×

NMB BANK
NIC ASIA

‘काम पाइएन डिग्री पास गरेर ... मलाई अमेरिका यहीं ’ गीत यस कारण गाएँः पशुपति शर्मा

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १६ पुस – कुनै बेला लोकगीत भन्नासाथ एकथरी मानिस निधार खुम्च्याउँथे, तर अहिले लोकगीतको दायरा फराकिलो भएको छ ।

समाजमा गाइने लोकगीतका धारभन्दा पनि फरक धारका गीतहरू गाउने प्रचलन अहिले बढ्दै गएको छ । नेपाली लोकगीतको दायरा फराकिलो बनाउनमा योगदान गर्ने पशुपति शर्मा पनि हुन्, जसले ‘मलाई अमेरिका यहीँ ...’ भाकाको गीतबाट नेपाली समाजको विदेशमोहविरुद्ध व्यंग्य कसे । जातीय विभेदविरुद्ध उनले अर्को गीत गाए जुन विवादास्पद बन्न पुग्यो ।pashupati-sharma-inner-image
पछिल्लो समय लोकसंगीत क्षेत्रमा चर्चामा रहेका पशुपति शर्मा यतिबेला विभिन्न जिल्लामा भइरहेका महोत्सवमा व्यस्त छन् । थोरै गीत गाएर पनि विभिन्न स्थानमा हुने महोत्सवमा ‘हटकेक’ बनेका शर्मा आफूले पर्याप्त स्टेज पाएको बताउँछन् ।

सानोमा चञ्चले स्वभावका शर्मा पढाइमा अब्बल थिए । कक्षा ६ सम्म सधैं विद्यालयमा प्रथम भएका शर्मा कक्षा ७ मा तृतीय भएपछि भने पढाइप्रति अलिकति निराश भएको बताउँछन् । उनी आफ्नो बाल्यकाल सम्झँदै भन्छन्, ‘प्राथमिक तहसम्म विद्यालय प्रथम भएको मान्छे एक्कासि तृतीय हुँदा पढाइप्रति नै नैराश्य छायो । बरू मेरो झुकाव लोकगीततिर भयो ।’

आफ्नो पढाइ त्यति कमजोर नभएको बताउने शर्माले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । भोलि लोकक्षेत्रमा ओझेल परेपनि आफूले केही न केही काम गरेर खान सकिन्छ भन्ने उनलाई आशा छ । ‘नेपालमा केही गर्न सक्ने स्थिति त अझै बनेको छैन तर पनि म नेपालमै दुःख गर्नुपर्छ भन्ने मान्यता राख्छु ।’

उनी थप्छन्, ‘काम पाइएन डिग्री पास गरेर भन्ने गीतमा मैले आफ्नै पीडा पोखेको हुँ ।’ त्यस गीतले विदेशिने सोचाइ बनाएका युवालाई एकपटक सोच्न बाध्य बनाएको उनको उनको बुझाइ छ ।

गाउँघरमा उनलाई गीत गाउनका लागि परिवारबाट अनुमति थिएन । तर कतै कार्यक्रम भयो भने उनी लुकेर गीत गाउन पुग्थे । सानोमा बा–आमाले पढाएर डाक्टर या इन्जिनियर बनाउने सपना देख्नुभएको थियो । उनी भने न डाक्टर बने, न इन्जिनियर । बरू धेरैले रुचाउने गायक बने ।

अहिले उनको दैनिकी बदलिएको छ । उनलाई पशुपति शर्मा भनेर चिन्ने धेरै छन् ।

माहोल पनि उनीअनुकूल नै छ । वास्तवमा उनलाई अहिले गीत गाउनका लागि भ्याइनभ्याइ छ । आफू चर्चित हुनुको कारणबारे उनी अन्योलमै रहेको बताउँछन् । उनलाई आफ्नो स्वर औधी राम्रो छ भन्ने पनि लाग्दैन ।
‘मैले मभन्दा राम्रो गीत गाउने कैयौं राम्रा गीत गाउने गायक देखेको छु,’ उनी थप्छन्, ‘शायद मैले फरक तरिकाले गीत गाएकाले श्रोताहरूलाई मन परेको हुनसक्छ ।’

नयाँ कलाकारलाई चर्चामा आउन त्यति सहज पक्कै छैन । तर चर्चामा आउनका लागि गीतमा विकृति ल्याउनु राम्रो होइन भन्ने लाग्छ उनलाई । आफू चर्चित हुन विवादित गीत गाएपनि भविष्यमा आफैंलाई लाज लाग्ने उनी बताउँछन् ।

त्यसो त उनका लोकगीतलाई समेत कतिपयले विकृतिका रूपमा पनि हेर्ने गर्छन् । तर उनी यो आरोपलाई मान्न तयार छैनन् । ‘मैले गीतमार्फत व्यङ्ग्य गरेकोे हुन्छु,’ आरोपको खण्डन गर्दै उनी भन्छन्, ‘मैले गीत लेख्दा आफ्ना परिवार, श्रीमती र छोरी सबैलाई सम्झन्छु ।’

गीत रमाइला भए पनि आफूले विकृति ल्याउन नखोजेको उनको तर्क छ । भन्छन्, ‘भोलि मेरा छोराछोरीले गीत सुन्दा ‘छ्या बुबाले यस्ता गीत गाउनुभएको रैछ’ भन्ने नहोस् भन्ने कुराको एकदमै ख्याल गर्छु ।’
नेपाली संगीत क्षेत्रमा विकृति आउनुको कारण दर्शक नै हुन् भन्ने शर्मालाई लाग्छ । दर्शकले विकृति भित्रिएका गीतलाई महत्व दिएको उनको ठहर छ । स्टेज कार्यक्रमका लागि यस्तै कलाकारलाई निमन्त्रणा गरिन्छ भन्ने बुझेका छन् उनले ।

‘राम्रा गीत पनि बजारमा आएका छन् तर यस्ता गीतलाई हामीले पछ्याउन छाडेका हौं,’ उनी थप्छन्, ‘अश्लील गीत गाएर बटुलेको चर्चा भनेको छोटो चर्चा हो, बुवाआमाले यसले त यस्तो गीत गाएछ भनेर जिब्रो टोक्ने समय नआओस् ।’

२०५५ सालमा एसएलसी पास भएपछि पढ्नका लागि काठमाडौं आएका शर्मा केही वर्ष पढाइमा नै व्यस्त भए । तर उनको मनमा लोकगीतको भूत सवार भइसकेको थियो । यही क्रममा दाइ पढाइको सिलसिलामा धरान गएपछि उनी स्वतन्त्र भए ।

त्यसपछि दोहोरी साँझमार्फत आफ्नो गीती यात्रा शुरु गरे । उनी सम्झन्छन्, ‘त्यतिबेला दोहोरी प्रतियोगितामा प्रायः प्रथम या द्वितीय हुन्थें ।’

लगत्तै तीजका गीत गाएपनि उनलाई श्रोतामाझ क्याम्पस पढ्न आउनी... गीतले परिचित बनायो ।
उनी अहिले विभिन्न कार्यक्रममा व्यस्त छन् । गत मंसिरमा मात्र २७ ओटा कार्यक्रममा आफूले प्रस्तुति दिएको बताउने शर्मा भविष्यको बारेमा भने चिन्तित छन् ।

आफंैले लय, शब्द रचना गर्ने, आफैं गीत गाउने तथा मोडलिङ गर्ने शर्मा अरूका गीत गाउन नभ्याएकोमा पछुतो छ । श्रीमती तथा छोरीलाई समय दिन नपाएपनि आफूले परिवारका लागि नै रातदिन कार्यक्रममा हिँडेको बताउँछन् ।

उनी लामो हाँस्दै भन्छन्, ‘अहिले कमाउने बेलामा त हो कमाउने । केही समयपछि त म पनि ओझेलमा पर्छु । त्यसपछि गाउँमा गएर हलो जोत्न पनि पर्न सक्छ ।’

उनलाई गीत संगीतमा लागेर जीवन धान्न साँच्चिकै गाह्रो छ भन्ने लाग्छ । महोत्सव तथा विभिन्न कार्यक्रमबाहेक पैसा कमाउने अन्य कुनै पनि माध्यम नरहेको उनको धारणा छ ।

हुन त उनलाई आफू ठूलो कलाकार हुँ भन्ने पनि लाग्दैन । दर्शकको माया पाउने एक भाग्यमानी कलाकार भएको ठान्छन् आफूलाई । लोकगीतको मर्मलाई न्याय दिलाउने गरी आफ्ना गीतमा समाजका विसङ्गतिलाई व्यङ्ग्य गर्न खोजेको उनी बताउँछन् ।

जम्मा सयजति गीत गाएको अनुमान गर्ने शर्माले माघसम्म नयाँ गीत बजारमा ल्याउने योजनामा छन् । अब बजारमा ल्याउन लागेको गीतमा राजनीतिक व्यङ्ग्य गरेर गीत रचना गर्ने उनको सोच छ ।

‘व्यस्तताका कारण यो वर्ष श्रोताका लागि मैले राम्रो गीत दिन सकेको छैन,’ उनी थप्छन्, ‘केही दिनमा नै गीत रचना गर्ने योजनामा छु । प्रायः गीत त मैले स्टुडियोमा बसेर नै लेखेको हुन्छु ।’

अहिलेका लागि भने सबैभन्दा गाह्रो काम भनेको नै समय व्यवस्थापन भएको उनी बताउँछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x