×

NMB BANK
NIC ASIA

गैंडाकोटमा सुरु भयो फाइनप्रिन्ट फिभर

फागुन २८, २०७७

NTC
Premier Steels


काठमाडौं । नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा फाइनप्रिन्ट फिभर सुरु भएको छ । शुक्रबार सुरु भएको फिभरको पहिलो दिन पाँच वटा सत्र सञ्चालन भए ।

Muktinath Bank

पहिलो सत्र थियो, ‘किताब ः मेरो मनको साथी’ । यो सत्रमा महानायक राजेश हमालले पुस्तकबारेका आफ्ना अनुभव, पुस्तकप्रति आफ्नो आकर्षण एवम् लगावबारे चर्चा गरे । सर्वसाधारणमाझ  अध्ययनशील अभिनेताका रूपमा चिनिएका उनले फिभरका अवसरमा किताब पढ्ने बानी आफूमा कसरी विकास भयो, किताबसँगको पहिलो साक्षात्कार कस्तो रह्यो, यसप्रतिको लगाव कसरी बढ्दै गयो भन्नेलगायत विषयमा आफ्ना अनुभव सुनाए ।  
यसैगरी अर्काे सत्र रह्यो, ‘अर्थनीति र राजनीति’ । यो सत्रमा उद्यमी विनोद चौधरीसँग उमेश चौहानले संवाद गरे । यो सत्रमा उद्यमी चौधरीले आफूले जीवनमा गरिरहेको राजनीति र आर्थिक समृद्धिका लागि गरिरहेका कामबारे चर्चा गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त अवसरमा उद्योगी चौधरीले आफू समाज परिवर्तनमा योगदान पु¥याउनका लागि राजनीतिमा होमिएको बताए । आफू व्यवस्थापकीय पाटोमा अब्बल भएको र त्यही आवश्यकता आजको राजनीतिमा देखेर आफू राजनीतितर्फ आकर्षित भएको उनको भनाइ छ । भने, ‘मैले उद्योगीका हैसियत शाश्वतधाम बनाएँ । उद्योगग्राम बनाएँ तर कल्पिएको नेपाल बनाउन सकिनँ । अब गर्नुपर्छ भनेर राजनीतिमा लागेको हुँ ।’ निजी संस्थामार्फत समाज परिवर्तनमा योगदान पु¥याउन नसक्ने भएकै कारण राजनीतिक बाटो अपनाएको उनको दाबी छ ।


Advertisment
Nabil box
Kumari

स्रोत र अर्थ व्यवस्थापनमा कुशल मानिस राजनीतिमा लागे विकास सम्भव भएको चौधरीले बताए । उद्योगी, उपभोक्ता एवम् राजनीतिज्ञ भएर हेर्दा देश विकास धेरै गाह्रो काम नभएको उनको कथन छ । नीतिगत सुधार र त्यसको व्यवहारिक कार्यान्वयन गर्न सके देशमा हरेक मानिस व्यवसायी बन्न सक्ने उनको भनाइ छ । भने, ‘सबैले चाउचाउ उत्पादन गर्नुपर्छ भन्ने होइन तर सानो लगानीमा राम्रो काम गर्न सकिन्छ ।’  

यसपछिको सत्र ‘सेतो धरतीको एक दशक’मा लेखक अमर न्यौपानेले बोले । यो सत्रमा लेखक न्यौपानेले सेतो धरती पुस्तक बजारमा आइसकेपछि पाठकबाट कस्तो प्रतिक्रिया आयो, यसले आफ्नो जीवनमा केकस्तो प्रभाव पा¥यो भन्ने विषयमा पनि उनले आफ्ना धारणा राखे । फिभरका अवसरमा ‘सेतो धरती’को विशेष संस्करणको लोकार्पणसमेत गरियो । लेखक न्यौपानेले पुस्तकको रचना सन्दर्भको प्रसंग कोट्याए । ‘२०६७ कोजाग्रत पूर्णिमाको दिन पानीको घामले पद्मश्री पुरस्कार पाएको थियो । त्यो दिन देवघाटमा घुम्न जाँदा मनमा प्रश्न आयो, बालबालिकाको ठूलो हुने समय हुन्छ, युवालाई अगाडि बढ्ने योजना हुन्छ । बूढाबूढीको के हुन्छ ? मलाई लाग्यो, मैले यो प्रश्नको उत्तर लेख्नुपर्छ ।’ अमरलाई आफूलाई युवा हुँदैहुँदै बुढ्यौँली जीवन बिताउन मन लाग्यो र उनले वृद्धाश्रम घुम्न थाले ।

Vianet communication

‘लामो समय देवघाट अनि पशुपतिको वृद्धाश्रम घुमें, त्यही क्रममा धेरै धेरै घटना भए, जसले मलाई यसलाई कथा होइन, उपन्यास नै लेख्न प्रेरित ग¥यो,’ उनले भने, ‘एक जना आमालाई मैले पछ्याए, उहाँलाई कोही भेट्न आउँछन् त भनेर सोधें । उहाँले उत्तर दिनुभयो— बाटो बिर्सेको भए पो सोध्दै आउँथे, बाटो चिनेका त किन आउँथे ।’  गाउँ वृद्ध आश्रम भएको छ । किताबले भन्दा जीवनले धेरै बोल्छ  । धेरै घटनाले मलाई पुस्तक लेख्न प्रेरणा दिएको छ ।’  

पुस्तकको सार्वजनिक कार्यक्रममा उनले सेतो धरती अंग्रेजीमा प्रकाशन हुन लागेको बताए । यस पुस्तकलाई लेखक निरञ्जन कुँवरले अनुवाद गरेका छन् ।
यससँगै फिभरका अवसरमा अर्काे सत्र रह्यो, ‘कविताको क’ । यो सत्रमा कवि असीम सागरको विभिन्न कविता वाचन गरे । साथै कविता लेखनका सन्दर्भबारे पनि आफ्ना धारणा राखे । फिभरको अन्तिम सत्र थियो, सांगीतिक प्रस्तुतिको । यो सत्रमा अनिल शाही र उनको समूहले नेपालको मौलिक सांगीतिक कला प्रस्तुत गरे ।

फिभरका अवसरमा फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति छ । साथै उनीहरूका रोचक एवम् बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन भइरहेका छन् । कार्यक्रममा उनीहरूले आफ्ना पुस्तकका विषयमा चर्चापरिचर्चा गरेका छन् नै, सँगै पाठकसँग संवाद एवम् अन्तक्र्रिया पनि गरिरहेका छन् ।

कार्यक्रमका अवसरमा लेखकसँग पुस्तक हस्ताक्षरका कार्यक्रम जारी छन्, विशेष छुटमा पुस्तक प्रदर्शनी भइरहेको छ । र अन्य रचनात्मक कार्यक्रम पनि भइरहेका छन् । यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउने आयोजकले विश्वास लिएको छ । चौधरी फाउन्डेसनसँगको सहकार्यमा भइरहेकको  कार्यक्रमका सबै सत्रमा सहभागिताका लागि शुल्क लाग्छैन । कार्यक्रममा सहभागी हुन चाहनेहरुलाई लक्ष्य गरी आयोजकले भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकअगाडि सिजी ल्यान्डमार्क र कावासोती चोकबाट सटल बसबाट आवतजावतको समेत व्यवस्था गरेको छ । निःशुल्क सटल बस बिहान १० बजेदेखि प्रत्येक एकएक घण्टामा सिजी ल्यान्डमार्क र कावासोतीबाट छुटिरहेका छन् ।  

चितवनको नारायणगढ बजारबाट करिब १२ किमि दूरीमा रहेको नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा सांस्कृतिक थारु गाउँको अवधारणामा काम भइरहेको छ । थारु डबली, थारु बार आदि यहाँ छन् । यहाँ थारु गाउँका विशेषतालाई मात्र देखाइएको छैन, नेपालकै विभिन्न कला एवम् संस्कृतिबारे जानकारी दिने प्रयास पनि गरिएको छ ।
कला (हस्तकला र साहित्य)को प्रवद्र्धनका लागि पनि दीर्घकालीन योजनासाथ तीव्रस्तरमा काम भइरहेको छ । करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली क्राफ्टको हिस्ट्री म्युजियम छ । कला र साहित्यको
प्रवद्र्धनकै लागि भनेर कला केन्द्र बनाइएको छ । कलाघर पनि यहीँ छ, जहाँ विभिन्न ‘क्रिएटिभ फिल्ड’का विशेषज्ञ आएर आआफ्ना कला सिर्जना गर्न सक्छन् ।
यही कल्चरल भिलेजको औपचारिक उद्घाटन पनि शुक्रबार नै एक विशेष कार्यक्रममार्फत गरिएको छ ।
   

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x