×

NMB BANK
NIC ASIA

टाइगर कप भलिबल : डिफेन्डिङ च्याम्पियन गण्डकी प्रतियोगिताबाट बाहिरियो

पुस २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा जारी ‘टाइगर कप आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’अन्तर्गत आजको खेलमा पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।

Muktinath Bank

पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा यही पुस २६ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत विभागीय टोली नेपाल आर्मीले डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जीत निकालेको हो । गण्डकीलाई पराजित गरेसँगै आर्मीको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । आर्मीले पहिलो सेट २५–१५ अङ्कले जित्दा दोस्रो सेट भने २०–२५ ले गुमाएको थियो । तेस्रो सेट २५–१५ अङ्कले आफ्नो पक्षमा पारेकामा प्र्रतिस्पर्धात्मक बनेको चौथो सेटमा आर्मीले २६–२४ अङ्कको जीत निकाल्न सफल बन्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    यसैगरी पुरुषतर्फको अर्को खेलमा हेल्प नेपाल स्पोर्टस् क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रालाई थप बलियो बनाएको छ ।  हेल्प नेपालले एपिएफ क्लबलाई २३–२५, २५–२०, २५–१५ र २५–१९ अङ्कले खेल आफ्नो पक्षमा पार्न सफल भयो । जीतसँगै हेल्प नेपालको तीन खेलबाट सात अङ्क पुगेको छ । प्रतियोगितामा एपिएफको लगातर चौथो पराजय हो ।


Advertisment
Nabil box
Kumari

यता महिलातर्फको एक खेल भने खेल जारी रहँदै अँध्यारो भएपछि स्थगित गरिएको छ । न्यू डायमण्ड र विभागीय टोलीबीचको खेलमा न्यू डायमण्ड २–१ सेटले अगाडि रहेको अवस्थामा खेल अवरुद्ध बनेको प्राविधिक संयोजक तहलसिंह मगरले बताए ।

Vianet communication
Laxmi Bank

यस्तै महिलातर्फको एक अर्को खेलमा भने आयोजक टाइगर ग्रुप विभागीय टोली नेपाल आर्मीसँग ३–१ सेटले पराजित भएको छ । आगामी माघ १ गतेसम्म ‘राउण्ड रोविन लिग’का आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ ।

प्रतियोगिताको उपाधि विजेता महिला÷पुरुष टोलीले समान रु तीन÷तीन लाख, उपविजेता महिला÷पुरुष टिमलाई समान रु एक लाख ५० हजार, तृतीय हुने महिला÷पुरुष टिमलाई समान नगद रु ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी महिला तथा पुरुषतर्फ उत्ृकष्ट एक÷एक खेलाडीलाई समान रु २५÷२५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु १०÷१० हजारसहित र ट्रफीद्वारा सम्मान गरिने टाइगर ग्रुप पोखराका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x