असार २३, २०७९
नागरिकता (पहिलो संसोधन) विधेयक २०७५ लाई आज सरकारले संसदबाट फिर्ता लिने भएको छ । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा प्रतिनिधि सभामा दर्ता गराएको विधेयक बिहीवार फिर्ता गर्न लागिएको हो ।...
बागमती प्रदेश सभाको बैठक कात्तिक ४ गतेसम्मको लागि स्थगित भएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भनिएको प्रदेश सभाको बैठक विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत नै नभई स्थगित भएको हो ।
मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने विषय गत शुक्रवार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेकी थिइन् । तर, आजको बैठकमा यो प्रस्ताव प्रस्तुत नै भएन ।
प्रदेश सभा बैठकलाई सम्बोधन गरेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक कुरा नगर्ने भन्दै संस्कृति र संस्कारको कुरा गरेकी छन् ।
बैठकमा सम्बोधन गर्दै उनले भनिन्, ‘अबको संस्कारयुक्त सामाजिक संरचना कस्तो हुनुपर्छ ? परम्परा जोगाउने नाममा हुने विभेद र हिंसा कसरी हटाउने होला भन्ने बारेमा छलफल आवश्यक छ । राजनीतिक कुरा धेरै राख्न चाहन्न । यसमा धेरै छलफल भइसकेको छ ।’
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सरकार अल्पमतमा रहेकाले संसदमा त्यसको छिनोफानो हुनुपर्ने बताएका थिए ।
त्यसै गरी एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मन्त्रीहरूलाई झण्डा हल्लाएर टीका थाप्ने रहर भएको टिप्पणी गरेका थिए ।
नागरिकता (पहिलो संसोधन) विधेयक २०७५ लाई आज सरकारले संसदबाट फिर्ता लिने भएको छ । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा प्रतिनिधि सभामा दर्ता गराएको विधेयक बिहीवार फिर्ता गर्न लागिएको हो ।...
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू भएको छ। गत आइतवारदेखि जारी बैठक कमलादीस्थित प्रज्ञा भवनमा शुरू भएको हो। बिहीवारको बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सद...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएर विरोधीहरूलाई गतिलो जवाफ दिएको बताएका छन्। माओवादी केन्द्रको तेस्रो दिनको बैठकलाई सम्बोधन गर्दै प्र...
प्रतिनिधि सभाको बुधवारको दोस्रो बैठकले ‘औषधि (तेस्रो संशोधन) विधेयक २०७९’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । पहिलो बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले ‘औषधि (तेस्रो संशो...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताएका छन् । एमाले जिल्ला कमिटी कैलालीले बुधवार धनगढीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा उनले स्थानीय तहको चुना...
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रालयको कार्यभार ...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...