×

NMB BANK
NIC ASIA

कोरोना संकट

कोरोनाले शव थप्दा आर्यघाटमा दाउरा अभाव: एक करोड रकमान्तर गरी निजी क्षेत्रसँग दाउरा किनिँदै !

जेठ ३, २०७८

NTC
Sarbottam
सांकेतिक तस्वीर
Premier Steels
Marvel

पशुपति आर्यघाटमा शव जलाउने दाउराको अभाव भएपछि नेपाल वन निगम लिमिटेड (टिम्बर कर्पोरेसन)ले निजी क्षेत्रबाट दाउरा खरिदको लागि प्रक्रिया अगाडि बढाएको छ । 

Muktinath Bank

कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो लहरको संक्रमण फैलिएसँगै पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि ल्याइने शवको संख्यामा वृद्धि भएपछि दाउराको अत्यधिक माग भएकाले त्यसलाई परिपूर्ति गर्न १० लाख केजी दाउरा खरिदका लागि टेण्डर अगाडि बढाएको टिम्बर कर्पोरेसन आपूर्ति शाखाकी सहायक प्रबन्धक सुष्मा आचार्यले बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पछिल्लो समयमा पशुपति अर्याघाटमा रहेको डिपोमा शव जलाउने काठको माग अत्यधिक भएपछि हामीले निजी क्षेत्रबाट खरिद गर्न टेन्डर आह्वान गरेका छौं,’ सहायक निर्देशक आचार्यले लोकान्तरसँग भनिन्, ‘टेन्डर आह्वानको अन्तिम दिन सोमवार हो ।’


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

उनका अनुसार आजसम्म टेन्डरको समय भएकाले त्यसको १० भित्रमा थप १० लाख किलो काठ आपूर्ति हुनेछ । 

सामान्य समयमा पशुपति आर्यघाटले दैनिक २ चट्टा अर्थात ७ हजार किलो दाउरा खपत गर्दै आएको थियो । भने अहिले झण्डै ४/५ गुणा बढी दैनिक ३० हजार केजी दाउरा खपत हुँदै आएको सहायक निर्देशक आर्चायले बताइन् । 
‘सामान्य समयमा ७ हजार किलोले पुग्थ्यो, अहिले ५ गुणा बढी दाउराको माग छ,’ निर्देशक आचार्यले भनिन् ।

यो आर्थिक वर्षमा सामान्य समयमा किन्न सक्ने कर्पोरेसनले १ लाख ३७ हजार केजी किनेर पनि नपुगेपछि थप किन्न लागेको उनले बताइन् ।

टिम्बर कर्पोरेसनले जिल्लाहरूका वन डिभिजन कार्यालयमा संकलन भएका काठलाई आफूले ल्याउने र वन डिभिजनलाई दिने गर्छ । अन्य समयमा त्यो काठले पोखराको दाहसंस्कार गर्ने डिपो र पशुपति आर्यघाटको दाहसंस्कार गर्ने डिपोमा काठ आपूर्ति गर्दै आएको थियो । पोखरामा प्राविधिक कारणले काठ पुर्‍याउन नपर्ने काठमाडौं ल्याउँदा पनि नपुग्ने भएकाले निजी क्षेत्रबाट टिम्बरले किन्न लागेको हो । 

काठमाडौं उपत्यकामा २ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट काठ आउने गर्छ । त्यसका लागि टिम्बर कर्पोरेसनका २ वटाका १२ चक्के ट्रकले दाउरा आपूर्ति गर्दै आएको थियो भने अहिले ती ट्रकले नपुग्ने भएपछि थप काठ ल्याउनका लागि निजी क्षेत्रका थप ट्रक प्रयोग गरिरहेको कर्पोरेसनले जनाएको छ ।

१ करोड रकम रकमान्तर 

कोरोना भाइरसका कारणले पशुपति आर्यघाटमा लास धेरै आउन थालेपछि काठ किन्नका लागि थप १ करोड रकमान्तर भएको छ । 

नेपाल वन निगम लिमिटेड आपूर्ति शाखाकी सहायक निर्देशक सुष्मा आचार्यका अनुसार यसभन्दा अगाडि पशुपति आर्यघाटमा काठ ल्याउनका लागि १ करोड पैसा रकमान्तर हुँदै आएको थियो तर अहिले माग बढेपछि फेरि १ करोड पैसा रकमान्तर भएको छ ।

‘सामान्य समयमा १ करोड रुपैयाँ रकमान्तर हुन्थ्यो तर यो अवस्थामा थप १ करोड रुपैयाँ रकमान्तर गरेर टेण्डर गर्नुपरेको छ,’ सहायक निर्देशक आचार्यले लोकान्तरसँग भनिन्, ‘पोखरामा रकमान्तर हुने पैसालाई पशुपतिमा ल्याएका हौं ।’

कर्पोरेसनले दाहसंस्कारका लागि प्रतिकेजी १० रुपैयाँ दरले दाउरा बिक्री गर्दै आएको छ । पूजा कार्य, घरमा आगो बाल्न र धार्मिक कार्यका लागि प्रतिकेजी १३ रुपैयाँ र १७ रुपैयाँका दरले दाउरा बिक्री हुन्छ ।

‘लास थपिँदा काठ धेरै आवश्यक पर्‍यो’

सामान्य समयमा भन्दा अहिले शवहरू धेरै आएका कारणले दाउरा धेरै आवश्यक परेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए ।

निर्देशक खतिवडाका अनुसार सामान्य समयमा दैनिक ४० देखि ४५ वटा शव आउने गर्दथ्यो भने अहिले दैनिक ५०/६० वटासम्म शव आउने भएकाले दाउराको खपत बढी भएको हो । 

‘अहिलेको अवस्थामा लास नै धेरै आएका छन्, २४ घण्टामा ६० वटासम्म लास आएका कारण दाउराको खपत भएको हो,’ निर्देशक खतिवडाले लोकान्तरसँग भने, ‘अहिलेसम्म हामीलाई टिम्बर कर्पोरेसनले उपलब्ध गराउँदै आएको छ ।’

पशुपति क्षेत्र विकास कोषका अनुसार सामान्यतया एउटा शव जलाउनका लागि ३ सय केजीदेखि ४ सय केजीसम्म दाउराको खपत हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x