जेठ ११, २०७९
छोटो समयमा नै विश्व बजारमा चर्चित बनेको उल्फ एयर मास्क बजारमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । कोरोना महामारीको बीच शुरू गरिएको उल्फ एयर मास्क अब नेपाली बजारमा पनि आएको हो । ...
काठमाडाैं | माघ ६, २०७८
नेपाली बजारमा सर्वाधिक बिक्री हुने सेडानमध्ये टाटाको टिगोर पर्छ । पाँच सिटर कम्प्याक्ट सेडान टिगोरले बजार प्रवेश गरे सँगै ग्राहकमाझ लोकप्रियता कमायो ।
गाडीको आवरण, विशेषता र सुरक्षाको हिसाबमा अग्रपन्तिमा रहेको टाटा टिगोर सन् २०१७ मा सार्वजनिक भएको हो । नेपालमा भने यो सन् २०१८ को अन्त्यतिर सार्वजनिक भयो ।
आन्तरिक र बाह्य बजार मूल्यांकन र मागपछि टाटा मोटर्सले केही महिना अघि मात्रै भारतीय बजारमा विद्युतीय सेडान सेग्मेन्टमा टाटा टिगोर सार्वजनिक गरेको छ। टिगोर ईभीले पनि छोटो समयमै राम्रो बजार पायो ।
झन्डै तीन महिना सार्वजनिक टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । भारतीय बजारमा यो विद्युतीय टिगोरको सुरुवाती मूल्य भारु ११ लाख ९९ हजार तोकेको छ ।
नेपाली बजारमा पनि टिगोर ईभी छिट्टै भित्रने अनुमान छ । यदि यसो भयो भने नेपाली बजारमा टाटाको दुई वटा विद्युतीय मोडल उपलब्ध हुनेछ – टिगोर ईभी र केही समय अघि सार्वजनिक नेक्सन ईभी । नेपालमा नेक्सन ईभी सन् २०२१को मध्यतिर सार्वजनिक भएको हो । यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ ।
टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको छ ।
यस्तो छ नेपाली बजारको अपेक्षित टिगोर ईभीको अन्य विशेषता :
१. विद्युतीय मोटर
टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । जुन २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च उर्जा घनत्व ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसले गर्दा गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ ।
त्यस्तै, टिगोर ईभीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । यसलाई १५ एएमपी प्लगबाट पनि चार्ज गर्न सकिन्छ । अर्थात् गाडीलाई हाम्रो घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सकिन्छ। यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा यो ८० प्रतिशतले चार्ज हुन्छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।
२. बाहिरी आवरण
भारतमा जस्तै नेपाली बजारमा टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई वटा रंग विकल्पमा उपलब्ध हुन सक्छ। यो डुअल–टोन विकल्पमा उपलब्ध गराएमा यसको माथिल्लो भाग (रुफ) भने कालो रंगको हुनेछ। गाडीको ग्रिलमुनी निलो रंगले रेखा कोरिएको देखिन्छ जसले गर्दा यो विद्युतीय भनेर परैबाट छुट्याउन सकिन्छ ।
यसको अगाडि भागमा पुरै एलइडी डिआरएल लाइटले गाडीलाई झनै आकर्षक बनाएको छ। गाडीको पाङ्ग्राहरू पनि निकै स्टाइलिस छन्। यसको पछाडि हेर्ने रिअर भ्यू ऐनाहरू पनि फोल्डेबल छन्। गाडीको डिकी खोल्ने ठाउँमा जिपट्रोन लेखिएको ब्याच पनि देख्न सकिन्छ। यसमा ३१६ लिटरको बुट स्पेस पाउन सकिन्छ ।
३. भित्री डिजाइन/ इन्टेरिअर
गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ। टिगोरको सिट ग्रेनाइट कालो रंगमा छन् भने गाडीको आन्तरिक थिम विद्युतीय केन्द्रित छ ।
यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू पाउन सकिन्छ। त्यस्तै, गाडीमा स्मार्ट की पुस–बटन स्टार्ट छ भने पोर्टेबल चार्जिङ केबल पनि छ । चालक र यात्रु सहजताको लागि टिगोरमा ३० भन्दा बढी कनेक्टिभिटीका विशेषताहरू छन् । जसमध्ये रिमोट कमान्ड र रिमोट डाइगोनिस्टिक पनि पर्छन् ।
सुरक्षाको हिसाबले हेर्दा कम्पनीले यो टिगोर ईभीमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता विशेषताहरू समावेश गरेको छ ।
गाडीमा २,४५० एमएम ह्विलबेस र १७२ एमएम ग्राउन्ड क्लेरेन्स छ । यो भनेको नेपाली सडकहरूका लागि पनि गाडी निकै उपयुक्त हुने बुझिन्छ ।
टाटा मोटर्सले यो टिगोर ईभीको ब्याट्री र मोटरमा ८ वर्षको अर्थात् १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । भारतमा यसको एक्सई भेरियन्टको मूल्य भारु ११ लाख ९९ हजार, एक्सएम भेरियन्टको मूल्य भारु १२ लाख ४९ हजार, एक्सजेड प्लसको मूल्य भारु १२ लाख ९९ हजार र एक्सजेड प्लस डुअल टोनको मूल्य १३ लाख १४ हजार भारु तोकेको छ ।
नेपालमा भने हालसम्म यसको मूल्य वा गाडी सार्वजनिक हुने मितिबारे कम्पनीले कुनै घोषणा गराएको छैन ।
छोटो समयमा नै विश्व बजारमा चर्चित बनेको उल्फ एयर मास्क बजारमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । कोरोना महामारीको बीच शुरू गरिएको उल्फ एयर मास्क अब नेपाली बजारमा पनि आएको हो । ...
भारतको सबैभन्दा ठुलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफ्नो ललितपुरको महत्वपूर्ण शोरुम सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जे.बि. अटोमोटिभ प्रा.लि.को उद्घाटनबाट शुरु गरेको छ । टाटा मोटर्सको एक मात्र आधिकार...
नेपालका लागि बिवाईडी अटो उद्योग कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स् इन्क प्रालिले ब्रान्ड एम्बेस्डरमा वरिष्ठ कलाकार हरिवंश आचार्यलाई नियुक्त गरेको छ । नेपालमा विद्युतीय गतिशीलता प्रवद्र्धन गर्न दुवै प...
जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले 'नयाँ वर्ष, भाग्यको वर्षा' योजनामा पहिलो विजेता घोषणा गरेको छ । सोही योजना अन्तर्गत पहिलो लक्की ड्रको बिजेता सेन्साई ब्रान्डको आधिक...
यामाहाको सुविधासम्पन्न बाइक आर १५ एम आजबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१सम्म आयोजित ...
चांगन अटोले चाइनिज ब्राण्ड मध्यको पहिलो स्थान कायमै राख्न सफल भएको छ । फेब्रुअरी २०२२ को तथ्याकं अनुसार चाइनाको १० उत्कृष्ट घरेलु अटोमोबाइल ब्राण्ड माझ चांगन पहिलो भएको थियो । यात्रु बाहक कार को बि...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...