×

NMB BANK
NIC ASIA

उद्योगमन्त्री कल्पना पाण्डे गम्भीर बिरामी, उपचार खर्च अभाव

साउन १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशकी उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे गम्भीर बिरामी भएकी छन् ।

Muktinath Bank

उनका दुवै खुट्टा नचल्ने र शिथिल भएका छन् । शिथिल हुनेक्रम बढेर अहिले कम्मरसम्म पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी अहिले बोल्न सक्ने अवस्थामा छैनन् । उनी जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षबाट गत वैशाख १९ गते मन्त्री नियुक्त भएका थिइन् । मन्त्री पाण्डे ३८ वर्षीया हुन् । 


Advertisment
Nabil box
Kumari

आइतवारदेखि समस्या देखिएपछि मन्त्री पाण्डेलाई रुपन्देहीको भैरहवामा रहेको भीम अस्पतालबाट बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल हुँदै हाल नर्भिक अस्पताल काठमाडौं पुर्‍याइएको छ ।

Vianet communication
Laxmi Bank

उनलाई न्युरोसम्बन्धी रोग जीडीएस भएको चिकित्सकले बताएका छन् । उनलाई पंकज जलान र यादव भट्टको टीमले उपचार गरिरहेको छ ।

चिकित्सकका अनुसार कोभिडको सुइँपछि उनमा यस्तो लक्षण देखिएको हो । जसमा खुट्टाबाट शिथिल हुँदै घाँटीसम्म पुग्छ । घाँटीबाट खुट्टामा झरेर मात्र रोग निको हुन्छ । कसैकसैलाई पक्षघात पनि हुनसक्छ । उपचारमा कम्तीमा ६ महिनादेखि २ वर्षसम्म लाग्नेछ । 

जीडीएस रोगको उपचार पद्धति खर्चिलो छ । हाल दैनिक प्रति सुइँ १८ हजार खर्चेर दिनको ६ पटक सुइँ लगाइएको छ । 

औषधिसहित अस्पताल खर्च दैनिक १ लाख ५० हजार रुपैयाँ रहेको मन्त्री पाण्डेका पति एवं जसपा नेता नवराज लम्सालले बताए । मन्त्री बिरामी भए पनि हालसम्म प्रदेश सरकारले बिरामीको उपचारमा सहयोग नगरेको उनले बताए ।

‘स्वास्थ्य अवस्था गम्भीर छ । उपचार पद्धति महंगो छ । कसरी उपचार गर्ने ? हामी अन्योलमा छौं,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x