प्रदेश सांसद डाँगीले दिए सांसद पदबाट राजीनामा

दाङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभाका एमाले सांसद अमरबहादुर डाँगी क्षेत्रीले पदबाट बुधवार राजीनामा दिएका छन् ।

उनी मंगलवार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको माओवादी नेताहरुले बताएका थिए । डाँगीले बुधवार दिउँसो लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् । 


Advertisement

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले राजीनामा दिएसँगै प्रक्रिया अगाडि बढाइएको लोकान्तरलाई जानकारी दिए । ‘उहाँले राजीनामा दिएसँग संविधानको धारा १८० (क) बमोजिम उहाँको स्थान रिक्त भएको छ ।’ पुनले भने । 

 यस अगाडि कपिलवस्तुका दृगनारायण पाण्डेले पनि सांसद पदबाट राजीनामा दिएर उनको स्थान पनि रिक्त भएको छ ।

मुख्यमन्त्रीकै गृहजिल्लाका डांगीले पोखरेलको साथ छाडेपछि अहिले राजनीति तरंगित बनेको छ । यस अगाडि नेकपाबाट निर्वाचन जितेकी विमला वलीले पनि एमाले छाडेर माओवादी केन्द्र रोजेकी छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्