असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
अहिले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपाल सरकारबीच ठूलो लडाईं चलिरहेको छ । यो काममा अमेरिकाले गलत गरेको भन्ने मेरो ठहर छ ।
नेपालमा एमसीसी जनताले बुझेनन् । विरोध भयो निकै दरो गरी । बुझाउने काम त एमसीसी कै हो नि ! के हो एमसीसी ? सामान्य बाटो या बिजुली सञ्जाल ? कि कुनै रणनीतिक योजना हो यो ? अमेरिकीहरूले गञ्जागोल गरेका छन्, यस विषयमा । अमेरिकी मन्त्रीहरू भन्छन् – यो हाम्रो रणनीतिक योजनाको अंग हो । दूतावास भन्छ– होइन, यो विकासको कार्यक्रम मात्र हो ।
यसको कार्यालय खुलिसकेको छ रे ! यत्रो आयोजनालाई लुकाउनु किन ? अनि अनेक गरेर जबरजस्ती अमेरिकाबाटै एमसीसीको हाकिम पठाएर हाम्रो देशका नेताहरूलाई धम्क्याउने काम किन गर्नु ? के अमेरिकालाई आफ्नो दूतावासमाथि विश्वास छैन ? त्यस्तो नहुनु पर्ने । फेरि अमेरिकाबाट टोली प्रमुखले के अब नेपाललाई अमरिकी सहयोग नचाहिने भो ? भनी धम्कीपूर्ण भाषामा बोल्नुको अर्थ के हो ? हामीमा त्यत्रो ठूलो अहंकार छैन । हामी सहयोग लिन्छौं । तर हामी कसैबाट पनि नेपाली संविधानलाई मिच्ने शर्तसहितको सहयोग लिँदैनौं ।
अमेरिका ठूलो छ । शक्तिशाली पनि छ । तर त्यो शक्तिशाली अमेरिकाले हामीलाई धम्क्याउन पाउँदैन । अमेरिका जति ठूलो भए पनि त्यसको र हाम्रो सम्प्रभुता ठूलोसानो वा तलमाथि छैन । चीन र भारतको च्यापमा बसेको नेपालले भारत अथवा चीनबाटै पनि यस्तो सम्झौताको प्रस्ताव आउँछ भने त्यसलाई स्वीकार्दैन ।
भारतसँग केही सानातिना कुरामा विवाद भैरहेको भएपनि तिमेरको संविधानभन्दा माथिको यो सम्झौतामा सही गर र यसलाई संसदबाट सर्वसम्मतिबाट पारित गर भन्यो भने पनि हामी त्यो काम गर्दैनौं । म संसद्मा छैन अहिले । तर हाम्रा सबै सांसद बिक्रीमा छैनन् । उनीहरूलाई बुझाउन नसकिने पनि होइन । एमसीसी भनेको अमेरिकाको एउटा कम्पनी हो । विकासशील देशहरूलाई हामी यसैगरी विभिन्न तरिकाले सहयोग गर्छौं । एमसीसीभित्र अर्को कुनै एजेण्डा लुकाइएको छैन भन्ने कुरो सबै अमेरिकीको मुखबाट निस्किएको भए शायद यो विवाद आउँदैन थियो होला । सरकारका चार प्रतिनिधिहरूको चार मुखले अलग–अलग कुरो निकालेर नेपाली जनता रनभुल्ल परे ।
अमेरिकी दूतावासले निकालेका प्रेस विज्ञप्तिलाई सबैखाले अमेरिकनले मानिदिएका भए, अथवा अमेरिकी सहयोग परियोजनाका बारेमा हाम्रो दूतावासले नै भन्छ भनिदिएको भए एकजना नेपालीले पनि प्रश्न उठाउने थिएनन् । दूतावास सामान्य सहयोगको कुरा गर्ने अनि दूतावासका कर्मचारीहरूलाई नियुक्ति दिने मन्त्रीचाहिँ यो सामान्य सहयोगको कुरो होइन, हाम्रो रणनीतिक योजना हो भन्ने । जब मन्त्री र दूतावासका मान्छेको कुरा जुध्छ भने मान्छेले मान्ने भनेको मन्त्रीको भनाइलाई नै हो ।
प्रायः सबै परस्परविरोधी मुलुकसँग परमाणु शस्त्रअस्त्र छन् । कोसँग कति छन्, त्यो छलफलको विषय हो । परमाणु वम अमेरिकासँग छ भने उत्तर कोरियासँग पनि छ । भारतसँग छ भने पाकिस्तानसँग पनि छ । साउदी अरबसँग छ भने कतारसँग पनि छ । उहिलेको सोभियत संघले माग राखेको निशस्त्रीकरणको प्रस्तावलाई आजको रुसले नै मान्दैन, किनभने अहिलेको बेला आतंकले तह लाउने चेत भएका मानिसले दुनियाँमाथि शासन गरेको समय हो । त्यसैले अहिले बाहिर जे सुनिएको छ, भित्र त्यस्तो छैन ।
एमसीसी चीनलाई घेर्ने रणनीतिक योजना हो । त्यसो हो भने यो अमेरकीहरूको सबैभन्दा गम्भीर गल्ती हो । नेपालजस्तो मुलुकको आडमा बसेर चीनलाई हान्ने भनेको दलाई लामालाई मानसिक शान्ति दिने कामबाहेक अरू केही हुन सक्दैन । आजको तिब्बत पनि १९६० को जस्तो छैन भने चीनको प्रगतिको त हामी जस्ताले अब कुरै गर्नु पर्दैन । सुन्दा कतिलाई नमीठो लाग्ला, तर मानसिक रूपमा अमेरिका बर्बर हृदयहीन व्यापारी हो भने चीन सधैँभरी मिल्ने साथी भएको छ । अमेरिका मित्र गुमाइरहेको छ भने चीन मित्र कमाइरहेको छ । अमेरिका अस्ताँउदो घाम हो भने चीन उदाउँदो घाम भएको छ ।
मान्छे चुपो लागेर आनन्दले खाएर किन बस्न सक्दैन ? यो एउटा गम्भीर प्रश्न हो । एसियामा सिंगापुरलाई युद्ध चाहिएको छैन । त्यसै हुनाले उसले अमेरिका र उत्तर कोरियाको वार्ताको व्यवस्थापन गर्यो । मलाई लाग्छ, स्क्यान्डिनेभियाका सरकारहरूलाई युद्ध चाहिएको छैन । स्वीट्जरल्यान्डलाई पनि युद्ध चाहिएको छैन ।
बारम्बार पराजित हुँदा पनि, आफ्नो देशको जनधनको विनाश हुँदा पनि उसले शान्तिले बसी खाएका मुलुकलाई उभिन दिँदैन ? किन ? दुई वर्षअगाडि त्यसले हङकङमा तबाही मच्चाउने कोशिश गर्यो । आखिरमा पराजित भएर खुम्चिएर बस्नुपर्यो । मध्यपूर्वमा त्यसले बेकारमा हात हाल्यो । बीस वर्षमा पैँतीस हजार जन र सयाैँ करोडको विनाश गराएर मध्यपूर्वबाट लुरुलुरु फर्किनु पर्यो । अफगानिस्तान लगायतका मुलुकमा आतंककारीलाई सिध्याउने नाममा त्यहाँका देशहरूमा अमरिकाले खर्बौंको लगानी गर्यो । अन्तिममा तिनीहरूकै सत्तालाई नमस्कार गरेर ऊ घर फर्कियो ।
अहिलेको समयमा नेपालमा टेकेर चीनलाई कजाउनेसपना बोकेर नेपालमा उत्रिन खोजेको हो भने अमेरिकाले अकल्पनीय क्षति बेहोर्नुपर्नेछ । अमेरिकाले भियतनाममा करीब सत्तरी हजार जनाको नोक्सानी बेहार्नुपरेको थियो, सत्तरीको दशकमा । दोस्रो विश्वयुद्धमा भन्दा बढी बम खसेको थियो रे भियतनामी युद्धमा । आखिरमा भियतनामले युद्ध जित्यो । अमेरिका लुरुलुरु हवाई जहाज चढेर वाशिंगटनतिर फर्कियो ।
हाम्रो मुलुकमा ठूलो नोक्सानी होला । हामी अनाहकमा मारियौंला, तर अमेरिका पनि जिउँदै भियतनामबाट भागे जसरी भागेर जान सक्ने छैन । त्यो सुखले भाग्न पनि पाउँदैन । आफ्नै आक्रमणकारी सपनाको भूतले अमरिकालाई खानेछ ।
त्यसैले अब मूर्ख बहस नगरौं । एमसीसी आउँदा नेपाली र अमेरिकीहरूलाई सास्ती हुन्छ भने एमसीसी नआउँदा नेपाली, अमेरिकी र चिनियाँहरूलाई समेत शान्ति हुन्छ ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...