×

NMB BANK
NIC ASIA

हुस्सुले उडान ठप्प

हुस्सुले खुलेन विमानस्थल, साढे ३ सय उडान प्रभावित

पुस १६, २०७८

NTC
Premier Steels

बाक्लो हुस्सुका कारण विमानस्थल नखुल्दा देशैभरको उडान ठप्प भएको छ । 

Muktinath Bank

हुस्सुका कारण काठमाडौंको विमानस्थल नखुल्दा काठमाडौं बाहिरका तीन वटा विमानस्थल खुलेको भए पनि उडान भने हुन सकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हुस्सुका कारण भिजिबिलिटी नभएका कारण शुक्रवार तय भएका आन्तरिक र अन्तर्राष्ट्रिय उडान ठप्प भएका छन् । 


Advertisment
Nabil box
Kumari

विमानस्थल कार्यालयका अनुसार बिहान १० बजेसम्ममा काठमाडौं बाहिरका विराटनगर, भद्रपुर र भरतपुर विमानस्थल खुलेको भए पनि त्रिभुवन विमानस्थलबाट उडान तथा अवतरण हुन नसक्ने भएकाले सबै उडान ठप्प छ । 

Vianet communication

उडान नखुल्दा त्रिभुवन विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुको भीड लागेको छ । 

विमानस्थलका अनुसार ३०० मिटर मात्रै भिजिबिलिटी छ । उडान हुन न्यूनतम एक हजार मिटर नभएसम्म उडान हुन नसक्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

विमानस्थल कार्यालयका अनुसार शुक्रवारका लागि ३० वटा अन्तर्राष्ट्रिय उडान र १३९ वटा आन्तरिक उडानको तालिका तय भएका छन् । विमानस्थल नखुल्दा उडान र अवतरण गरेर अन्तर्राष्ट्रियतर्फ ६० र आन्तरिकमा काठमाडौंबाट मात्रै २७८ वटा र प्रादेशिकसमेत गरी करीब तीन सय उडान प्रभावित भएका छन् । 

यति एयरलाइन्सले मात्रै शुक्रवारका लागि २५ वटा उडान तय गरेको थियो । तर, काठमाडौंसहित तराई क्षेत्रका सबै विमानस्थल ठप्प भएकोले अहिलेसम्म कुनै उडान हुन नसकेको यति एयरलाइनसले जनाएको छ । 

यो वायुसेवाले तय गरेको शुक्रवारको उडानमा कठमाडौंबाट पोखरा ७, विराटनगर ६, भद्रपुर २, जनकपुर २, सिमरा २, भैरहवा ४ र नेपालगन्जको लागि दुई वटा उडान तय भएको यति एयरलाइन्सका प्रवक्ता शुदर्शन बर्तौलाले बताए । 

बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले पनि बुद्धले शुक्रवारका लागि मात्रै करीब ७० वटा उडान तय गरेको जानकारी दिए । उडान हुन नसक्दा वायुसेवाको तालिका र यात्रु व्यवस्थापन दुवैमा समस्या भएको उनले बताए । 

कर्णका अनुसार विमानस्थल नखुलेका कारण उडान रद्द हुन थालिसकेका छन् । बुद्धले तय गरेको काठमाडौं–सुर्खेतको उडान रद्द भएको छ भने सिमराको पनि एक उडान रद्द गरिएको उनले जानकारी दिए ।

उनका अनुसार उडान हुन नसक्ने अवस्था आएका र ढिलो हुँदै गएर नभ्याइने भएपछि आज पनि तय भएका अधिकांश उडान रद्द हुने भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x