स्पेन पेनाल्टीमा चुक्यो, पोल्याण्डसँग बराबरीमा रोकियो


युरोकप फुटबल अन्तर्गत गएरातिको खेलमा स्पेन बराबरीमा राकिएको छ । पोल्याण्डविरुद्धको खेलमा पाएको पेनाल्टीको अवसरसमेतलाई सदूपयोग गर्न नसकेपछि युरोकपको उपाधि दादेदारको रुपमा हेरिएको स्पेन बराबरीमा मात्रै रोकिएन अघिल्लो यात्रा समेत कठिन बन्न पुगेको छ ।

 समूह ईको खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा पोल्यान्डका रोबर्टो लावान्डोस्कीले गोल गर्दै खेल बराबरीमा ल्याए ।


Advertisement

५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा पाए पनि जेरार्ड मोरेनोले गोल गर्न नसकेका हुन् । बराबरीसँगै स्पेन दुई अङ्कसहित तेस्रो स्थानमा र पोल्यान्ड एक अङ्कसहित पुछारमा छ । यो समूहमा स्वीडेन शीर्ष स्थानमा रहेको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्