पुस १, २०८०
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
नेपालका सन्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ दुई स्वर्ण पदक जितेका छन् ।
फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीको आयोजना भएको च्याम्पियनसिपमा सञ्जीवले ३० देखि ४० वर्ष मुनि उमेर समूहको स्पोर्ट्स र ट्रेडिसनल पुम्सेमा स्वर्ण जितेका हुन् । सन्जीवले स्पोर्ट्सतर्फ अमेरिकाका क्लेभ कोलाडोलाई हराउँदै स्वर्ण जितेका हुन् ।
सन्जीवले ६ अंक बटुल्दा क्लेभले ४.९३४ अंक जोडेका थिए । प्रेम दर्नालले ट्रेडिसनल पुम्सेमा स्वर्ण जित्दा स्पोर्ट पुम्सेमा भने रजत पदकमै चित्त बुझाए । स्पोर्टस् पुम्सेमा स्विट्जरल्यान्डका डे फ्रेइटा फान्कोईले प्रेमलाई पछि पार्दै स्वर्ण जिते । फ्रान्कोइले ६.५१ अंक बटुल्दा प्रेमले ५.८१ अंक जोडेका थिए ।
यसै च्याम्पियनसिपमा नेपालका अर्की खेलाडी सन्दीपा अमगाईंले स्पोर्टस् पुम्सेमा कांस्य र ट्रेडिसनल रजत पदक जितिन् ।
स्पोर्टस् पुम्सेमा स्वर्ण विजेता अमेरिकाकी नाटलिया मुनेटनले ६.९६ अंक र रजत विजेता फ्रान्सकी ज्लाटकोभिच टमराले ६.१५ अंक बटुलेका थिए । सन्दीपाले भने ५.४५ अंक जोडेपछि कांस्य पदकमा खुम्चिन बाध्य भइन् ।
ट्रेडिसनलतर्फ भने उनले रजत पदक जित्न सफल भइन् । गत सेप्टेम्बर ११ देखि भएको च्याम्पियनसिपमा नेपालसहित अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, फ्रान्स, स्विट्जरल्यान्ड र स्लोभानियालगायत राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । १४औं संस्करण भने अनलाइनमा हुँदा पुम्से, भर्चुअल स्पाइरिङ, स्पिड किकिङ, ब्रेकिङ, विपन र पारा तेक्वान्दोको प्रतिस्पर्धा भएका थिए ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...