×

NMB BANK
NIC ASIA

सहमतिउन्मुख छलफल

प्रधानमन्त्री–जसपा नेता भेटवार्ता : दुई/तीन दिनभित्रै मुद्दा फिर्ता लिने प्रतिबद्धता !

बैशाख ७, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश आन्दोलनका क्रममा लागेका मुद्दाहरू दुई/तीन दिनभित्रै फिर्ता लिने प्रतिबद्धता जनाएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन् ।

Muktinath Bank

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित सरकारी कार्यदल तथा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यदल सदस्यहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लबीच लामो छलफल भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छलफलमा सहभागी जसपाका वरिष्ठ नेता महतोका अनुसार २०८ जना प्रतिवादी रहेका २४ थान मुद्दा अबको दुईदेखि तीन दिनभित्र मन्त्रिपरिषद्को बैठकबाट फिर्ता लिने भनेर प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाएका थिए ।


Advertisment
Nabil box
Kumari

'केही मुद्दा फिर्ता लिनका लागि कागजात अपुग भएकाले हिजोको मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुन सकेन,' महतोले लोकान्तरसँग भने, '२४ थान मुद्दाका फाइलमध्ये १० थान फाइलको कागजात दुरुस्त छ, बाँकी १४ थानमा अपुग भएका कागजात पूरा गर्न गृह मन्त्रालयमार्फत गृहकार्य भइरहेको छ ।'

Vianet communication

यसअघि पटक-पटक भएको भेटवार्तामा समेत आफूले प्रतिबद्धता जनाइसकेका कारण मुद्दा फिर्ताको काममा आशंका नगर्न प्रधानमन्त्री ओलीले विश्वास दिलाएको उनले बताए ।

त्यसबाहेक अन्य राजनीतिक मुद्दा, समसामयिक मुद्दासहित जसपाले राख्दै आएका विषयमा पनि प्रधानमन्त्री ओलीसँग गम्भीर छलफल भएको उनले जानकारी दिए ।

मुद्दा फिर्ता लिनका लागि बनेको नयाँ कार्यविधिअनुसार फ्याक्ट शिट भर्दा केही व्यक्तिको शनाखत हुन बाँकी थियो भने केही मुद्दाका अभियुक्तको नाम छुट्न गएको थियो ।

ती सबै कागजात पूरा गर्ने काम गृह मन्त्रालय र जसपाका कार्यदलबीचको छलफलमा भइरहेको हुनाले दुईदेखि तीन दिनभित्र सबै मुद्दा फिर्ता हुने महतोले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x