×

NMB BANK
NIC ASIA

एमाले सचिव अर्याल भन्छिन्- एमसीसी संसदमा दर्ता भएपछि मात्रै 'पोजिसन क्लियर' गर्छौं

माघ १७, २०७८

NTC
Premier Steels

नेकपा एमालेकी सचिव पद्मा अर्यालले एमसीसी संसदमा दर्ता भएको अवस्थामा मात्रै एमालेले आफ्नो धारणा स्पष्ट पार्ने बताएकी छन् । 

Muktinath Bank

सोमवार नेकपा (एमाले)को केन्द्रीय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले एमसीसीको विषयमा सरकारले छलफल अगाडि बढाउन खोजेको भए पनि संसदमा दर्ता हुने/नहुने यकिन भने नभएको बताएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘त्यो (एमसीसी) विषयमा अहिले छलफल गरिरहन हामीले उपयुक्त ठानेका छैनौँ,’ उनले भनिन्, ‘जतिबेला दर्ता हुन्छ, त्यो बेला नेकपा(एमाले)ले आफ्नो पोजिसन क्लियर गर्नेछ ।’


Advertisment
Nabil box
Kumari

यस्तै स्थानीय तहको निर्वाचन वैशाख महिनाभित्रै गर्नुपर्ने भन्दै सरकारले निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्ने बताइन् । 

Vianet communication

‘स्थानीय तहको निर्वाचनका सम्बन्धमा पार्टीको स्थायी समितिको बैठकले आधिकारिक धारणा सार्वजनिक गर्छ । त्यही पनि विगतदेखि हामीले भनी नै आएका छौँ, स्थानीय निर्वाचन वैशाखको महिनाभित्र सक्नुपर्छ,’ उनले भनिन्, ‘त्यसैले छिटोभन्दा छिटो सरकारले घोषणा गरोस् भन्ने नेकपा(एमाले) को कुरा हो । हामी त्यो पक्षमा बारम्बार बोलिरहेका छौँ ।’ 

बुधवार बस्ने बैठकबाट पनि त्यो विषयलाई मुख्य रुपमा अगाडि बढाउने उनले जानकारी दिइन् । 

पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय टिमको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनको सम्बन्धमा समीक्षा गरेको सचिव अर्यालले जानकारी दिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x