×

Nic Asia
Marvel

पुस्तक समीक्षा

ओ दार्जीलिङ : भारतीय नेपालीमाथिको शोषण र संघर्षको चिरफार गर्ने दस्तावेज

काठमाडाैं | माघ १, २०७८

TVS INSIDE

प्राध्यापक महेन्द्र पी. लामाको नयाँ पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ले नेपाल र भारतका विभिन्न राजनीतिक आयाम र जल्दाबल्दा विषयवस्तुलाई प्राञ्जल भाषामा विश्लेषण गरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

भारतको पश्चिम बंगालमा रहेको दार्जीलिङमा जन्मे हुर्केका लामाले त्यहाँ चलेको गोर्खाल्यान्डको संघर्षका विषयमा तयार पारेका अनेकौं लेखहरू पुस्तकमा समेटिएका छन् ।


Advertisment
NMB BANK
Saurya island

पूर्व प्रकाशित लेखहरूको संग्रहका रूपमा रहेको यस पुस्तकको अध्ययन गर्दा कसरी भारतमा रहेका नेपालीभाषी गोर्खा समुदायलाई राज्यले अपहेलना र उपेक्षाको शिकार बनाइरहेको भन्ने सग्लो तस्वीर भेटिन्छ । 

विभिन्न प्रपञ्च रचेर नेपालीभाषीहरूलाई बेग्लै राज्यबाट वञ्चित गर्न केन्द्र र पश्चिम बंगाल सरकार दुवैथरीले काम गरेको विषयलाई लामाले निर्भीकतापूर्वक वर्णन गरेका छन् । विशेषगरी गोर्खाहरूलाई छिन्नभिन्न बनाउनका लागि जातजातिको विभाजनलाई जोड दिइएको अनि अल्पशिक्षित गोर्खाहरू त्यसमा फसेर आपसी झगडामा समय खेर फाल्दै मूल लक्ष्यबाट भट्किएको विषयलाई लामाले कारुणिक रूपमा उठाएका छन् । 

Vianet communication
Maruti inside

गोर्खा नेताहरू नै दार्जीलिङ गोर्खा पार्वत्य परिषद् र गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जस्ता ललीपपको पछि लागेर गोर्खाल्यान्ड प्राप्तिको अभीष्टबाट बहकिएकोमा लामाले दोहोलो काढेका छन् ।

समस्याको उठान गर्नु मात्र नभई समाधानको उपाय पनि सुझाउनु लामाको विशेषता हो । उनले भारत सरकारलाई दिएका सुझाव मननयोग्य देखिन्छन् । 

उनी लेख्छन्, ‘प्रथम हो भारतीय गोर्खाहरूका लागि छुट्टै राज्य, जसका निम्ति लगभग एक सय २० वर्षदेखि यिनीहरू लड्दै आएका छन् । ... दोस्रो, सबै भारतीय गोर्खाहरूलाई अनुसूचित जनजातिको दर्जा सबै राज्यहरूमा दिइएको खण्डमा अहिलेसम्म भएका भेदभाव फेरि नदोहोरिएला’ (पृष्ठ ११२) । 

गोर्खाहरूलाई विशेष पहिचानपत्र दिनेदेखि भाषिक अल्पसंख्यकको दर्जा प्रदान गर्नेसम्मको माग लामाले राखेका छन्, जुन जायज छ । तीन स्तरीय पञ्चायती व्यवस्था कार्यान्वयनका लागि उनले दिएको सुझाव पनि सही लाग्छ तर भारत सरकार गोर्खाल्यान्ड दिने विषयमा अनुदार रहिआएको छ । त्यसको एउटा कारण भूराजनीतिक संवेदनशीलता हुन सक्छ । 

नेपाल, चीन र बंगलादेशको सीमा नजिक रहेको अनि पूर्वोत्तर भारतका सात राज्यहरूलाई मुख्यभूमिसँग जोड्ने साँघुरो चिकन नेक रहेको स्थानलाई छुट्टै राज्यको दर्जा दिँदा भारतलाई सुरक्षा खतरा आउन सक्ने आकलन भारत सरकारले गरेको हुनुपर्छ । कतिपय विश्लेषकहरूका अनुसार छुट्टै गोर्खाल्यान्ड राज्यलाई मान्यता दिइएमा सिक्किममा ग्रेटर गोर्खाल्यान्ड बन्न सक्छ र त्यसले भुटानसँगको तनाव बढाउन सक्छ । ग्रेटर गोर्खाल्यान्ड बनेमा ल्होत्साम्पा अर्थात् भुटानबाट लखेटिएका नेपालीहरू पुनः भुटानको दक्षिणी भागमा फर्किएर उक्त भागलाई ग्रेटर गोर्खाल्यान्डमा मिसाउनका लागि विद्रोह गर्न सक्छन् । भारतको संरक्षित राज्य भुटानका लागि त्यो अप्रिय परिदृश्य हुनेछ ।

लामाले यो लाइनमा विश्लेषण गरेका छैनन् तर भारतले अनुभव गर्न सक्ने सुरक्षा जोखिमको न्यूनीकरण गर्न गोर्खाल्यान्डलाई केन्द्रशासित प्रदेश बनाउन सुझाव दिएका छन् । जे गरी भए पनि गोर्खाहरूको मागलाई समुचित सम्बोधन नगरिएको खण्डमा भारतको सुरक्षामा सिक्किम र भुटानको सीमा नजिक चीनका तर्फबाट बेहोरिरहेको दबाबसँगै गोर्खाहरूको दबाब पनि थपिन सक्ने सम्भावना रहन्छ । 

त्यही सम्भावनालाई रोक्न बंगाल सरकारले अनेक किसिमका भुलभुलैयामा गोर्खाल्याण्ड संघर्षका नेताहरूलाई फसाउने गरेको छ । यसलाई लामाले शासन गर अनि फुटाऊको नीतिका रूपमा व्याख्या गरेका छन् (पृष्ठ ४१९) ।

दार्जीलिङ र गोर्खाल्यान्डको विषयमा विशद चर्चाका अलावा लामाले नेपाल–भारत सम्बन्ध तथा दक्षिण एसियामा चीनको बढ्दो उपस्थितिका विषयमा पनि धारणा राखेका छन् । उनको लेख ‘भारतबाट नेपाल नियाल्दा’मा नेपालको समस्याको मूल जड नेतृत्व भएको निष्कर्ष छ । 

उनी लेख्छन्, ‘प्रथमतः नेपालमा नेतृत्वको नितान्त कमी छ । नेतृत्व कमजोर भएर देश नै ओह्रालो लाग्यो । नेपालको विकासमुखी क्षमतासँग मिल्ने गहिरो, व्यापक र उच्च सामर्थ्य भएको नेतृत्व नेपालले कहिल्यै पाउन सकेन ।’  (पृष्ठ १७५)

लामाको यो निष्कर्ष सही छ किनकि राजनीति भनेको सबै नीतिको मुहान हो र मुहान नै धमिलो भएपछि तलतिर सफा पानीको अपेक्षा गर्न सकिन्न । नेपालको नेतृत्ववर्ग सही हुन्थ्यो भने प्रशासनतन्त्र सही काम गर्न प्रेरित हुन्थ्यो । अनि विदेशमा कठोर श्रम गर्ने नेपालीहरू पनि आफ्नै देशका लागि पसिना बगाउन तत्पर हुन्थे । 

तर नेपालका जनता पनि कम्ता दोषी छैनन् । चुनाव आउँदापिच्छे जनताले पुरानै परीक्षण गरिएर असफल ठहर भइसकेका व्यक्तिलाई नै छान्छन् । अनि तिनै असफल व्यक्तिबाट विकासको अपेक्षा राख्छन् । यसलाई आइन्सटाइनको भाषा सापटी लिँदै पागलपन भन्न सकिन्छ । 

तैपनि नेपालमा संघीय व्यवस्थाअनुसार लामो समयपछि भएको स्थानीय निर्वाचनको विषयमा लामाले उत्साह देखाएका छन् (पृष्ठ १९०) । उनको त्यस उत्साहलाई न्याय पुग्ने गरी स्थानीय सरकारहरूले कत्तिको राम्रो कार्यसम्पादन गरे त्यसको मूल्यांकन विज्ञहरूले गर्नेछन् । 

लामाको पुस्तकमा सँगालिएका आलेखमा चीनको चर्चा पनि व्यापक छ । रणनीतिक रूपमा दक्षिण एसिया प्रवेश गरेको चीनलाई यस क्षेत्रका सबै मुलुकले गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ र चीनसँगको सकारात्मक सम्पर्कलाई जोड दिनुपर्छ । 

चीनलाई बुझ्ने सवालमा लामाको लेख ‘चारैतिर चीनको त्रिशूल’ एक हदसम्म उपयोगी देखिन्छ । त्रिशूलका ३ वटा काँटाका रूपमा लामाले चीनको स्थानीय, राष्ट्रिय र क्षेत्रीय प्रवेशलाई इंगित गरेका छन् । स्थानीय प्रवेश भन्नाले नेपाल लगायतका छिमेकको सीमाका मानिससँगको सम्पर्कवृद्धि, राष्ट्रिय प्रवेश अर्थात् परियोजना निर्माणमा जोड दिने र क्षेत्रीय प्रवेश अर्थात् क्षेत्रीय संगठनहरूको सदस्य बनेर क्षेत्रलाई नियन्त्रणमा लिने । 

भारतले दक्षिण एसियामा लामो समयसम्म प्रभुत्व जमाएर क्षेत्रीय संगठनहरूलाई निकम्मा बनाएको स्थितिमा गतिका लागि चीनको प्रवेश वाञ्छनीय नै ठहर्छ । लामाको निष्कर्ष सही छ र उनी लेख्छन्, ‘चीनले जस्तो प्रकारले दक्षिणपूर्वी एसियाको यस्तै संगठन (आसियान) लाई अघि बढायो र आफ्नो भागिदारी अझै गहिरो बनायो, त्यो देख्दा लाग्छ – सार्कमा पनि चीन र बर्मालाई सदस्यता दिएकै फाइदा छ ।’ (पृष्ठ २३०) ।

सार्क किन अकर्मण्य बन्यो भन्ने विषयमा पनि लामाको विश्लेषण तथ्यपरक छ । दक्षिण एसियाका सरकारहरूले यसलाई पनि सरकारी परियोजना बनाएको अनि विशेषज्ञ, ज्ञाता, निजी क्षेत्र र गैरसरकारी संस्था, बुद्धिजीवीलाई नराखेको विषय लामाले औंल्याएका छन् ।

अन्य लेखहरूमा लामाले चीनको भ्रमण गर्दा बटुलेको अनुभव, जापानमा प्राध्यापन गर्दा देखेको कामका लागि मरिमेट्ने प्रवृत्ति, भारतका शीर्ष नेताहरूसँगको भलाकुसारी, सिक्किम विश्वविद्यालयमा सबभन्दा कम उमेरको उपकुलपतिका रूपमा हासिल गरेको अनुभव, दिल्लीमा अर्थशास्त्रको उच्च शिक्षा लिँदाका तीतामीठा सम्झना  लगायतलाई समेटेका छन् । ती लेखमा उनको विलक्षण प्रतिभा प्रस्फुटित भएका छन् । 

पुस्तकमा भूराजनीतिका मिहिन कुराहरू केलाइएका लेखहरू अलि कम हुनु चाहिँ प्रबुद्ध पाठकका लागि खल्लो लाग्छ । अखबारी लेखनमा समेत भूराजनीतिको गहिराइ समेट्न सकिन्छ तर लामाका लेखहरूले त्यतातर्फ भन्दा पनि स्थुल अवलोकनमा बढी जोड दिएका छन् ¬(नथुला घाटीको व्यापार मार्ग खोल्ने विषयमा त्यस्तो विश्लेषण सही हुन्थ्यो) । तर सामान्य पाठकहरूलाई भने यी लेखहरूले आनन्दित नै तुल्याउँछन् र त्यसमा लामाको झर्रो भाषाशैलीको ठूलो योगदान छ । 

पुस्तकको सम्पादन अझै चुस्त हुन सक्थ्यो होला । विभिन्न लेखहरूमा उही उही कुरा दोहोरिँदा पाठकलाई झिँझो लाग्छ र त्यसलाई सम्पादनका क्रममा मिलाउन सकिन्थ्यो । 

एउटै शब्दको हिज्जे फरक फरक बनेकोमा त्यसलाई मिलाउन सकिन्थ्यो । जस्तो, कतै मुजाइद्दिन लेखिएको छ भने कतै मुझाइद्दिन । शुद्ध शब्द मुजाहिद्दीन हो । अनि कालास्निकोभ बन्दूकलाई कालिस्नोभिक (पृष्ठ ३१०) लेखिँदा हास्यास्पद सुनिन्छ । 

त्यस्तै कतिपय अंग्रेजी शब्दावलीको नेपाली अनुवादको अर्थ बुझ्नै गाह्रो पर्छ । जस्तो, एड फटिगलाई आर्थिक सहायतामा थकावट भनिएको छ अनि कम्पासियन (कम्प्यासन भन्न खोजेको हुनुपर्छ) फटिगलाई कृपा–करुणा–मानवताको थकावट लेखिएको छ । यहाँ पाठकले न अंग्रेजी बुझ्छ, न नेपाली । 

त्यसो त लामाको भाषाशैली झर्रो भएकाले पढ्दा रमाइलो पनि लाग्छ अनि बोधगम्य पनि छ । तर कतैकतै शब्दप्रयोगहरू अड्मिल्दा भेटिन्छन् ।  

जे होस्, लामाको पुस्तकले नेपाल, भारत, चीन तथा विश्वमा विकसित राजनीतिक तथा सामाजिक–आर्थिक घटनाक्रमलाई रमाइलो शैलीमा पाठकसामु पस्केको छ । ज्ञानवृद्धिका लागि यस पुस्तकले नयाँ सोपान थपेकाले यसको प्रकाशनलाई स्वागतयोग्य मान्नुपर्छ । 

पुस्तक : ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन
लेखक : महेन्द्र पी. लामा
प्रकाशक : किताब पब्लिसर्स प्रालि
प्रकाशन वर्ष : २०७८
मूल्य : रु. ५६०

TATA Below
NLIC
बैशाख २७, २०७९

श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले ३ जना स्रष्टालाई सम्मान गरेको छ । साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार(बैशाख २७ गते) काठमाण्डौको अग्रवाल सेवाकेन्द्र भवनमा आयोज...

बैशाख ३०, २०७९

अर्जुन दुलाल हिमाल यो पहाड यो मधेस एक सान हो किराँत हिन्दु कृश्चियन् सबै समान हो हसाउँदै म हाँस्दछु भुलेर भेदभाव त्यो छ देश बग्छ रक्तमा म प्यार गर्छु देशको ।।१।। फुटेर लर्नु छैन हे अनेक जात धर्म...

बैशाख २८, २०७९

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी केन्द्रीय सदस्य कवि तारा अधिकारीको कविताकृति 'म भित्रको म' सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेको प्रमु...

बैशाख २७, २०७९

श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन मूर्धन्य स्रष्टालाई एक भव्य समारोहका बीच सम्मान गरेको छ ।  साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार काठमाडौको अग्रवाल सेवाकेन्...

जेठ ७, २०७९

गोपाल पिँढीमा बसेर कसैको प्रतीक्षा गर्न लाग्यो तर निकैबेरसम्म माखै देखा परेनन् । न कुनै चाँचुँ आवाज नै सुनियो । ढोका खुलै भएकाले भित्र कोही हुनुपर्छ भन्ने अनुमान भने लगाउन सकिन्थ्यो । झम्के साँझतिर घरायसी उ...

बैशाख २४, २०७९

हाँडेरोगका कारण युवावस्थामै दुवै कानको श्रवणशक्ति गुमाएका कवि तथा पत्रकार राजेन्द्र तारकिणीको उपचार सहयोगार्थ सहयोगको अपिल गरिएको छ । उनको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठानले सहयोग संकलन अभियान शुरू...

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

जेठ १५, २०७९

हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...

गणतन्त्रमा राजैराजा !

गणतन्त्रमा राजैराजा !

जेठ १५, २०७९

दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

ad
x