×

NMB BANK
NIC ASIA

गोकर्णेश्वरको गाई फार्ममा आगलागी : मर्ने मरिसके, घाइतेलाई बचाउन गाह्रो

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
काठमाडौं, ६ असार – गत शनिवार काठमाडौंको गोकर्णेश्वरस्थित एक गाई फार्ममा भयानक आगलागी भयो । उक्त गाई फार्मका सञ्चालक बाबुराम कार्कीका अनुसार आगलागीबाट झण्डै ६० वटा गाई मरिसकेका छन् ।

गाई फार्ममा रहेका कुल १ सय २२ गाईमध्ये झण्डै आधा संख्यामा गाई डढेर मरे । सञ्चालक कार्कीका अनुसार, बिजुली चुहिएर ‘शर्ट’ भएर उक्त आगलागी भएको थियो । झण्डै ५८ वटा गाई आगलागी भएकै दिनमा मरे भने घाईते भएका २५ मध्ये २ वटा गाई उपचारका क्रममा मरे ।



घाईते गाई पनि बाँच्ने स्थितिमा छैनन्

घाईते गाईको उपचारमा संलग्न पशु सेवा केन्द्र गोकर्णेश्वरका पशु विकास अधिकृत शंकरप्रसाद घिमिरेका अनुसार, घाईते अधिकांश गाईको अवस्था थप गम्भीर बन्दै गएको बताए । ‘गाईको उपचारका लागि हामीले अधिकतम् प्रयास जारी राखेका छौं,’ उनले भने, ‘तर अधिकांश गाईको अवस्था गम्भीर नै छ ।’

५/७ वटा गाईबाहेक बाँकी गाई बाँच्ने स्थितिमा नरहेको उनले बताए । ‘आगोले पोलेर गम्भीर घाउ लागेका गाई उठे बस्न नसक्ने, बसे उठ्न नसक्ने भएका छन् ।’ उनले भने । अहिले २३ वटा घाईते गाई बाँकी छन् ।

सञ्चालक कार्कीका अनुसार, घाईते गाईको उपचारका लागि अहिले पशु सेवा केन्द्र गोकर्णेश्वर, जिल्ला पशु सेवा कार्यालयका साथमा स्नेहा नेपाल, एनिमल नेपाल जस्ता संस्था  पनि क्रियाशील छन् ।

गाईको उपचारका लागि अहिले नियमित १० जना स्वास्थ्यकर्मी खटिरहेका घिमिरेले बताए ।

कसरी भयो आगलागी

सञ्चालक कार्कीका अनुसार, शनिवार बिहान नियमितझैं खाना आएर उनको परिवार र कामदार आराम गरिरहेका थिए ।

‘बिहान ११ बजे गाईलाई केही आहार हालेर, सरसफाई गरेर हामी खाना खान र आराम गर्नतिर लाग्यौं,’ कार्कीले लोकान्तरसँग भने, ‘तर, केही समयभित्रै फर्ममा आगलागी भएको देख्यौं ।’ आगो लागेको थाहा भएपछि उद्धारका लागि जाँदा जम्मा तीन वटा गाईलाईमात्र उद्धार गर्न सकेको उनले बताए ।

बिजुली शर्ट भएर उक्त आगलागी भएको सञ्चालक कार्कीले बताए । 

जीवनकै सबैभन्दा ठूलो संकट


भनिन्छ संकट बाजा बजाएर आउँदैन । कार्कीेले जिन्दगीमा यस्तो संकट यसअघि कहिल्यै भोग्नुपरेको थिएन् ।

कार्कीले गाई फार्म चलाउन थालेको ४ वर्ष भयो । ४ वर्षपछि आएर उनले यस्तो संकट व्यहोर्नुपर्यो कि उनी भन्छन, ‘यो संकट म जीवनभर भुल्न सक्दिनँ ।’ दुई वर्षअघि भूकम्पमा पनि उनले यति ठूलो संकट झेल्नुपरेको थिएन ।

साढे ४ करोडको लगानी

कार्कीले यो गाई फार्ममा साढे ४ करोड रुपैयाँ लगानी गरिसकेका छन् । यसभन्दा अघि भक्तपुरको खरिपाटीमा गाई फार्म चलाएका उनले ६ महिनाअघि मात्र गोकर्णेश्वरमा सारेका थिए । आफ्नै लगानीमा उनले उक्त फार्म चलाएका थिए । उनले त्यहाँ जग्गा पट्टा (लिज) मा लिएर फार्म चलाएका हुन् ।

फार्ममा आगलागी भएपछि उनमाथि निकै ठूलो सकस आइपरेको छ । ठूलो संख्यामा दूधालू गाई मरेपछि र बाँचेका गाईले पनि अब उत्पादकत्व दिन नसक्ने स्थिति भएपछि उनको लगानी डुबे सरह भएको छ । यद्यपि, उनले ६ महिना उमेर कटेका गाईको बिमा गरिसकेका थिए । बीमाबापतको रकम उनले पाउने भए पनि गाईसँग जोडिएको उनको संवेदना भने आगलागीसँगै चकनाचुर भएको छ ।

‘अब फार्म चलाउन्न होला’

आगलागी भएसँगै सञ्चालक कार्की बेचैन देखिन्छन् । अब भने उनी गाई फार्म नचलाउने मनसायमा छन् । ‘सम्भवतः अब फार्म चलाउँदिनँ होला,’ उनी भन्छन् । आफूले निकै कष्टका साथ यो स्थितिमा ल्याएको गाई फार्म पूर्ववत् अवस्थामा आउन अब वर्षौं लाग्ने उनी बताउँछन् ।

प्राज्ञको अजिवको पशुमोह

कार्की दिनरात गाईकै स्याहारसुसारमा खटिरहन्छन् । उनी र उनको परिवार पनि फार्ममै बस्छन् । फार्मसँगै जोडिएको कोठामा उनी श्रीमती र २ छोराछोरीका साथ बस्छन् । उनको स्थायी ठेगाना भने ओखलढुंगा होे ।

झट्ट हेर्दा उनी सामान्य देखिन्छन, जीवनशैली सामान्य छ, फार्ममै बस्छन्, तर उनी आफैंचाहिँ प्राज्ञिक क्षेत्रका व्यक्ति हुन् । उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा अध्यापन गराउँछन् । त्यहाँ उनी अर्थशास्त्रका उपप्राध्यापक हुन् ।

सकिए ४० लिटर दूध दिने गाई

कार्कीका अनुसार, उनले पालेका ती गाई अहिले किन्न खोज्दा पनि हत्तपत्त पाइँदैनन् । उनले पालेका ती गाई हल्याण्डबाट ल्याइएका होलिस्टिन प्रजातिका गाई हुन् । ‘ती गाईले दैनिक ४० लिटरसम्म दूध दिन्थे,’ उनी भन्छन् । दूध बेचेर दैनिक १५ देखि २० हजार रुपैयाँसम्म कमाई हुने उनले बताए । ‘यस्ता गाई त अहिले खोजेर पनि पाइँदैनन्,’ कार्की थप्छन् ।

अपेक्षित सरकारी सहयोग आएन

सञ्चालक कार्कीले घाईते गाईको उपचारबाहेक अन्य सहयोग सरकारबाट प्राप्त नभएको बताए । आगलागी भएको भोलिपल्ट आइतवार पशुपन्छी सचिव डा. युवकध्वज जिसीले सहयोगका लागि आफूले अधिकतम प्रयास गर्ने प्रतिवद्धता जाहेर गरेर गएका थिए । त्यस्तै, सोमवार पशु सेवा निर्देशनालयबाट निर्देशक फार्ममा पुुगेका थिए । ‘घाईते गाईको उपचारबाहेक अन्य सहयोग अहिलेसम्म सरकारबाट प्राप्त हुन सकेको छैन,’ कार्कीले भने ।

फोटोहरु : अशोक महर्जन

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x