खेलकुद महासंघले गर्‍यो सुनसरीका ७ प्रहरी कार्यालयलाई सामग्री वितरण

नेपाल खेलकुद महासंघले कोभिड–१९ विरुद्धको राष्ट्रिय अभियानलाई जारी राखेको छ ।

अभियान अन्तर्गत अघिल्लो मोर्चामा खटिने सुरक्षा निकायलाई मध्यनजर राख्दै महासंघका केन्द्रीय स्थायी कमिटी सदस्य सुरेश कार्कीको नेतृत्वमा सुनसरी जिल्लाको विभिन्न ६ ठाउँमा रहेका प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री मास्क, स्यानिटाइजर, साबुन, फेसशिल्ड प्रदान गरिएको छ ।


Advertisement

खेलकुद महासंघले ‘कोभिड नो भीड’ भन्ने नाराका साथ देशका ७७ जिल्लामा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम छ । स्थायी कमिटी सदस्य कार्कीको नेतृत्वमा सुनसरी जिल्ला संयोजक पुष्प कार्कीको संयोजकत्वमा प्रदेश सहसंयोजक भेष कार्की, सचिवालय सदस्य उमेश सुवेदी, केन्द्रीय सदस्य ईश्वरविक्रम शाह र गौरवजंग राणाको उपस्थितिमा सामग्री वितरण गरिएको छ ।

टोलीले पकली थानालाई १ हजार थान मास्क, ५ लिटर स्यानिटाइजर, १२ लिटर साबुन र ५ थान फेसशिल्ड, चक्रघट्टी थानालाई १ हजार थान मास्क, ५ लिटर स्यानिटाइजर, १२ लिटर साबुन, चतरालाई ४५० थान मास्क, ५ लिटर स्यानिटाइजर र १० लिटर साबुन, कालाबञ्जर, नडाहा र बाङ्गेबजार प्रहरी चौकीलाई समान ५०० थान मास्क, २ लिटर स्यानिटाइजर, ६ लिटर साबुन प्रदान गरेको सदस्य कार्कीले जानकारी गराए ।

कार्कीका अनुसार अभियान अन्तर्गत पहिलो चरणमा अघिल्लो मोर्चामा खटिने सुनसरीका अन्य प्रहरी कार्यालय र त्यसपश्चात अन्य संघसंस्थालाई पनि स्वास्थ्य सामग्री प्रदान गरिने बताए । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्