×

NMB BANK
NIC ASIA

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन सकिएको छ। अध्यक्षमा पुष्पकमल दाहाल 'प्रचण्ड' दोहोरिएका छन् ।

Muktinath Bank

प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति समेत घोषणा गरे, जसमध्ये एक हुन्, सुबोध शेर्पाली ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसभन्दा अगाडि शेर्पालीको चर्चा वाईसीएल अध्यक्षमा थियो। तर पार्टीको निर्णयअनुसार उनी अध्यक्ष बन्न सकेनन्।


Advertisment
Nabil box
Kumari

संगठनमा बलियो छाप रहेका शेर्पालीलाई अन्याय गरिएको भन्दै त्यतिखेर व्यापक असन्तुष्टि देखिएको थियो ।

Vianet communication

अहिले तिनै शेर्पाली केन्द्रीय सदस्य बनेका छन् ।

केन्द्रीय समितिको पहिलो बैठकमा सहभागी भएर निस्किएपछि शेर्पालीले प्रचण्डले वाचन गरेको नामावलीमा ताली पड्काएर महाधिवेशन सकिएको भन्ने आलोचनाको खण्डन गरे ।

उनले प्रचण्डको आदेशमा आफूहरूले तालीमात्र होइन बन्दुक पनि पड्काउने गरेको बताए ।

'प्रचण्डको आदेशमा ताली मात्र हैन, बन्दुक पनि पड्काएको हो । गणतन्त्र नेपालका लागि बन्दुक पड्काउने निर्णय कुनै महाधिवेशनको चुनावले गरेको थिएन,' उनले भने ।

निर्वाचन लोकतन्त्रको अंग भएपनि खास परिस्थितिमा नेतृत्वले लिने पहलकदमी नै अन्तिम हुने उनको तर्क छ ।

'संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक जस्ता माओवादीका मुद्दा नेतृत्वकै पहलकदमी हो,' शेर्पाली भन्छन्, 'कम्युनिस्ट पार्टीमा कहिलेकाहीँ परिस्थिति अनुसार चल्नुपर्छ । नेता र नेतृत्व प्रधान हुन पनि सक्छ। आजको माओवादी आन्दोलनको आवश्यकता जे थियो, महाधिवेशनमा त्यही भएको छ।'

शान्ति प्रक्रियामा आएदेखि पार्टीको स्वरूप र गतिविधिमा फरक आए पनि आफूहरूको लडाईं अझै जारी रहेको उनको भनाइ छ ।

केन्द्रीय सदस्य कसैले उपाहार स्वरूप दिएको नभई त्यो आफ्नो योगदानमा आधारित रहेको उनले जिकिर गरे ।

'सबै कमरेडहरू योग्य हुनुहुन्छ । आज देशको परिस्थिति राजनीतिक रूपमा गम्भीर छ । यस्तोमा चुनावभन्दा पनि प्रचण्डको विचारधारालाई प्रमुख मानिएको छ र मान्नुपर्छ,' शेर्पालीले थपे, 'एउटा युवा हुनुको नाताले समाजवादी आन्दोलनमा पार्टीको गतिविधि अगाडि बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने हाम्रो प्रमुख भूमिका रहनेछ ।'

शेर्पाली माओवादी जनयुद्धमा होमिएका योद्धा समेत हुन् ।

१० वर्षे जनयुद्धमा उनले स्वयंसेवक दल सदस्य , सुरक्षा दलको जय इलाका कमाण्डर, हुँदै छापामार दल (स्क्वाड) भीसी २ नम्बर प्लाटुन बी सेक्सन भीसी हुँदै जनमुक्ति सेना नेपालको प्लाटुन कमान्डर, कम्पनी भीसी, कम्पनी कमान्डर हुँदै २०६१ सालतिर गण्डक अभियान बटालियन कमान्डरको भूमिका निभाएका थिए।

उनी जनमुक्ति सेना नेपालमा काम गर्दा पार्टी शाखा, साधारण शाखा र सैन्य उपब्यूरो सदस्य हुँदै नेकपा माओवादीको तत्कालीन मगरात राज्य सदस्य, संघीय संरचनापछिको प्रदेश सदस्य, नेकपा प्रदेश सदस्य हुँदै २०६३ पुसदेखि वाईसीएल रुकुमको १ नम्बर निर्वाचन क्षेत्र इञ्चार्ज भएका थिए।

 तत्कालीन नेकपा एमाले र नेकपा माओवादी एकीकरणपछि राष्ट्रिय युवा संघ नेपालको विधान लेखन कार्यदल सदस्य र पछि वाईसीएल नेपालको सहसंयोजक बनेका थिए ।

शेर्पाली २०६४ को संविधान सभा निर्वाचनको युवा परिचालन कमान्डर र २०७० को चुनावी युवा परिचालन कमान्डर समेत थिए।

शेर्पाली वैचरिक युवा नेता एवं कुशल संगठकका रूपमा चिनिँदै आएका छन्। उनी युवा माझ निकै लोकप्रिय छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x