×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

सहमतिको प्रयास चल्दै गर्दा घनश्यामले गरे उम्मेदवारी घोषणा, भीम रावल भोट माग्दै

मंसिर ११, २०७८

NTC
Premier Steels

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास चलिरहेको समयमा उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । दशौं महाधिवेशनको बन्दसत्र शुरू हुन लाग्दा शनिवार भुसालले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । 

Muktinath Bank

उपाध्यक्ष भीम रावलले भने अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । बन्दसत्रका लागि हलमा प्रवेश गर्नुअघि लोकान्तरसँग कुरा गर्दै रावलले उम्मेदवारीबाट पछि नहट्ने बताएका थिए । बन्दसत्र हलभित्र रावलले कार्यकर्तासँग भोट माग्न शुरू गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भुसालले उम्मेदवारी घोषणा गरिसकेको र रावलले अध्यक्षमा उम्मेदवारी दिने अडान कायम राखेपछि सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल नहुने देखिएको छ । वरिष्ठ उपाध्यक्ष र महासचिवमा पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । 


Advertisment
Nabil box
Kumari

‘अध्यक्षको उम्मेदवारी दिन्छु, प्रतिनिधिसँग कुरा गरिरहेको छु, प्रत्येकलाई चिन्छु । विधि पद्धतिमा विश्वास गर्ने सबैले मलाइ समर्थन गर्नुहुन्छ,’ रावलले भने । 

Vianet communication

१८ पदमा सहमति भएर अध्यक्ष मात्र बाँकी रहेको अवस्थामा के गर्नुहुन्छ भन्ने जिज्ञासामा रावलले भने, ‘म राजनीतिमा काल्पनिक भन्दा पनि यथार्थ कुरा गर्छु, त्यतिबेला सहमति भएछ भने तपाईंहरूसँग फेरि कुरा गर्छु ।’

वरिष्ठ उपाध्यक्षको लागि ईश्वर पोखरेल र सुवास नेम्वाङ तथा महासचिवका लागि विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले दाबी गरिरहेका छन् । सहमतिको प्रयास स्वरुप अध्यक्ष केपी शर्मा ओलीले नेताहरूसँग परामर्श गरेका थिए । 

नेतृत्वमा सहमति कायम गर्न भन्दै एमालेले शुक्रवार मध्यरातमा केन्द्रीय कमिटी बैठक राखेर पदाधिकारीको संख्या बढाउने र केन्द्रीय सदस्यको संस्था थप गर्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीबाट शुक्रवार पारित प्रस्तावलाई विधान संशोधन प्रस्तावको रुपमा बन्दसत्रमा पेश गरिँदैछ ।

विधान संशोधन प्रक्रिया सकिएपछि निर्वाचन प्रक्रिया शुरू हुनेछ । नेताहरूले अझै पनि सहमति जुट्ने सम्भावना रहेको बताएका छन् । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले नेतृत्व चयनका लागि मतदान हुने 'चान्स' नभएको बताए ।

झण्डै ५ घण्टा ढिलो गरी शुरू बन्दसत्रमा अहिले विदेशी प्रतिनिधिले सम्बोधन गरिरहेका छन् । नयाँ नेतृत्व चयन गर्दै एमाले महाधिवेशन भोलि सक्ने तयारी छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x