कस्तो छ आगामी ३ दिनसम्मको मौसमको अवस्था ?

देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाकी भू-भागमा सामान्यतया सफा रहेको छ । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको मौसम विभागले जनाएको छ ।

विभागका अनुसार शुक्रवार दिउँसो देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ ।


Advertisement

यस्तै सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

शुक्रवार राति भने देशको सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भू-भागहरुमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार शनिवार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश , सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ भने राती  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।

यस्तै आगामी आइतवार बिहान  देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। भने आइतवार राती  देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्