×

NMB BANK
NIC ASIA

कांग्रेसका नवनिर्वाचित भन्छन्ः पाकाको अनुभव र युवाको जोसलाई समिश्रण गर्नुपर्छ

मंसिर १९, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा वडादेखि प्रदेश कार्यसमितिसम्मका अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ ।

Muktinath Bank

केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै गर्दा गण्डकी प्रदेश कार्यसमितिको निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्थामा यतिखेर नेता तथा कार्यकर्ताको आँखा काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनमा परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिमालपारीका जिल्ला मनाङ र मुस्ताङसहित ११ जिल्लासम्म समेटिएको यो प्रदेशले उत्तरमा कोरला नाकाले चीनलाई छोएको छ भने दक्षिणमा त्रिवेणी नाकाले भारतलाई छोएको छ ।


Advertisment
Nabil box
Kumari

हिमालदेखि पहाड हुँदै तराईलाई समेटेको यस प्रदेश राजनीतिक रुपमा पनि त्यत्तिकै चासो र चर्चामा छ । राजनीतिक चेतनाका दृष्टिले पनि यस प्रदेशले नेपालको समग्र राष्ट्रिय राजनीतिमा राम्रो छाप पारेको छ । प्रदेशका ११ वटै जिल्लामा पार्टीका युवा तथा पाका दुबै किसिमका नेताले आगामी कार्यकालका लागि नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् ।

Vianet communication

पार्टीको प्रदेश कार्यसमितिका सभापतिमा पाका नेता शुक्रराज शर्मा विजयी बनेका छन् । एघार जिल्लामध्ये कास्कीमा किशोरदत्त बराल, स्याङ्जामा राजु थापा, बागलुङमा जीत शेरचन, तनहुँमा जीतप्रकाश आले, लमजुङमा डा टंकराज गुरूङ, मनाङमा शङ्कर गुरूङ, पर्वतमा युवराज जोशी र म्याग्दीमा खमबहादुर गर्बुजा, मुस्ताङमा रोमी गौचन थकाली र गोरखामा नन्दप्रसाद न्यौपाने सभापति पदमा निर्वाचित बनेका छन् । नवलपुरमा भने पार्टीको जिल्ला अधिवेशन नै  हुनसकेको छैन ।

नेपाली कांग्रेसमा युवाको आकर्षण बढिरहेको बताउनुहुने नवनिर्वाचित प्रदेश सभापति शर्मा पार्टी सङ्गठनलाई थप सशक्त बनाउनका लागि वडा तहसम्मका निर्वाचित प्रतिनिधिलाई चाँडै नै प्रशिक्षण दिइने बताउँछन् । पार्टीमा नेतृत्वदायी भूमिकामा रहनेले जनताको विश्वास जित्नुपर्नेमा जोड दिँदै उनी राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल मर्मलाई आत्मसात् गर्दैे वडादेखि केन्द्र तहसम्मको नवनिर्वाचित नेतृत्व देश र जनताको हितमा लाग्नुपर्ने आवश्यकता औँल्याउँछन् । 

“प्रशिक्षणबाट संस्कारी कांग्रेस निर्माणका लागि गण्डकी प्रदेशबाट हामीले अभियान थाल्ने छौँ”, सभापति शर्मा भन्छन्, “पुराना त्यागी नेताको उचित मूल्याङ्कन एवं सम्मानका साथै नयाँ युवाको जोस् र जाँगरलाई मिलाएर आम जनताले भरोसा गर्ने पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्नुपर्छ ।”

पार्टीकोे १४औँ महाधिवेशनअन्तर्गत यस प्रदेशमा वडादेखि प्रदेश कार्यसमितिसम्मका नेतृत्व चयन हुँदै गर्दा युवाको उत्साहपूर्ण सहभागितासँगै उनीहरू नेतृत्वदायी भूमिकामा समेत पुगेको पार्टीका जिल्ला सभापति किशोरदत्त बराल बताउँछन् । “पार्टीमा देखिएको युवाको आकर्षणसँगै उनीहरूलाई प्रशिक्षित गरेर लैजानु वर्तमान समयको आवश्यकता हो”, उनी  भन्छन्, “प्रशिक्षित युवाले नै समाज र राष्ट्रको नेतृत्व गर्न सक्दछन् ।” युवाको जोस् जाँगर एवं पाका नेताको अनुभवलाई मिलाएर लैजानुका साथै युवाको आकर्षणलाई व्यवस्थित गर्न सकेमा यसले पार्टीलाई मजबुत बनाउने सभापति बरालको भनाइ छ  ।

निर्वाचनमा विजयी हुन पार्टी भित्रका विभिन्न गुट तथा उपगुटमा नेता तथा कार्यकर्ता विभाजित भए पनि आगामी दिनमा निर्वाचित नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्नेमा तनहुँ क्षेत्र नं २ का नवनिर्वाचित सभापति चुडामणि खनाल बताउँछन् ।“तीनवटै तहका निर्वाचन हुन लागेको अवस्थामा पार्टीभित्रको आन्तरिक चुनावमा देखिएका तिक्तता मेट्न पनि तत्काल नेतृत्वतहले पहल गर्नुपर्ने देखिएको छ”, उनी भन्छन्,“युवाको जोस् र पाका नेताको अनुभवलाई मिसाएर पार्टी सङ्गठनलाई थप क्रियाशील बनाउनुपर्ने वर्तमान नेतृत्वको प्रमुख जिम्मेवारी हो ।”

पार्टीको आन्तरिक अधिवेशन भड्किलो बन्दै गएको विषय चुनौतीपूर्ण देखिएको उल्लेख गर्दै सभापति खनाल पार्टी सङ्गठनलाई धनी र पहुँचवालाको मात्र नभइ आम कार्यकर्ताको पार्टी हो भन्ने सुनिश्चित गराउनुपर्ने बताउँछन् । पार्टीका वडादेखि प्रदेशसम्मका सम्पन्न अधिवेशनमा युवाको उत्साहपूर्ण आकर्षण देखिएको बताउने क्षेत्र नं २ प्रदेश(क) का सभापति दिनेश आचार्य यो आकर्षणलाई पार्टी नेतृत्वले व्यवस्थापन गर्नुपर्नेमा जोड दिन्छन् ।

कांग्रेसमा देखिएको युवा आकर्षणलाई दृष्टिगत गर्दै उनीहरूको क्षमताको पहिचानसँगै त्यसको व्यवस्थापनमा लाग्नु जरुरी छ”, उनी भन्छन् ,“वर्तमानमा युवालाई उत्पादन एवं आयआर्जनमा जोड्ने गरी पार्टीले पनि कार्यक्रम दिन सक्नुपर्दछ ।” वासुदेव पौडेल,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x