×

NMB BANK
NIC ASIA

दरबन्दी थप्ने खेल

ऐन र मापदण्डको धज्जी उडाउँदै ३ एआईजी र ४ डीआईजीको दरबन्दी थप्ने कसरत

मंसिर ६, २०७८

NTC
Premier Steels

गृहमन्त्रालयले नियमविपरीत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्ने तयारी गरेको छ ।

Muktinath Bank

गृहमन्त्रालय स्रोतका अनुसार गृहले संगठन तथा व्यवस्थापन (ओएन्डएम) नगरी ३ जना एआईजी र ४ जना डीआईजीको दरबन्दी थप गर्ने तयारी गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि गत भदौमा ५ जना एआईजी र केही डीआईजी थप गर्ने फाइल अर्थ मन्त्रालयले फर्कादिएको थियो ।


Advertisment
Nabil box
Kumari

तल्लो तहका प्रहरी कर्मचारीको मनोबल उच्च पार्न भन्दै २ तह सिर्जना गरेर प्रहरी प्रधान कार्यालयले पठाएको फाइल समेत अर्थ मन्त्रालयले स्वीकृत गरेको छैन ।

Vianet communication

यसपालि अर्थ मन्त्रालयबाट पनि स्वीकृत हुने विश्वाससहित फाइल अगाडि बढाइएको स्रोतले लोकान्तरलाई बतायो । 

तर प्रहरी समायोजन ऐन– २०७६ ले भने प्रहरीको समायोजन नभएसम्म कुनै पनि दरबन्दी थप गर्न मिल्दैन भन्छ । 

ऐनको दफा २० मा ‘समायोजनको कार्य सम्पन्न नभएसम्म नेपाल प्रहरी र प्रदेश प्रहरीको कुनै निकायका लागि संगठन संरचना र दरबन्दी सिर्जना गरिने छैन,’  भनिएको छ ।

पूर्ववर्ती सरकारले नै ऐनको धज्जी उडाउँदै प्रहरीमा एआईजीको दरबन्दी थप गरेर बढुवा गरेको थियो ।

‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड–२०७८’मा स्वास्थ्य, वित्तीय व्यवस्थापन र विकास कार्यक्रम सञ्चालन गर्ने निकायबाहेक अन्यमा नयाँ संगठन संरचना र दरबन्दी सिर्जना गर्न नपाइने उल्लेख छ ।

मापदण्डको संगठन संरचना र पदपूर्तिको दफा ५ उपदफा (१) मा ‘आर्थिक वर्ष २०७८/०७९ मा नयाँ संगठन, संरचना र दरबन्दी सिर्जना गरिने छैन,’ भनिएको छ ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार नयाँ दरबन्दी थप नगर्न अर्थमन्त्रालयले गृहलाई पत्र नै पठाएको छ ।

‘अर्थ मन्त्रालयले दरबन्दी थप नगर्न परिपत्र नै गरेको छ । नयाँ मापदण्ड बनाएको एकप्रति फोटोकपी समेत पठाएको छ,’ ती अधिकारीले लोकान्तरसँग भने ।

तर केही प्रहरी अधिकारी भने जसरी पनि दरबन्दी थप गराउने मिसनमा लागेका छन् ।

‘राजनीतिक दल आफू अनुकूल भएपछि केही साथीहरू दरबन्दी थप गर्न लाग्नुभएको छ,’ ती अधिकारीले लोकान्तरसँग भने ।

यसरी राजनीतिक शक्तिको आडमा ऐन–नियमविपरीत दरबन्दी थप्ने कार्यले बेथिति निम्तिने चिन्ता प्रहरीकै केही अधिकारीहरूको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x