×

NMB BANK
NIC ASIA

पुन:स्थापनापछि सांसदहरूको खातामा एकैपटक दुई महिनाको तलब जाने, हिसाब निकाल्दै संसद् सचिवालय

असार २९, २०७८

NTC
Premier Steels

प्रतिनिधि सभा पुन:स्थापना भएपछि प्रतिनिधि सभा सदस्यहरूको पारिश्रमिक पठाउनका लागि संसद् सचिवालयले हिसाब गर्न शुरू गरेको छ ।

Muktinath Bank

एकमुष्ठ रूपमा हिसाब गरेर दुई महिनाको तलब सांसदहरूको खातामा पठाउने तयारी संसद् सचिवालयले गरेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद् सचिवालयका लेखा नियन्त्रक वसन्तराज सिग्देलका अनुसार मंगलवार साँझसम्म सबै हिसाब निकालिनेछ।


Advertisment
Nabil box
Kumari

'अहिले हामी हिसाब–किताब गर्दैछौं । यस अवधिमा कतिपय सांसदहरू विभिन्न मितिमा मन्त्री समेत बन्नुभयो, त्यसकारण हिसाब निकाल्न अलि समय लागिरहेको छ,' सिग्देलले लोकान्तरसँग भने, 'त्यसबाहेक नेकपा माओवादी केन्द्रले केही सांसदलाई हटाएको र पछि फेरि थपेको हुनाले सबै हिसाब गर्न केही समस्या भएको छ ।'

Vianet communication

आज साँझसम्म सबै हिसाब निकालेर उहाँहरूको खातामा पारिश्रमिकसहित सेवा सुविधाबापतका रकम पठाइने उनले बताए ।

एक जना सांसदलाई ६४ हजार ७० रुपैयाँ मासिक पारिश्रमिक दिने गरिएको छ। त्यसबाहेक संसद्का पदाधिकारीहरूको फरक पारिश्रमिकसहित फरक सेवा सुविधाबापतको रकम संसद् सचिवालयले दिने गरेको छ।

काठमाडौं उपत्यकामा घर भएका सांसदहरूलाई आवासबापत मासिक ९ हजार रुपैयाँ र काठमाडौं उपत्यकामा घर नभएका सांसदहरूलाई घर भाडाबापत मासिक १८ हजार रुपैयाँ दिने गरिएको छ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार सांसद र पदाधिकारीहरूलाई पारिश्रमिक तथा सुविधा दिने गरिएको छ ।

पदाधिकारी अन्तर्गत सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलको नेता, सत्ता पक्षको नेता, सत्ता पक्षको मुख्य सचेतक, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको सचेतक, सत्ता पक्षको प्रमुख सचेतक, दलको प्रमुख सचेतक, विभिन्न संसदीय समितिका सभापति छन्।

त्यसैगरी सांसद तथा पदाधिकारीले निजी सचिवालयका लागि समेत ऐनको अनुसूची-२ बमोजिम कर्मचारी सुविधा पाउने गरेका छन् ।

हाल प्रतिनिधि सभामा २ सय ७१ सांसद छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x