कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
चितवनमा शुक्रबारदेखि शुरू हुने नेकपा (एमाले)को१०औँ राष्ट्रिय महाधिवेशनका लागि भरतपुर विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ ।
एमाले नेता तथा कार्यकर्ता विभिन्न जिल्लाबाट चितवन आउने क्रम बढ्न थालेसँगै विमानस्थलमा भीड बढ्न थालेको हो ।
भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि भीड बढ्न थालेको बताए । उनले भने, “महाधिवेशन नजिकिएसँगै चितवनमा भिआइपी आउने र जाने क्रम बढ्न थालेको छ । विमानस्थलमा पनि भीडभाड बढेको छ ।”
बुद्ध एयरका प्रबन्धक भक्त बस्नेतले पनि महाधिवेशनका लागि विमानस्थलमा चहलपहल बढ्न थालेको जानकारी दिए । उनले भने, “काठमाडौँमा दैनिक १० उडान, पोखरा र भैरहवामा दुई उडान गरिरहेका छौँ । सबै जहाजमा यात्रु भरिएको छ । यात्रुको सङ्ख्या निरन्तर बढिरहेको छ ।”
असोज १ गतेदेखि काठमाडौँबाट यहाँसम्म उडान शुरू गरेको गुण एयरलाइन्सले एमाले महाधिवेशनलाई लक्ष्य गरी बुधबारदेखि पोखरामा पनि उडान शुरू गरेको छ । गुणले यसअघि काठमाडौँका लागि दैनिक तीनवटा उडान गर्दै आएको थियो । उक्त एयरलाइन्सका स्टेशन इन्चार्ज कुलराज शर्माले सबै विमान काठमाडौँबाट भरिएर आउन थालेको जानकारी दिए । उनले भने, “विमानस्थलमा चहलपहल बढेको छ । एमाले महाधिवेशनभरका लागि टिकट अग्रिम बुकिङ गर्नेको सङ्ख्या बढ्दो छ ।”
स्वयंसेवकलाई प्रशिक्षण
एमालेको चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि स्वयंसेवकलाई प्रशिक्षण दिइएको छ । बुधबार पार्टी कार्यालयको सभाकक्षमा ३०० स्वयंसेवकलाई प्रशिक्षण दिइएको हो । पार्टीका जिल्ला अध्यक्ष पार्वती रावलले महाधिवेशनका लागि पाँच हजार स्वयंसेवकको व्यवस्था गरेर प्रशिक्षण दिइएको बताए । महाधिवेशनलाई सभ्य र भव्य बनाउन स्वयंसेवकलाई निर्देशन दिइएको थियो । महाधिवेशनको उद्घाटनसत्र यही मङ्सिर १० गते नारायणी नदी किनारमा हुने छ भने बन्दसत्र ११ र १२ गते सौराहामा हुने छ ।
प्रेस चौतारीकोे हेल्प डेस्क
प्रेस चौतारी नेपाल चितवन शाखाले यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौँ महाधिवेशनलाई लक्ष्य गरेर हेल्प डेस्क स्थापना गरेको छ । देशभरबाट महाधिवेशनको रिपोर्टिङ गर्न चितवन आउने पत्रकारका लागि उक्त शाखाले हेल्प डेस्क स्थापना गरेको हो ।
प्रेस चौतारीका पूर्व जिल्ला अध्यक्ष राधेश्याम खतिवडाको संयोजकत्वमा नौ सदस्यीय हेल्प डेस्क समिति गठन गरिएको छ । ‘चौतारी हेल्प डेस्क’मार्फत देशभरबाट आउने पत्रकारलाईसहजीकरण र समन्वय अध्यक्ष पण्डितले जानकारी दिए ।
उनले पत्रकारलाई असजिलो र अप्ठ्यारो महसुस नहोस् भनेर हेल्प डेस्क स्थापना गरिएको बताए । एमालेको महाधिवेशनको उद्घाटनसत्रस्थल नारायणी नदी किनारमा पत्रकारलाई रिपोर्टिङका लागि पार्टीले छुट्टै स्थानको व्यवस्था गरेको जनाएको छ । यस्तै बन्दसत्र हुने चितवनको सौराहमा मिडिया सेन्टरसमेत स्थापना गर्न लागिएको छ । कृष्ण आचार्य,रासस
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...