मलेसियाविरुद्ध नेपालको शानदार जीत, फाइनलमा नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्ने

त्रिदेशीय टी-ट्वान्टी क्रिकेट शृंखलामा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ ।

बिहीवार भएको लीग चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालले शानदार जीत दर्ता गरेको हो ।


Advertisement

२ सय १८ रनको विजयी लक्ष्य पच्छ्याएको मलेसिया १९ ओभर १ बलमा १ सय ४८ रनमा अलआउट भयो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामी, सन्दीप लामिछाने र कमलसिंह ऐरीले ३-३ तथा सुशन भारीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन जोडेको थियो । 

नेपालको पारीमा आक्रामक ब्याटिङ गरेका करण केसीले १३ बलमा ७ छक्काको मद्दतले ४५ रन जोडे ।

यसका अलावा आसिफ शेखले ४२, कप्तान ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले १९ र कुशल भुर्तेलले १६ रन जोडे । 

यससँगै प्रतियोगितामा लीग चरणका सबै खेल सकिएको छ । अब नेपालले फाइनलमा नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्