माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
असोज ४, २०७८
कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक र तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनपछि नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गतको खेलमा ओमानमाथि ऐतिहासिक सानदार जित निकालेको छ । नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको छ । ओडीआई क्रिकेटमा नेपालले ओमानलाई पहिलोपटक पराजित गरेको हो । १२२ रनको सामान्य विजयी लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेटको क्षतिमा पूरा ग¥यो ।
नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल ४६ बलमा ४ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे । शरद भेषावकरले विजयी रन बटुल्दै एक रनमा अविजित रहे । ज्ञानेन्द्रले ४३ बलमा आफ्नो ओडीआई करिअरको चौथो अर्धशतक प्रहार गरेका थिए । ज्ञानेन्द्र नेपालबाट ओडीआईमा चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । ज्ञानेन्द्रले नेस्टर धम्बालाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । युवा ब्याट्सम्यान तथा ओपनर आसिफ शेखले ४४ बलमा ७ चौकासहित ४० रनको योगदान दिए ।
नेपाललाई सहज जित दिलाउन आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरेका थिए । ओडीआई इतिहासमा नेपालबाट यो कुनै पनि विकेटका लागि भएको उच्च साझेदारी हो । ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल कलिमुल्लाहको चौथो ओभरको पहिलो बलमा खराब सटका साथ फस्ट स्लिपमा जतिन्दर सिंहबाट ६ रनमा क्याच आउट हुँदै पेभिलिएन फर्केका थिए । रोहितकुमार पौडेल ६ रनमा आउट भए । ओमानका नेस्टर धम्बाले सर्वाधिक दुई विकेट लिए । कलिमुल्लाहले एक एक विकेट लिए ।
त्यसअघि अल अमरेत क्रिकेट मैदान मस्कटमा तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनपछि नेपालले ओमानलाई ३७ ओभर १ बलमा १ सय २१ रनमा अलआउट गरेको थियो । ओमानका कप्तान जिशान मकसुदले ६६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिए । कप्तान मकसुदबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालको घातक बलिङसामु ओमानका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
करणको तेस्रो ओभरको चौथो बलमा ओपनर जतिन्दर सिंह आसिफ शेखबाट १३ रनमा क्याच आउट हुन पुगे । पहिलो खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका जतिन्दरले दोस्रो खेलमा १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जतिन्दर आउट भएपछि ओमानले लगातार विकेट गुमाएको थियो । करणको सातौं ओभरको पाँचांै बलमा डेब्यु खेल खेलेका सुफ्यान मोहम्मद ४ रनमा सुशान भारीबाट क्याच आउट भए । नवौं ओभरको पाँचौं बलमा करणले अयान खानलाई ७ रनमा बोल्ड आउट गर्दै ओमानलाई ३०–३ को अवस्थामा पु-याए । त्यसपछि लेग स्पिनर सन्दीप लामिछानेले ओमानको ब्याटिङ ध्वस्त बनाएका थिए ।
११औं ओभरको अन्तिम बलमा सन्दीपले मोहम्मद नदीमलाई ४ रनमा एलबीडब्लू आउट गरे । सन्दीपले नै १४औं ओभरको चौथो बलमा नेपाली मुलका विकेटकिपर सुरज कुमारलाई शून्यमा बोल्ड आउट गरे । लगत्तै सन्दीप अर्को बलमा नेस्टर धम्बालाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक नजिक पुगे पनि सन्दीपको अर्काे बलमा विकेट लिन सकेनन् । त्यसपछि पार्टटाइम स्पिनर शरद भेषावकरले दुई विकेट लिँदै ओमानलाई दबाब बढायो ।
शरदले २२औं ओभरको दोस्रो बलमा सन्दीप गौडे सुशान भारीबाट ८ रनमा क्याच आउट गराए । ओडीआईमा शरदको यो पहिलो विकेट हो । शरदको ३०औं ओभरको चौथो बलमा नसीम खुसी १२ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए । तल्लोक्रमका कलिमुल्लाह १२ र विलाल खानले ९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ८.१ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिए । करण केसीले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिए । स्पिनर शरद भेषावकरले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए ।
ओमानमाथिको जितसँगै नेपाल ८ खेलमा ४ जित र ४ हारका साथ ८ अंक जोडेर चौथो स्थानमा छ । ओमान १३ खेलमा १० जित र ३ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा छ । राजधानी दैनिकमा खबर छ ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...