×

NMB BANK
NIC ASIA

प्राथमिकतामा प्रदेश २

संघीय सरकारमा प्रदेश २ का मन्त्रीको बहुमत, २५ मध्ये १३ जना मधेशका मन्त्री !

जेठ २७, २०७८

NTC
Premier Steels

संघीय सरकारमा प्रदेश २ का मन्त्रीहरूको बहुमत पुगेको छ ।

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा १३ जना त प्रदेश २ का मात्र छन् । त्यसमध्ये १२ जना मधेशी समुदायका मन्त्री छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश २ बाट जसपाका मात्र १० जना छन् । एमालेबाट ३ जना मन्त्री रहेका छन् ।


Advertisment
Nabil box
Kumari

नेकपा एमालेका तर्फबाट धनुषाबाट प्रतिनिधित्व गर्दै रघुवीर महासेठ उपप्रधानमन्त्री सहित परराष्ट्रमन्त्री बनेर तेस्रो वरीयतामा छन् । त्यसैगरी एमालेबाट सिरहा जिल्लाको प्रतिनिधित्व गर्दै लीलानाथ श्रेष्ठ कानून, न्याय तथा संसदीय मामिला मन्त्री छन् । १३ औं वरीयतामा रहेका उनी यसअघि पनि मन्त्री थिए ।

Vianet communication

२ नम्बर प्रदेश सभामा माओवादीको तर्फबाट प्रदेश सभा सदस्य बनेकी ज्वाला कुमारी साहलाई पनि मन्त्री बनाइएको छ।

माओवादी पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका कारण प्रदेश सभामा सांसदबाट पद मुक्त भएकी बाराकी साहलाई उपहार स्वरूप संघीय सरकारमा कृषि तथा पशुपंक्षी विकास मन्त्री बनाइएको हो । उनको वरीयता १५ औं स्थानमा छ ।

त्यसैगरी जसपाबाट प्रतिनिधित्व गर्दै धनुषाका सांसद राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री छन् ।

चौथो वरीयतामा रहेका महतो यसअघि सर्लाहीबाट प्रतिनिधित्व गर्ने गरेको भए पनि पछिल्लो प्रतिनिधि सभा चुनावमा धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट जितेका थिए ।

नेपाली कांग्रेसका अहिलेको उपसभापति विमलेन्द्र निधिलाई महतोले पराजित गरेका थिए।

महोत्तरीबाट प्रतिनिधित्व गर्ने शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री छन् । पटक-पटक मन्त्री बनेका भण्डारीको वरीयताक्रम छैटौ स्थानमा छ। रौतहटबाट प्रतिनिधित्व गर्ने अनिल कुमार झा खानेपानी मन्त्रीको रुपमा आठौं वरीयतामा छन् ।

सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने जसपाका नेता राजकिशोर यादव १० औं वरियतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् ।

जसपाको कोटाबाट यसअघि उनलाई मन्त्री बनाइएको थिएन। आज दोस्रो चरणको मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कोटाबाट यादवलाई मन्त्री बनाएका हुन् ।

प्राविधिक रूपले जसपाका नेता भए पनि उनलाई आगामी दिनमा एमालेबाट चुनाव लडाउने तयारीसहित ओलीले मन्त्री बनाएको विश्लेषण गरिएको छ।

हेर्नुहोस्, विस्तारित मन्त्रिपरिषद् :

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x