×

NIC ASIA

कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन

भृकुटीमण्डपको दृश्य: मन्त्रीहरू मतदाता खोज्दै डुल्दा गगनलाई सेल्फी खिच्न भ्याइनभ्याइ !

मंसिर २६, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको अघिल्लो दिन कांग्रेस महाधिवेशन स्थलमा चहलपहल छ ।

Muktinath Bank

कांग्रेसको १४ औं महाधिवेशनको तेस्रो दिन आइतवार आइपुग्दा उम्मेदवारी मनोनयन तथा उम्मेदवारी फिर्ताको समय सकिएर अन्तिम नामावली प्रकाशित भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार बिहान ८ बजेदेखि मतदान शुरू हुनेछ ।


Advertisment
Nabil box
Kumari

मतदानको अघिल्लो दिन भृकुटीमण्डपमा आफ्नो पक्षमा भोट माग्न पुराना नेतादेखि युवा नेतासम्म दुई हात जोडेर घुमिरहेको भेटिए ।

Vianet communication

त्यसरी भोट माग्नेमा रक्षामन्त्री डा. मीनेन्द्र रिजाल, सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका राज्य मन्त्री उमेश श्रेष्ठसम्म थिए ।

रिजाल महामन्त्री तथा कार्की र श्रेष्ठ केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् ।

मन्त्री कार्की एक दुईजना समर्थक र एडीसीहरूलाई अगाडि-पछाडि लगाएर आफू र प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्यानललाई मत माग्न व्यस्त थिए ।

भृकुटीमण्डपभित्रको खाना खाने ठाउँमा एक चक्कर लगाउँदा पनि उनीसँग फोटो खिच्ने, बसेर कुराकानी गर्ने, कानेखुसी गर्ने कोही देखिएनन् ।

अझ राज्यमन्त्री श्रेष्ठलाई त कसैले चिनेजस्तो व्यवहार पनि गरेनन् ।

रक्षामन्त्री रिजाल भने प्रतिनिधिहरूसँग बसेर गफिनमा व्यस्त थिए । उनी डा. शेखर कोइराला नेतृत्वको प्यानलमा महामन्त्री पदका उम्मेदवार छन् ।

त्यही बीचमा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनेका उद्योगपति विनोद चौधरी पनि भेटिए । उनी खाना खाने मेसमा यताउता गरिरहेका थिए ।

कोही यिनी विनोद चौधरी होइनन् ? भनेर कानेखुसी गर्दै थिए भने कोही को हुन् यिनी ? भनेर आफूआफूमा सोधखोज गरिरहेका भेटिए ।

उनलाई भेट्ने र फोटो खिच्नेहरू निकै कम थिए । 

अर्कातर्फ केही नेताको चाम भने बेग्लै थियो । उनीहरू जता जान्थे भीड उतै केन्द्रित हुन्थ्यो । सेल्फी लिन नै भ्याइनभ्याइ थियो ।

सबैभन्दा बढी आकर्षण शेखर प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका युवा नेता गगन थापाप्रति देखियो ।

कति त गगन नजिक अइपुगेपछि खाइरहेको खाना समेत छाडेर सेल्फीका लागि दौडिएका समेत भेटिए । केही भने नजिकै पुगेर 'दाइ हामी तपाईंसँगै छौं, ढुक्क हुनुस्' भन्दै थिए ।

सेल्फी खिच्ने र कुरा गर्न चाहनेलाई छलेर अगाडि बढ्न गगनलाई मुस्किल परेको थियो । 

अरू उम्मेदवारहरू घुमीघुमी मतदाताकोमा पुगिरहेको बेला गगनकोमा भने मतदाताहरू नै खोजीखोजी आएका थिए ।

गगन थापाजस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माप्रति पनि आकर्षण देखियो ।

उनीसँग सेल्फी खिच्नेहरू प्रशस्तै थिए । कतिपयले भने दाइ तपाईंले फोनै उठाउन छाड्नुभयो भनेर गुनासो गरेको पनि सुनियो । 

विश्वप्रकाश भेटिएका प्रतिनिधिलाई के कस्तो छ भनेर घरपरिवारको सञ्चोबिसञ्चो समेत सोध्न भ्याउँथे । उनी प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीको उम्मेदवार छन् ।

महामन्त्रीका अर्का उम्मेदवार प्रदीप पौडेलप्रतिको आकर्षण पनि कम थिएन । देउवा प्यानलबाट उम्मेदवार बनेका प्रदीप प्रायः प्रतिनिधिलाई दोहोर्‍याएर भेटेर भोट मागिरहेका थिए ।

भेटेका प्रतिनिधिहरूले पनि प्रदीपलाई राम्रै प्राथमिकता दिएको देखिन्थ्यो ।

सभापतिका उम्मेदवारहरू भने भृकुटीमण्डप पुगे पनि त्यति सक्रिय भने भएनन् ।

भृकुटीमण्डपभित्र भेटेरै भोट माग्ने क्रम चलिरहँदा बाहिर भने नेताहरूको पक्षमा नारा लगाउने, बाजागाजा बजाउने, नाचगान गर्ने भीड थियो ।

सुदूरपश्चिमको देउडादेखि बाग्लुङ, पाल्पा, गुल्मीतिरको सोरठी नाचसम्म त्यहाँ देखियो ।

युवाको जोड एकता र विकासमा

महाधिवेशनमा सहभागी हुन आएका अधिकांश युवा प्रतिनिधिले पार्टी एकीकरण र विकासमा जोड दिनुपर्ने बताए ।

जनता र कार्यकर्ताले पार्टी नेतृत्वमा नयाँ अनुहार चाहेको उनीहरूको भनाइ थियो ।

‘अब युवालाई पालो दिनुपर्‍यो नि, पुरानो अनुहार त धेरै भयो । जनतालाई पुरानाबाट आशा हरायो,’ सोलुखुम्बुबाट आएकी २५ वर्षीया गीता गुरुङले भनिन्, ‘अब यो गुटहरूभन्दा पनि पार्टी एक बनाउनुपर्छ ।’

उनले आफ्नो ठाउँमा विकासमा जोड दिनका लागि पहल गर्ने र महाधिवेशनपछि पार्टी बलियो रहेका सन्देश लिएर जाने बताइन् । 

यस्तै कर्णालीबाट प्रतिनिधिको रूपमा आएकी ७८ वर्षीया पद्मा शाहले पनि अब आफूले नयाँ पुस्तालाई राजनीतिमा अगाडि ल्याउने बताइन् ।

‘अब म योपालि मात्र आएकी हुँ । मैले युवालाई राजनीतिको बारेमा सिकाउने हो । यहाँबाट गएर युवालाई अगाडि ल्याउँछु,’ शाहले लोकान्तरसँग भनिन्, ‘अब युवा आउनुपर्छ । उनीहरूले महिलाका मुद्दा उठाउनुपर्छ ।’

अहिलेसम्म पनि विकटमा रहेका महिलाहरूको उत्थानको विषयमा केन्द्रका नेताहरूको ध्यान नगएको उनको गुनासो थियो ।

‘हामीजस्ता कर्णालीका महिलाहरूको विषयमा केन्द्रका नेता बोल्दैनन् । अब मैले नयाँ पुस्ता आएर त्यसप्रति सोचोस् भन्ने चाहेकी छु,’ शाहले लोकान्तरसँग भनिन्, ‘त्यसैले अहिले मैले युवालाई भोट हाल्छु ।’

अर्का प्रतिनिधि ६९ वर्षीय रामबहादुर अधिकारीले युवाहरूले धेरै कुरा सिक्न बाँकी रहेको बताए ।

‘काँचा केटाहरू त्यसै हुटुटु गर्छन् । उनीहरूले धेरै सिक्न बाँकी छ,’ रामबहादुरले लोकान्तरसँग भने, ‘सिकेर आउनू भन्न चाहन्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x