनका कारण मानवीय जोखिम पनि बढ्दै गएको छ । 


Advertisment
Nabil box
Kumari

जिल्लाको प्रमुख बजार वीरगञ्ज, पोखरियालगायत शहरहरूमा चल्ने विद्युतीय रिक्सा र अटोरिक्साका चालकसँग सवारीसाधन अनुमतिपत्र हुने गरेको छैन ।

Vianet communication

बजार आउने सर्वसाधारणका लागि पहिलो रोजाइ बनेका यस्ता सवारी साधनको चालकसँग भने सवारीचालक अनुमतिपत्र नभएका कारण जोखिम बढ्दै गएको हो ।

जहाँ भन्यो त्यहीँ पुर्‍याउने, खोजेको बेला पाउने र ठेलमठेल यात्रा गर्नु नपरेकाले विद्युतीय रिक्सा र अटोरिक्सा सर्वसाधारणको पहिलो रोजाइमा परे पनि सहजै सवारी चालक अनुमतिपत्र लिन नसकिने भएकाले चालकहरू जोखिम मोलेरै यस्ता सवारीसाधन चलाउन बाध्य भएको देखिन्छन् ।

टेम्पो र विद्युतीय रिक्सालाई एउटै दर्जामा राखेर यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) वीरगञ्जले पटक–पटक फारम खुलाएर सी–क्याटगोरीको चालक अनुमतिपत्र वितरण गर्ने गरेको सो कार्यालयका अधिकृत रामअयोध्या रामले बताए ।

पर्सामा गुड्ने अधिकांश इरिक्सा र ट्याम्पु चालकसँग भने सवारी चालक अनुमतिपत्र छैन । वीरगञ्ज पोखरीया रोडमा चल्ने टेम्पो चालक दिल प्रसादले आफूसँग सवारीचालक अनुमतिपत्र नभएको बताए । सो रुटमा करीब २०० ट्याम्पु चालकमध्ये मुस्किलले १०–१५ जनासँग मात्र सवारीचालक अनुमतिपत्र भएको अर्का ट्याम्पु चालक शंकर गोसाईंको भनाइ छ ।

सवारी चालक अनुमतिपत्रका लागि पटक–पटक धाउँदा समेत सहजै पाउन मुस्किल रहेको र कार्यालय वरिपरि रहेको दलालहरूले २५ हजार रुपैयाँसम्म माग्ने गरेका कारण आफूले विना अनुमतिपत्र टेम्पो चलाउँदै आएका अधिकांश चालकहरूको गुनासो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x