×

NMB BANK
NIC ASIA

संरक्षणको पर्खाइ

इँटाहा क्षेत्रको किराँतकालीन विरासत ओझेलमा

भदौ ५, २०७८

NTC
Premier Steels

तीनतिरैबाट घना जंगल र एकातिरबाट दोदा नदीको ढिकैमा अवस्थित छ इँटाहा क्षेत्र अर्थात् प्राचीन इँटा भएको स्थान ।

Muktinath Bank

कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका–४ र शुक्लाफाँटा नगरपालिका–१२ को सीमा क्षेत्रमा पर्दछ सो इँटाहा क्षेत्र । जुन स्थानीय आदिवासी रानाथारु जातिको आस्थाको धरोहर पनि हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यतिमा सीमित छैन इँटाहाको परिचय । ऐतिहासिक तथा पुरातात्विक र धार्मिक, सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण छ तर राज्यको ध्यान नजाँदा यो क्षेत्र ओझेलमा परेको छ ।


Advertisment
Nabil box
Kumari

इँटाहा क्षेत्रमा अझैसम्म प्राचीन इँटा, कुवा र सिक्काहरू पाइने गरेको स्थानीय बताउँछन् । जहाँका इँटाको मोटाइ डेढ इञ्च र एक फिट लम्बाइ रहेको छ । इँटासहित मासको गारोमा कुवा र हवन कुण्ड निर्माण गरिएका छन् । ती इँटा र कुवा किरातकालीन समयका इँटासँग मिल्दाजुल्दा छन् ।

Vianet communication

ऐतिहासिक पक्ष

स्थानीयलाई उदृत गर्दै रानाथारु संस्कृतिका अध्येता नन्दलाल राना भन्छन्, ‘आजभन्दा ५ हजार बर्ष पहिले यस ठाउँमा पाल नामका व्यक्तिहरू बसेको तथ्य भेटिएको छ । यहाँ भेटिने इँटा, मूर्ती, कुवा लगायतका आधारमा यहाँ इँटापाल, अजयपाल, सिहपाल नाम गरेका व्यक्तिहरूले आ–आफ्नो क्षेत्र बनाएर राजकाज गरेका थिए । त्यहीँ इँटापाल नाम गरेका व्यक्ति र यहाँ भेटिने ऐतिहासिक इँटाकै कारणले इँटाहा नामाकरण गरिएको भन्न सकिन्छ ।’

कुवा र हवन कुण्ड कहिले निर्माण भएका हुन् भन्नेबारे यकिन रूपमा पुष्टि हुन सकेको छैन । ३ वटा कुवा र १ हवन कुण्डलाई विक्रम संवत् २०४८ सालमा उत्खनन् समेत गरिएको बताइन्छ तर गहन रूपमा उत्खनन तथा अनुसन्धान गरे यस क्षेत्रमा थप पुरातात्विक वस्तुहरू फेला पार्न सकिने स्थानीय बताउँछन् ।

अध्येता राना भन्छन्, ‘विक्रम संवत् २०४८ सालमा स्थानीयले पुरिएको कुवा उत्खनन् गरेका थिए । पछि पुरातत्व विभागले यहाँका इँटाहरू परीक्षणको लागि लगेको थियो । पुरातत्व विभागका अनुसार त्यहाँ भेटिएका इँटाहरू ५ हजार वर्ष पुरानो हुनसक्ने अनुमान गरिएको छ तर थप अनुसन्धान हुन बाँकी नै छ ।’

जहाँ डाँकाहरू बाटो बिराए

इँटाहा क्षेत्र आजभोलि इँटाहा बाबा मन्दिरको नामले परिचित छ । सो क्षेत्रबारे विभिन्न मिथक तथा किंवदन्तीहरू पनि पाइन्छन् ।

इँटाहा बाबा मन्दिरका पुजारी कन्हैया रानाका अनुसार त्यसताका २ वटा कुवाको माटो निकालिए पनि अर्को कुवाको माटो आधा मात्रै झिकिएको थियो । कुवाबाट मूर्ति र सिक्का निस्कन थालेपछि प्रहरीले कुवा खन्न रोकेको थियो ।

पाइएका मूर्ति र सिक्का प्रहरीले आफूसँगै लगे पनि अहिलेसम्म फिर्ता नगरेको स्थानीय वासिन्दा बताउँछन् ।

यति मात्रै होइन, त्यहाँ भेटिएका मूर्तिहरू केहीले आफ्नो घर लगेको बताइन्छ । घर लगेपछि घर परिवारमा अनिष्ट समेत भएको लालझाडी गाउँपालिका अध्यक्ष मदनसिंह बडायक बताउँछन् ।

गाउँपालिका अध्यक्ष बडायकका अनुसार राणाकालीन समयमा भारतीय डाँकाहरूले सो क्षेत्रमा लुट मच्चाएका थिए । डाँकुहरूको त्रास धेरै थियो । लुटिनबाट जोगिन स्थानीय आदिवासी रानाथारुले सोही इँटाहामा गएर भाकल गर्थे । सोही भाकलकै कारण त्यसताका डाँकाहरू मानव बस्ती रहेको इँटाहा क्षेत्रमा लुटपाटका लागि पुगे पनि बाटो बिराएका थिए । जुनकारण लुटपाट गर्न नसकी ती डाँकाहरू फर्केकाले त्यसै दिनदेखि गाउँको नाम देखतभूलि रहन गरेको गाउँपालिका अध्यक्ष बडायक बताउँछन् ।

वर्षौंदेखि सो मन्दिरमा रानाथारु जातिका पुजारी रहँदै आएका छन् । चोखो मनले पूजा गरे मनोकांक्षा पूरा हुने स्थानीयको विश्वास छ ।

पर्यटनको सम्भावना

धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको इँटाहा क्षेत्र प्राकृतिक दृष्टिकोणले पनि रमणीय क्षेत्र हो । जुनकारण इँटाहा क्षेत्र गतिलो पर्यटन गन्तव्यका बन्न सक्ने सम्भावना रहेको छ ।

तर संरक्षण सम्बद्र्धनमा राज्यका निकायको ध्यान नपुग्दा ओझेलमा परेको छ । करीब १० विघा बढी क्षेत्रफलमा फैलिएको सो क्षेत्रको विकास नहुनुमा स्वामित्व विवाद पनि हो । केही समय अगाडिसम्म इँटाहा धार्मिक क्षेत्र शुक्लाफाँटा नगरपालिकामा पर्ने वा लालझाडी गाउँपालिकामा पर्ने भन्ने विषयमा विवाद थियो तर हाल सो क्षेत्रको स्वामित्व लालझाडी गाउँपालिकाले लिएको छ ।

इँटाहा बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामप्रवेश रानाले राज्यको लगानी नहुँदा विकास हुन नसकेको बताए । अझै ध्यान नदिए अस्तित्व नै संकटमा पर्ने समितिका अध्यक्ष रानाको भनाइ छ ।

कटानको उच्च जोखिम

दोदा नदीको ढिकैमा मन्दिर रहेकाले नदी कटानको उच्च जोखिम समेत रहेको छ । त्यसको लागि तत्काल तटबन्धको आवश्यकता रहेको समितिले जनाएको छ । 

गाउँपालिका अध्यक्ष बडायकले सो क्षेत्रको विकासको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को तयारीमा रहेको बताए ।

पूर्वपश्चिम राजमार्गमा पर्ने कञ्चनपुरको वाणी बजारदेखि करीब १० किलोमिटर दक्षिणमा इँटाहा क्षेत्र पर्छ । 

इँटाहा क्षेत्र जोड्न दोदा नदीमा पुल निर्माण कार्य जारी छ तर पुल निर्माणमा निकै ढिलासुस्ती हुँदा कामले गति लिन सकेको छैन । पुल निर्माण भएपछि विकास हुने सम्भावना रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x