माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
असोज २६, २०७८
ललितपुरका एक उपभोक्ताले आइतवार दिउँसो भक्तपुर पुगेर च्यांग्रा किने ।
मुस्ताङको च्यांग्रा निकै स्वादिलो हुन्छ भन्ने सोचेर किनेको च्यांग्रा उनले सोचेजस्तो रहेनछ ।
ती उपभोक्ताले च्यांग्रा घरमा लगेर नजिकैको मासु पसलमा कटाए ।
त्यसपछि उनी छक्कै परे । मुस्ताङको भनेर दाबी गरिएको च्यांग्रामा करीब ३ किलो बोसो पाइयो ।
बोसैबोसो हुनुमा च्याङ्ग्राको त के दोष, दोष थियो उनलाई ढाँटेर बिक्री गर्ने व्यापारीको ।
उनले आफू ठगिएको गुनासो गरे ।
***
यो गुनासो एक जना उपभोक्ताको मात्र हैन, अहिले धेरैको छ ।
सामान्यतयाः च्यांग्रा धेरै किनबेच गरिँदैन, तर दशैंमा भने यसको बजार नै लाग्छ ।
प्रायः उपभोक्ताले दशैंमा च्यांग्रा खाने ट्रेन्ड पछिल्लो समय निकै चलेको छ ।
हिमाली भेगमा उत्पादित च्यांग्रा विषेश गरी हिमालका जडिबुटी खाएर हुर्किएका हुन्छन् ।
जडिबुटी खाएर हुर्किएका च्यांग्रामा बोसो हुँदैन, भएपनि अत्यन्तै न्यून हुन्छ । बोसो नभएको च्यांग्रा स्वस्थकर पनि हुन्छ ।
तर च्यांग्राको स्वस्थ मासु खान दशैं पर्खेर बसेका काठमाडौंका उपभोक्तालाई फार्ममा दाना खुवाएर हुर्काएको च्याङ्ग्रा मुस्ताङको भनी व्यापारीले उल्लु बनाइरहेका छन् ।
ती उपभोक्ताले लोकान्तरसँग भने, ‘हामीले बोसो हुँदैन भनेर च्यांग्रा किनेका थियौँ । व्यापारीले पनि मुस्ताङकै च्याङ्ग्रा भएको बताएका थिए । तर काटिसकेपछि झण्डै तीन किलो बोसो पाइयो ।’
ती उपभोक्ताले ललितपुरस्थित आफ्नो घर नजिकैको मासु पसलमा च्यांग्रा कटाएका थिए ।
सो च्यांग्राको मासु काटेका मासु पसले सुरेन्द्र केसीले पनि च्यांग्रामा बोसो धेरै पाइएको सुनाए ।
‘मैले त्यो च्यांग्राको मासु काटेँ, त्यसबाट झण्डै ३ किलो बढी बोसो पाइयो,’ उनले भने, ‘सामान्यतया च्यांग्रामा यति धेरै बोसो नहुनुपर्ने हो, यो त उपभोक्तामाथिको ठगी हो ।’
...
उक्त च्याङ्ग्रा बिक्री गर्ने भक्तपुरका व्यापारी रमेश श्रेष्ठले आफूले बिक्री गरिरहेका च्यांग्राहरूमा बोसो नरहेको दाबी गरे ।
तर उनको दाबी झूटो रहेको पुष्टि माथि उल्लेखित घटनाले गरिसकेको छ ।
अझै पनि उनी उपभोक्तालाई ढाँटिरहेका छन्– ‘मैले मुस्ताङबाट आफैंले च्यांग्रा ल्याएको हुँ । बोसो छैन । एकदमै स्वस्थकर छ ।’
उनले आफूले फार्महाउसमा नभई घरमै च्यांग्रा पालेको बताए ।
आफूखुशी मूल्य निर्धारण
च्यांग्रा व्यापारीहरूले आफूखुशी मूल्य निर्धारण गरिरहेका छन् ।
काठमाडौं चौपाया खरिद बिक्री केन्द्रका व्यवस्थापक जनक खड्काले बजारमा कम मात्रै उपलब्ध हुँदा च्यांग्राको मूल्य बढेको बताए ।
उनले अहिले नेपालमा चीनबाट आउने च्यांग्रा पनि चीनमै अड्किएको भन्दै बजारमा यसको मूल्य बढेको बताए ।
केन्द्र तथा व्यापारीहरूबीचको सहमतिले जिउँदो च्यांग्राको मूल्य प्रतिकेजी १२ सय ५० रुपैयाँ र मासु प्रतिकेजी २५ सय रुपैयाँ पुर्याइएको उनले बताए ।
उनले च्यांग्रा स्थानीय बजारमा नै महंगो भएर आएकाले यता पनि महंगो भएको सुनाए ।
गत वर्ष भने जिउँदो च्यांग्राको मूल्य प्रतिकेजी १ हजार रुपैयाँ र मासु प्रति केजी २ हजार देखि २२ सय रुपैयाँ रहेको थियो ।
मुस्ताङको च्यांग्रा दाबी गर्दै फार्मको च्यांग्रा बिक्री !
काठमाडौं उपत्यकामा अहिले सरकारी निकायले च्यांग्रा बिक्री गरेको छैन । निजी व्यापारीहरूले मात्रै च्यांग्रा बिक्री गरिरहेका छन् ।
व्यापारीहरूले ल्याएको च्यांग्रा एकदमै स्वस्थ भएको दाबी गर्दै आइरहेका छन् । तर ती अधिकांश ‘फार्महाउस’मा विकसित गरिएको च्यांग्रा भएको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन् ।
अहिले व्यापारीहरूले भन्ने गरेका छन्, ‘हामीले फार्महाउसमा उत्पादन गरेको च्यांग्रा हैन । गाउँमै पालिएको लोकल च्यांग्रा हो ।’
मूल्यमा अप्रत्याशित वृद्धि !
उपत्यकाको विभिन्न ठाउँमा बिक्री केन्द्र राखिएका च्यांग्राहरूको अहिले मूल्य पनि पसलैपिच्छे फरकफरक पाइन्छ ।
अहिले सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्यांग्रा बिक्री गरेको छैन ।
उसले च्यांग्रा बिक्री गर्दा केही हदसम्म बजारमा हस्तक्षेप हुन्थ्यो र मूल्य केही कम हुन जान्थ्यो । तर उसले च्यांग्राको अभाव रहेको भन्दै यस वर्ष खसीबोका मात्रै बिक्री गरिरहेको छ ।
यसो हुँदा व्यापारीहरूले मनोमानी रूपमा च्यांग्राको मूल्य बढाइरहेका छन् ।
काठमाडौं उपत्यकामा अहिले व्यापारीहरूले जिउँदो च्यांग्रा १२ सयदेखि माथिको मूल्यमा बिक्री गरिरहेका छन् । यस्तै च्यांग्राको मासु प्रतिकिलो २५ सय रुपैयाँमा बिक्री गरिरहेका छन् । तर यो मूल्य पसलैपिच्छे फरक–फरक छन् ।
कतिपय ठाउँमा जिउँदो च्यांग्रा प्रति किलो १३ सय समेत रहेको छ भने कतिपय पसलमा च्यांग्राको मासुमा प्रति केजी २७ सयसम्ममा बिक्री भइरहेको छ ।
उपभोक्ता अधिकारकर्मीहरू च्यांग्रा व्यापारीले उपभोक्तालाई निकै ठगेको र नियामक निकायले अनुगमन तथा नियन्त्रण गर्न नसकेको बताएका छन् ।
राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पछिल्ला दिनहरूमा च्यांग्रा व्यापारीहरूले उपभोक्तामाथि मौद्रिक ठगी र बौद्धिक शोषण गरेको टिप्पणी गरे ।
महर्जनले लोकान्तरसँग भने, ‘मैले आजमात्र पनि भक्तपुरमा च्यांग्राको मासुको मूल्य बुझ्न पठाएको थिएँ, प्रतिकिलो २५ सय रुपैयाँमा बिक्री गरिरहेको पाइयो, तर त्यो मध्यबिन्दु मात्र हो कतै घटी कतै बढी चलिरहेकै रहेछ ।’
उनले अहिले व्यापारीहरूबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको समेत बताए ।
तौल बढाउन हर्मनको प्रयोग !
अध्यक्ष महर्जनले व्यापारीहरूले अहिले च्यांग्राको तौल बढाउन गम्भीर अपराध गरिरहेको समेत टिप्पणी गरे ।
उनले भने, ‘बोसो बढ्ने दुई कारण छन्, एक दाना खुवाएर हुर्काउन पर्यो र अर्को हर्मन बढाउने इन्जेक्सन लगाउन पर्यो ।’
अहिले च्यांग्रा व्यापारीहरूले यी दुवै तरिकाबाट उपभोक्तामाथि शोषण गरिरहेको टिप्पणी गरे ।
उनले भने, ‘मैले पाएको जानकारी अनुसार यो सुईले छिटो तौल बढाउँछ, जसले मासु हैन बोसो बढाइरहेको छ ।’
उनले उपभोक्ता हितका लागि काम गर्नुपर्ने सरकारी निकायले चुस्तदुरुस्त अनुगमन गर्न नसक्दा अहिले बजारमा च्यांग्रा व्यापारीले उपभोक्तामाथि दादागिरी गरिरहेको बताए ।
पन्छँदै अनुगमनकारी निकाय
चाडपर्वको समयमा बजारमा विशेष अनुगमन गर्ने भन्दै आएका अनुगमनकारी निकाय भने यतिखेर पन्छँदै छन् ।
च्यांग्रामा उपभोक्ता दिनदिनै ठगिँदासमेत अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अनुगमन गरेको छैन ।
विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले यो प्राविधिक विषय भएकाले पशु सेवा विभागले यसबारे हेर्नुपर्ने बताए । उनले बोसो कति हुनुपर्ने, कस्तो मासु हुनुपर्ने भन्ने विषय मासु काटेपछि मात्रै थाहा हुने भन्दै यसबारे विभागले एउटा सीमा निर्धारण गरेमा सहज हुने सुनाए ।
उनले भने, ‘हामीले मूल्य हेर्ने भन्दै मूल्य नियन्त्रणमा भने काम गर्छौँ । खाद्यवस्तु भएकाले यसमा पशु सेवा विभागले एउटा सीमा छुट्टाएमा त्यो अनुसार भए/नभएको हामी हेर्छौँ र कारबाही गर्न सक्छौँ । नत्र त हामीले यस विषयमा अन्य केही गर्ने अवस्था हुँदैन ।’
उनले मूल्य नियन्त्रणमा भने उजुरी वा गुनासो आएमा त्यसमाथि अनुगमन बढाउने बताए ।
यता पशु सेवा विभागले यो विषयमा धेरै चासो दिएन ।
विभागका वरिष्ठ पशु अधिकृत एवं सूचना अधिकारी डा. चन्द्र ढकालले च्यांग्रामा बोसो हुनै नहुने भन्ने चाहिँ नभएको सुनाए ।
उनले भने, ‘च्यांग्रा कुन वातावरणमा हुर्कियो, त्यसले बोसो बढाउने हो, उसले हिँडडुल नगरेको पनि हुन सक्छ । यसले यस विषयमा के भन्ने ।’
उनले गर्मी ठाउँमा च्यांग्रा नहुने भन्दै हिमाली ठाउँबाटै च्यांग्रा ल्याइएको बताए ।
‘यता ल्याएर केही समय होल्ड गरे, त्यस अवधिमा प्रशस्त खुवाइएकाले च्यांग्राको मोटोपन बढेको हुनसक्छ,’ उनले भने ।
उनले साह्रै मोटो रहेको अवस्थामा उपभोक्ता आफैंले नकिन्ने गरेमा सहज हुने बताए ।
‘बोसो सबैले खान हुँदैन भन्ने सूचना पनि नजाओस्, अवस्था हेरेर आफूलाई खान मिल्छ कि मिल्दैन, त्यही अनुसार कम मोटोपन भएका वा दुब्लो च्यांग्रा किनेमा समस्या हट्ने हो, यसमा उपभोक्ता आफैं सचेत हुनुपर्छ,’ उनले भने ।
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...