×

NIC ASIA

एमालेभित्रको किचलो

एमालेको समानान्तर सकस– तेल पानी एकै, पिना बाहिर !

बैशाख १, २०७८

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा चालू विवादले नयाँ–नयाँ रूप लिँदैछ । संघीय र प्रदेश सभामा एमाले एक ढिक्का देखिएको छ भने पार्टीमा माधव पक्षले समानान्तर गतिविधि सञ्चालन गरिरहेका छन् ।

पार्टीमा हदैसम्मको अराजक र अनुशासनहीन गतिविधिमा सामेल भएपछि एमालेले अनुशासनको कारवाही गरेका नेता माधव नेपाल र उनका 'दास'हरूले सानातिना भेलाको आयोजना गरेर जिल्ला-जिल्लामा समानान्तर कमिटी गठन गरेका समाचार आइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टी एकता बचाउन भन्दै आयोजना गरिने त्यस्ता भेलामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको एकोहोरो विरोध र भर्त्सना गरिरहेका छन् । पार्टीको मूल नेतृत्व र नीतिको पक्षमा दृढतापूर्वक उभिएका एमालेका लाखौंलाख नेता-कार्यकर्तालाई 'केपीका दास', 'हनुमान', 'झोले', 'स्वार्थी', 'अवसरवादी'जस्ता तल्लो स्तरका गाली बर्साउँदै छन् । तर उनीहरूले आफ्नो नियतिको आकलनचाहिँ गर्न सकेका छैनन् ।


Advertisment
Rupse Holidays
Nabil box

सोह्रौं शताब्दीमा विख्यात अंग्रेजी साहित्यकार क्रिस्टोफर मार्लोद्वारा लिखित 'डक्टर फस्टस' नामक वियोगान्त नाटकको प्रमुख पात्र 'डक्टर फस्टस'को नियतिजस्तै छ एमालेका निलम्बित नेताहरूको नियति ।

Vianet communication

डक्टर फस्टसको कथा यस्तो छः डक्टर फस्टसले तन्त्र विद्या पढेको थियो । त्यही तन्त्रविद्यामार्फत ऊ मेफिस्टोफिलिस हुँदै लुसिफरको संगतमा पुग्यो । डक्टर फस्टस र लुसिफरको बीचमा एउटा सम्झौता भयो । २४ वर्षसम्म राक्षसहरूले डक्टर फस्टसलाई उसले चाहेको शक्ति, भौतिक र विषय सुखसुविधा उपलब्ध गराउने र २४ वर्षपछि उसको जीवन ती लुसिफरहरूलाई सुम्पनुपर्ने भयो ।

फस्टसले समकालीन राजाजस्तै शक्तिशाली भएको हेर्न चाह्यो । उनीहरूले त्यो इच्छा पुर्‍याइदिए । उसले पाइँदै नपाइने मौसममा अंगुरको झुप्पा माग्यो । उनीहरूले त्यो पुर्‍याइदिए । दश हजार वर्ष पहिलेकी विश्व सुन्दरी हेलेनसँग उसले मायाप्रीति गाँस्न चाह्यो । उसको त्यो अनौठो इच्छा पनि उनीहरूले जसोतसो पूरा गरिदिए ।

सम्झौताबमोजिम २४ वर्ष पुग्नै लाग्दा लुसिफरका मानिस उसलाई लिन आए । उसको त्यहीँ वियोगान्त भयो ।

मदन भण्डारीको रहस्यमय देहवसानपछि माधव नेपालले एमालेको महासचिव बन्न चाहे । पार्टीले बनाइदियो । पन्ध्र वर्ष लगातार महासचिव बनाइरह्यो । यो अवधिमा एमालेको प्रथम ९ महिने सरकारमा शक्तिशाली उप-प्रधानमन्त्री बनाइए । प्रथम संविधान सभामा दुई निर्वाचन क्षेत्रबाट शर्मनाक पराजयलगत्तै संविधानसभा सदस्य हुन चाहे । पार्टीले उनको माग पूरा गरिदियो । सोही अवधिमा करीब दुईवर्ष प्रधानमन्त्री बन्ने अवसर पनि पार्टीले नै जुटाइदियो ।

तर त्यतिले माधव नेपाललाई पुगेन । त्योभन्दा बढी प्राप्त गर्न आधुनिक जमानाका लुसिफर अर्थात प्रचण्डको शरणमा पुगे उनी ।

नेकपा(माओवादी केन्द्र)का सुप्रिमो प्रचण्डले हाल एमालेमा निलम्बित रूपमा रहेका माधव नेपाललगायतका नेताहरूसँग आफू डीप लभमा रहेको तर अदालतले छुट्याइदिएको गुनासो गरेका छन् ।

अचम्म यो छ कि प्रचण्ड जो हजारौंको वास्तविक मायाप्रेमलाई चकनाचुर पार्ने 'जनयुद्ध'का प्रमुख नायक हुन्, आज कसरी डीप लभ अर्थात गहिरो माया दर्साउन योग्य भए ? उनी कसरी माधव नेपालजस्तो कसैसँग हतपत्ती 'मायाप्रीति'मा नफस्ने व्यक्तिसँग डीप लभमा परे ? यो संगत कतै डक्टर फस्टस र लुसिफरको संगतजस्तो त हुने होइन ?

नेपाली जनता प्रचण्डको मायावी चरित्रसँग त राम्रै परिचित छन् । मायारूपी चरित्र सधैँ सँगै बस्ने खालको हुन्छ, मायावी चरित्र माया गरेजस्तो गरेर डस्ने खालको हुन्छ ।

हिजो माधव नेपालसँग नजिक रहेका कसैले पनि एमाले फुटाएर मायावी प्रचण्डको छातामुनि जान इन्कार गरेको सन्दर्भमा प्रचण्डको डीप लभले माधव नेपाललाई फ्लप बनाउनेबाहेक के नै होला र ? कुनैबेला प्रचण्डसँग डीप लभमा रहेका किरण, बाबुराम, विप्लव र देउवाको हालत पत्ला भएजस्तै त होला ।

अहिले माधव नेपाललगायतका निलम्बित नेताहरू केही समय शान्तपूर्वक आफ्ना गल्ती, कमी कमजोरीको रियलाइजेसन गर्नु, आत्मालोचना गर्नु र पार्टीलाई थप एकताबद्ध बनाउन पार्टीको मूल नेतृत्वसँग हातेमालो गरेर अघि बढ्नुको सट्टा समानान्तर पार्टी बनाउने, पार्टीभित्र पार्टीको अभ्यास गर्ने र आफ्नो निहीत अभिष्टका लागि हजारौं नेता-कार्यकर्ताको खुन, पसिना र बलिदानबाट बनेको पार्टीलाई तहस-नहस बनाउने बर्बादीको बाटोतर्फ अग्रसर भएका छन् ।  

नोबल पुरस्कार विजेता फ्रेन्च साहित्यकार अल्फ्रेड कामुसको एउटा पात्र छ- सिसिफस । सिसिफसलाई एउटा श्राप थियो- समुन्द्रको किनारबाट चिप्लो ढुंगो बोकेर पहाडको टुप्पोमा पुर्‍याउनु पर्ने । सिसिफस बढो कष्टसाध्य पाराले चिप्लो ढुंगो बोकेर पहाडको टुप्पोमा पुर्‍याउँथ्यो । पहाडको टुप्पोमा पुग्नै लाग्दा ढुंगो चिप्लेर पहिलेकै ठाउँ समुन्द्रको किनारमा पुग्थ्यो । हरेक दिन सिसिफस त्यही काम गरिरहन्थ्यो ।

अहिले एमालेका निलम्बितहरूको नियति पनि सिसिफसको भन्दा भिन्न छैन । साम, दाम, दण्ड, भेद गरेर एमालेका केही कार्यकर्ता बटुलेर जिल्ला-जिल्लामा समानान्तर कमिटी बनायो, फेरि एमाले एक ढिक्का हुन छाड्दैन । पार्टी विभाजन गर्न न्वारानदेखिको बल लगायो, पार्टी विभाजन हुँदैन ।

खण्ड गर्दा पनि ओली नेतृत्वको एमाले कमजोर हुँदैन । प्रचण्ड, बाबुरामलाई खेताला बोलाएर एमाले कमजोर पार्न खोज्यो, हुँदैन । छिमेकी गुहार्‍यो, केही लाग्दैन ।

साविक नेकपा हुँदा शुरूदेखि नै विवादका कारण बैठक, भेला सम्मेलन, अधिवेशन, गोष्ठी हुन नसकेको अवस्थामा अहिले एमाले ब्युँतिएपछि यसको रफ्तार निकै बढेको  छ ।

एमालेलाई महाधिवेशन लागिसकेको छ । कार्यकर्ताको तहमा तिरस्कृत गुटगत गतिविधि महाधिवेशनसम्म पुग्दा साम्य हुने र हाल गुट बनाउन लागेका केही नेताचाहिँ 'तेल पानी एकै पिना बाहिर' हुने स्थिति देखापरेको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x