नेप्से परिसूचक दोहोरो अंकले घट्यो

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।


Advertisement

शेयर कारोबार हुने हप्ताको बिहीवार अन्तिम दिन नेप्से परिसूचक १४.७० अंकले ओरालो लागेर २ हजार ५५६.९५ मा ओर्लेको छ ।


Advertisement

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ अंकले घटेर ४८३.३९ मा ओर्लेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत खुम्चिएको छ । कूल २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० मूल्यमा खरिद बिक्री भए ।


Advertisement

बिहीवारको कारोबारपछि बजार पूँजीकरण ३५ खर्ब ७९ अर्ब ७८ करोड ५३ लाख ८० हजारको हाराहारीमा रहेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीवार २ उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । अन्य २१.९१ र सामूहिक लगानी कोष ०.०६ अंकले बढेको छ । बैंकिङ ७.०५, व्यापार ६७.४१, होटल तथा पर्यटन ५८.९, विकास बैंक ९४.४४, जलविद्युत् ४६.०५, वित्त ४६.३९, निर्जीवन बीमा २३.४६, उत्पादन १०५.४२, लघुवित्त १४.८४, जीवन बीमा १०५.२५ र लगानी ०.३७ अंकले घटेको छ ।

कारोबारका आधारमा सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २७ करोड १२ लाख ९७ हजार ६०९ बराबरको कारोबार भयो । माछापुच्छ्रे बैंक ११ करोड ५६ लाख १३ हजार ९६२, नबिल बैंक ९ करोड ६४ लाख १८ हजार ३७६, सिद्धार्थ बैंक ८ करोड १ लाख २० हजार ८५२ र युनाइटेड मोदी हाइड्रोपावर ७ करोड ५४ लाख ५ हजार ५९२ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार मेरो माइक्रोफाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । सिटिजन म्युचुअल फण्ड ५.२६, आईसीएफसी फाइनान्स ४.२१, सनराइज ब्ल्यू चिफ फण्ड ३.८१ र एनआईबीएल प्रगति फण्डका लगानीकर्ताले ३.७० प्रतिशतले कमाए ।

जोशी हाइड्रोपावर ५.८७, गुडविल फाइनान्स ५.०९, ग्रीन डेभलपमेन्ट बैंक ४.७४, रैराङ हाइड्रोपावर ४.२८ र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ४.२२ प्रतिशतले गुमाए । 
 

कमेन्ट गर्नुहोस्