नुवाकोटमा बस दुर्घटना, कम्तीमा २० जना घाइते

नुवाकोटमा बस दुर्घटना, कम्तीमा २० जना घाइते

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा सोमवार बिहान बस दुर्घटना भएको छ । बिहान १० बजेतिर भएको दुर्घटनामा करीब २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी हरिबहादुर ओलीले जानकारी दिए । 


Advertisement

उनका अनुसार घाइतेहरूको उद्धार गरेर अस्पताल लैजाने काम भइरहेको छ । ‘काठमाडौं जाँदै गरेको बस नालीमा खसेको छ,’ उनले भने, ‘चालकसहित घाइते छन्, थप अनुसन्धान भइरहेको छ ।’


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्