×

NIC ASIA

अनुगमन गरेर फर्किएका प्रधानमन्त्री देउवाले पठाएनन् राहत, बाढीपीडित पर्खाइमा

कात्तिक १५, २०७८

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels
Marvel

गत कात्तिकको पहिलो हप्ता महाकाली नदीमा आएको बाढीले भएको घरखेत र पालेका कुखुरा बगाउँदा यतिबेला कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका लक्ष्मण नायक चिन्तित छन् ।

कुखुरापालन र गाउँमा सामान्य खेतीपाती गर्दै परिवार चलाएका नायकको बाढीले खोरमा हालेका ५ हजार कुखुरा बगाउनाका साथै घर पनि बगायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुखुरा फार्म कुर्न गएका बेला पत्नी र २ छोरासहित महाकालीको भङ्गालोमा परेका नायक परिवारलाई सेनाको हेलिक्टरबाट उद्धार गरिएको थियो ।


Advertisment
Rupse Holidays
Nabil box

‘सेनाले ज्यान बचाएर गाउँमा बिसाएँ,’ नायकले भने, ‘गाउँमा अवस्था सामान्य बन्दै गएपछि नेतादेखि जनप्रतिनिधिसम्म आएर आश्वास बाँडे तर राहत कहीँबाट पनि पाइएको छैन ।’

Vianet communication

उनले आफूसित भएको सम्पत्ति बगाउँदै गाउँमा छाकटार्न समेत समस्या भइरहेको दुःख सुनाए ।

‘दोधाराचादँनी र ऐरी क्षेत्रमा दाताले केही दिनलाई पुग्ने राहत वितरण गरेको सुनिए पनि हाम्रो बस्तीमा पीडित सहाराकै आशमा छन्,’ उनले भने, ‘यसपालिको बाढीबाट जोगिने आश नै मरिसकेको थियो, धन्य परिवारसहित बाच्यौं ।’

बाढीका बेला सडक अवरुद्ध भएको खल्लामसेट्टीको सडक खुलाउने कार्य अहिले भइरहेको छ । बाढीले सडक भत्काएको २ हप्ता बित्न लाग्दा पनि सडक खुलाउन पहल नभएको भन्दै स्थानीय युवाले सडक खुलाइरहेका छन् । स्थानीय दीपराज चटौतले स्थानीय युवाले स्काभेटर मगाएर सडक खुलाउन थालेको बताए ।

उनले बाढीका बेला स्थानीयको धानबाली बगाउनाका साथै १० किलोमिटर भन्दा बढी कच्ची सडकमा क्षति पुगेको जानकारी दिए । बाढीपछि प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा पनि कञ्चनपुर आएका थिए । उनले दोधाराचादँनी र भीमदत्त नगरपालिकाको प्रभावित क्षेत्रको अनुगमनपछि पीडितलाई राहत र पुनःनिर्माणमा सरकार लाग्ने बताएका थिए ।

भीमदत्त नगरपालिका–१२ ऐरीकी रुपा सुनारले पनि बाढीका कारण आफूहरू विस्थापित भएको बताउँछिन् । ‘बाढीका बेला १/२ दिन स्कूलमा बितायौं,’ उनले भनिन्, ‘अहिले घर फक्र्याैं तर खानेकुरा केही छैन ।’

उनले स्थानीयदेखि संघ सरकारले राहत उपलब्ध गराउन बताए पनि पीडितको घरमा नपुगेको बताइन् । ‘महाकालीको बाढी गाउँ पसेको भए पनि स्थानीय नागरिककै ज्यान खतरामा थियो,’ उनले भनिन्, भित्र्याउने बेलाको धान डुबान पर्दा चामल किन्नुपर्ने अवस्था आयो ।’

बाढीका कारण भीमदत्त–९, ११, १२ र १३ को तटीय क्षेत्र प्रभावित भएको थियो । यस्तै दोधारा चादँनीका केही वडा समेत डुबानले प्रभावित बनेका थिए । भीमदत्त–१३ का वडाध्यक्ष लालबहादुर शाहीले बाढीले ३०० परिवार प्रभावित भएका बताए ।

‘कुखुरा फार्म बग्नाका साथै यहाँ पसलसम्म बगे,’ वडाध्यक्ष शाहीले भने, ‘दाताले पीडितलाई सहयोग गर्‍यो तर स्थानीय सरकारले पीडितको नामावली मात्रै मागेको छ ।’ उनले दाताको भरमा पीडितको छाक टरिरहेको बताए ।

‘हामीले क्षतिको विवरण सबै माथिल्लो तहमा पठायौं,’ उनले भने, ‘तर राहत दिने विषयमा कुनै विषयमा सुनुवाइ नहुँदा पीडित समस्यामा छन् ।’

कञ्चनपुरको दोधारा चादँनीका नगरप्रमुख वीरबहादुर सुनारले बाढीबाट नगर क्षेत्रमा १ हजार परिवार प्रभावित बनेका बताए । ‘दाताले गरेको सहयोगले पीडित बसिरहेका छन्,’ उनले भने, ‘विभिन्न संघसंस्थाको सहयोगमा हामीले पनि हातेमालो गरेर खाद्यान्न दिइरहेका छौं ।’

उनले प्रदेश र संघ सरकारबाट पीडितलाई अझै कुनैखाले सहयोग नआएको बताए । कञ्चनपुरमा बाढी र डुबानबाट करिब १२ हजार हेक्टर क्षेत्रफलको धानमा क्षति भएको छ । – शेरबहादुर सिंह/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x