×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशको मन्त्रिमण्डलले पूर्णता पायो, मन्त्रीको संख्या ११

साउन ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी प्रदेश सरकारले शुक्रवार मन्त्रिमण्डल विस्तार गरेको छ । मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेससहित माओवादी केन्द्रका गरी ६ जना मन्त्री थपेका हुन् । 

Muktinath Bank

यसअघि गत जेठ २९ मा मुख्यमन्त्री नियुक्त पोखरेलले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का गरी ५ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार मन्त्रीको शपथ लिनेहरूमा माओवादी केन्द्र र कांग्रेसका ३–३ जना छन् । 


Advertisment
Nabil box
Kumari

माओवादीको भागमा परेको अर्थ मन्त्रालयमा रामजी बराल जीवन, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयमा दीपक थापाले शपथ लिए । 

Vianet communication
Laxmi Bank

यस्तै, कांग्रेसबाट कास्कीका बिन्दुकुमार थापा कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बनेका छन् भने स्याङ्जाका मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रीको शपथ लिए । 

बागलुङका मणिभद्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बने । 

यसअघि माओवादीबाट मधु अधिकारी गुरुङ स्वाथ्य तथा जनसंख्या मन्त्री बनिसकेकी छन् । माओवादीबाट जिल्लागत रुपमा बराल कास्की, चन्द्रबहादुर बागलुङ, दीपक स्याङ्जा र मधुमाया लमजुङकी हुन् । 

कांग्रेसबाट यसअघि शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री बनेका कुमार खड्कालाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय सुम्पिएको छ । कास्की जिल्ला निवासी उनी सरकारका प्रवक्ता समेत हुन् । 

पूर्व सहमतिअनुसार जसपाले २ मन्त्रालय पाउने भनिए पनि जसपाका हरिशरण आचार्य मात्रै मन्त्री बनेका छन् । यसअघि नै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा लिएका उनी शुक्रवारको शपथ समारोहमा भने आएनन् । 

यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) युवा तथा खेलकुद मन्त्री छन् । 

सत्तारुढ नेपाली कांग्रेससँग बिहीवार मन्त्रालय भागबण्डामा सहमति जुटेपछि माओवादी केन्द्रले आफ्नोतर्फबाट मन्त्री चयन गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x