×

NMB BANK
NIC ASIA

फरक छ ओमिक्रोनको लक्षण, कसरी जोगिने ?

माघ ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको ओमिक्रोन प्रजातिबाट फैलिएको कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा फैलिँदैछ ।

Muktinath Bank

यसकै अघिल्लो प्रजाति डेल्टाभन्दा ओमिक्रोनको प्रभाव ‘कमजोर’ भए पनि तीव्र विस्तारले त्रास बढेको छ


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर ओमिक्रोन डेल्टाजस्तो खतरनाक नरहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताएका छन् । मौसमी रुघासँग मिल्दो लक्षण भएको र सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सजग र सतर्क रहन चिकित्सकहरूले सुझाव दिएका छन् ।


Advertisment
Nabil box
Kumari

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले नेपालमा देखिएको कोभिड–१९ को नयाँ सङ्क्रमणको लहर तीन दिनदेखि एक सातासम्म रहेको पाइएको बताए उनले अहिले नेपालमा देखिएको कोभिड–१९ को लक्षण र प्रभाव हेर्दा नयाँ लहर लामो समयसम्म नरहने बताए ।

Vianet communication
Laxmi Bank

नेपालमा ओमिक्रोन र डेल्टाको अनुपातबारे अध्ययन गर्न बाँकी नै रहेको बताउँदै उनले बेलायत, अमेरिका र अफ्रिकाजस्ता देशमा डेल्टालाई ओमिक्रोनले प्रतिस्थापन गरेको उल्लेख गरे। उनले भने, “ती देशहरूमा ७०–८० प्रतिशतसम्म डेल्टा भाइरसलाई ओमिक्रोनले प्रतिस्थापन गरेको छ । लक्षणका आधार र ती देशको आधार मान्ने हो भने ओमिक्रोन बढेको छ । परीक्षण गर्न महँगो र जनशक्तिको अभाव हुँदा नेपालमा ओमिक्रोनको अनुपात कस्तो भन्ने यकिन हुन सकेको छैन ।”

फरक लक्षण
डा. पुनका अनुसार कोभिड–१९ को नयाँ लहरमा अलि फरक लक्षण देखिएको छ । डेल्टा भाइरसले स्वास्थ्य निकै जटिल बनाएपछि ओमिक्रोनले त्यति धेरै गलाउन नसकेको उनले बताए । डा. पुनले भने, “डेल्टा भाइरसले निमोनिया, श्वासप्रश्वास गर्न गाह्रो हुने, ज्वरो अत्यधिक, स्वाद गन्ध थाहा नपाउने र खोकी लाग्ने लक्षण थियो तर ओमिक्रोनको सङ्क्रमण त्यत्ति जटिल छैन ।” उनका अनुसार ओमिक्रोन भाइरसको सङ्क्रमणबाट घाँटी दुख्ने, टाउकोको अगाडिको भाग र आँखा दुख्ने, शरीर असाध्यै दुख्ने र मन्द ज्वरो आउने लक्षण देखिएका छन् ।
उनले भने, “लक्षणकै आधारमा यही हो भन्न मिल्दैन । सङ्क्रमितको अवस्था हेर्दा अहिलेको लहर त्यति खतरापूर्ण देखिँदैन । खोप लगाइसकेको हुनाले लक्षण मन्द र सामान्यीकरण हुँदै गएको हो भन्न सकिन्छ ।”

कसरी जोगिने ?
कोभिड–१९ को नयाँ लहरले क्रसित बनाए पनि यसबाट बच्नका लागि आधारभूत स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने डा. पुनको धारणा छ ।
उनले भने, “कोभिड–१९ बाट बच्ने उपाय सर्ने तयारीसँग सम्बन्धित हुन्छ । हावाबाटै सर्ने भएकाले सङ्क्रमित कोही भएमा स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पालना गर्ने र मास्क लगाएमा यसको जोखिम कम हुन्छ ।” डा. पुनले यस पटक तीन दिनदेखि एकसातासम्ममै सङ्क्रमितले स्वास्थ्यलाभ गरिसकेको पाइएको बताए । उनले दीर्घरोगीलाई स्वास्थ्य समस्या आउन सक्ने बताउँदै स्वास्थ्य जटिल भएमा चिकित्सकसँग परामर्श गर्न सुझाव दिए। गोरखापत्र दैनिकमा अशोक अधिकारीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x