×

NMB BANK
NIC ASIA

दशैंमा मासुको उच्च खपत

दशैंमा नै काटिन्छन् ३० लाख खसीबोका, मासुमा मात्रै ६० अर्बभन्दा बढीको कारोबार !

असोज २७, २०७८

NTC
Premier Steels

यस वर्षको दशैँमा मुलुकभर करीब ३० लाख खसीबोका खपत हुने देखिएको छ । विगतमा जस्तै अहिले पनि दशैंमा करीब ३० लाख खसीबोका खपत हुने अनुमान गरिएको पशु सेवा विभागले जनाएको छ ।

Muktinath Bank

दशैंमा विशेष गरी फूलपाती र महाअष्टमीका दिन धेरै मात्रामा खसीबोका काटिने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फूलपातीको दिन धेरैजसोले बोकाको बली दिने गरेका छन् भने अष्टमीको दिन विशेष गरी खसी काटिन्छ । 


Advertisment
Nabil box
Kumari

विभागका अनुसार, यस वर्ष गाउँघर तथा स्थानीय बजारमा नै करीब २४ लाख खसीबोका खपत हुने देखिएको छ ।

Vianet communication

यस्तै व्यापारिक तथा तथ्यांकमा आउनेहरूमध्ये करीब ६ लाख हाराहारीमा खसीबोका खपत हुने देखिन्छ ।

यसरी हेर्दा समग्रमा दशैंमा मुलुकभर करीब ३० लाख खसीबोका खपत हुने अनुमान गरिएको पशु सेवा विभागका वरिष्ठ पशु अधिकृत एवं सूचना अधिकारी डा. चन्द्र ढकालले लोकान्तरलाई जानकारी दिए । 

खसीबोका 

काठमाडौं उपत्यकाका लागि दशैंमा करीब ५० हजार खसीबोका आवश्यक पर्ने विभागको अनुमान छ ।

काठमाडौंमा दैनिक खसीबोकाको माग सामान्यतया १ हजार रहने गरेको छ । तर दशैंमा यो माग वृद्धि भई ५० हजार खसीबोका खपत हुने देखिन्छ । 

चालू आर्थिक वर्षको भदौ महिनासम्ममा काठमाडौं उपत्यकामा १० हजार ९७८ वटा खसीबोका उपत्यका भित्रिएको छ । 

सरकारी र निजी कम्पनीहरूले छुट्टाछुट्टै रूपमा दशैंका लागि खसीबोका काठमाडौं ल्याएका छन् । 

सरकारी कम्पनी खाद्य सामग्री व्यापार कम्पनीले २ हजार खसीबोका काठमाडौं ल्याएको छ । 

यस्तै निजी क्षेत्रले पनि करीब ५० हजार खसीबोका काठमाडौं ल्याएको छ  ।  

भैंसी तथा राँगा 

दशैंमा काठमाडौं उपत्यकामा २ सय ५० वटा राँगा खपत हुने विभागले जनाएको छ ।   । 

विभागका अनुसार, सामान्य अवस्थामा १ सय ५० वटा राँगा तथा भैँसी काटिने गरेकोमा दशैंमा भने यसको माग बढेर २ सय ५० वटा पुग्नेछ । 

दशैं र यसपछिका मुख्य चाडहरू तिहार तथा छठमा समेत गरी करिब ८ हजार ५ सय राँगा काठमाडौंमा खपत हुने विभागले जनाएको छ ।

संगुर तथा बुंगुर

उपत्यकामा दशैंमा करीब ३ सय ५० वटा संगुर तथा बुंगुर काटिनेछन् ।

बंगुर व्यवसायी संघले दिएको जानकारी अनुसार दशैँ तथा तिहारका लागि उपत्यकामा ३ सय ५० वटा बंगुर खपत हुनेछ । 

आर्थिक वर्ष २०७७/२०७८ मा विभिन्न नाकाबाट उपत्यकामा २ सय २९ बंगुर भित्र्याइएको थियो । अहिले एक महिनामा नै सो संख्या बढेको छ । 

माछा

उपत्यकामा दशैं तथा तिहारमा करीब ७५ मेट्रिक टन माछा खपत हुने विभागले जनाएको छ । 

भदौ महिनामा मात्रै छिमेकी मुलुकबाट ४ सय ५९ मेट्रिक टन माछा काठमाडौं ल्याइएको थियो । 

कस्तो छ, दशैं विषेश मासु आयातको अवस्था ? 

आर्थिक वर्ष २०७७/७८ मा मुलुकमा ५ लाख ५२ हजार मेट्रिक टन मासु उत्पादन भएको थियो भने ५ लाख ५३ हजार मेट्रिक टन मासु खपत भएको थियो । 

यसमध्ये ३ सय ९८ मेट्रिक टन मासु छिमेकी मुलुकबाट आयात भएको पशु सेवा विभागको तथ्यांक छ । 

यस वर्षको दशैंमा पनि निकै न्यून मात्रामा मात्रै मासु आयात हुने विभागको अनुमान छ । 

हाल एक जनाले एक वर्षमा करीब १८.१ किलो मासु उपयोग गरिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालय २०७७ को प्रतिवेदनले देखाएको छ ।

मुलुकभर वार्षिक करीब ५० लाख खसीबोका काटिने विभागले जनाएको छ । 

दशैंलाई नै लक्षित गरेर भदौ मसान्तसम्ममा १० करोड ८२ लाख ८८ हजार रुपैयाँ बराबरको खसीबोका नेपालमा आयात गरिएको व्यापार प्रवद्र्धन निकासी केन्द्रले जनाएको छ ।

मुलुकभर दशैंमा कति खपत हुन्छ खसीबोका ?

मुलुकमा एक वर्षमा विभिन्न क्षेत्रमार्फत ५० लाख खसीबोका खपत हुन्छ ।

५० लाख खसीबोकामध्ये १० लाख फर्मल मार्केट अर्थात् व्यावसायिक बिक्री हुन्छ । 

बाँकी ४० लाख खसीबोका स्थानीय बजार अर्थात गाउँघरमै खरिदबिक्री हुन्छ  ।

गाउँघरमै खरिदबिक्री हुने ४० लाखको ६० प्रतिशत खसीबोका दशैंमा मुलुकभर खपत हुन्छ । 

यसो हुँदा स्थानीय बजारबाट करीब २४ लाख खसीबोका दशैंमा खपत हुने विभागको अनुमान छ भने व्यापारिक केन्द्रबाट करीब ६ लाख खसीबोका खपत हुने देखिन्छ ।

विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले भने, ‘इनफर्मल च्यानलमा करीब ४० लाख खसीबोका खरिदबिक्री हुन्छन्, जसको ६० प्रतिशत दशैंमा खपत हुने अनुमान छ ।’

यी खसीबोका एउटाको एभरेजमा २० हजार राख्दा हुन जाने रकम दशैंका लागि खर्च हुन्छ । 

यसरी हेर्दा दशैंमा मात्रै करीब ६० अर्ब (३० लाख खसीबोकाको प्रति संख्या २० हजार रुपैयाँ अनुमानित रकमका दरले) रुपैयाँ बराबरको खसीबोका दशैंमा मात्र खपत हुने विभागको अनुमान छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x